नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • आउँदो निर्वाचनमा गठवन्धन दलहरुलाई उचित स्थान दिन्छु: प्रधानमन्त्री देउवा
आउँदो निर्वाचनमा गठवन्धन दलहरुलाई उचित स्थान दिन्छु: प्रधानमन्त्री देउवा
बागेश्वरी पोस्ट
बिहीबार, चैत १०, २०७८ बागेश्वरी पोस्ट
आउँदो निर्वाचनमा गठवन्धन दलहरुलाई उचित स्थान दिन्छु: प्रधानमन्त्री देउवा
फाइल फोटो

नेपालगन्ज । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय सरकार पारदर्शी र जनउत्तरदायी भएर जनताको मन जित्ने गरी अगाडि बढ्नुपर्ने बताएका छन् । स्याङ्जाको चापाकोट नगरपालिका-९ सुन्तलीटारमा नवनिर्मित चापाकोट नगरपालिकाको प्रशासकीय भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय सरकार जनतासँग प्रत्यक्ष जोडिने भएकाले यसका काम कारबाहीलाई पारदर्शी बनाई जनउत्तरदायी सरकारको रूपमा अगाडि बढाउनुपर्ने बताएका हुन् । “स्थानीय सरकार जनतासँग प्रत्यक्ष जोडिने सरकार भएकाले यसका काम कारबाही पारदर्शी र जनउत्तरदायी हुनुपर्छ”, प्रधानमन्त्री देउवाले भने, “स्थानीय सरकारले जनताको मन जित्ने गरी काम गर्नु अहिलेको आवश्यकता पनि हो ।”

वर्तमान सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गरेर अघि बढीसकेको तथा निर्वाचन तोकिएकै समयमा निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुने प्रधामन्त्री देउवाले स्पष्ट पारे । चापाकोट पर्यटकीय तथा धार्मिक दृष्टिले महत्व बोकेको पवित्र कालीगण्डकी नदीको तटमा रहेकाले यहाँको विकास निर्माणका गतिविधिलाई अगाडि बढाउन सबैको सहयोग र सहकार्यबाट मात्रै सम्भव रहेको उनले बताए ।पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले स्याङ्जाको चापाकोट र पाल्पाको रामपुर नगरपालिकालाई समेटेर विकास निर्माण गर्न आवश्यक रहेको बताए । उनले कालीगण्डकी नदीको दायाँबायाँ ठूलो सहर बस्न सक्ने भएकाले कालीगण्डकी नदीमाथि आफू भौतिक तथा पूर्वाधार मन्त्री हुँदा पुल निर्माण गरेको र अरु पुल अहिले पनि निर्माणको क्रममा रहेको बताए । ढिलै भए पनि एमसिसी पास भएको छ, यसले नेपालमा समृद्धि ल्याउन र विकास निर्माणमा सहयोगी हुने विश्वास उनको छ । स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचनसम्म अहिले रहेको गठबन्धनलाई निरन्तरता दिनु आवश्यक रहेको उनको भनाइ थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आसन्न निर्वाचनमा पनि पाँच दलीय गठबन्धन कायम रहने बताए । उनले देशलाई प्रतिगमनकारीबाट बचाउनका लागि पाँच दलीय गठबन्धन जरुरी रहेको बताए । कालीगण्डकी सभ्यताको संरक्षणका लागि केन्द्र सरकार प्रतिबद्ध रहेको बताउनुहुँदै उनले डाइभर्सन हुनै नदिने धारणा व्यक्त गरे ।

पूर्वमन्त्री मीनेन्द्र रिजालले हरेक परिवर्तनको नेतृत्व नेपाली कांग्रेस पार्टीले गरेको बताए । उनले जब देश जटिल अवस्थामा पर्छ, त्यतिबेला नेपाली कांग्रेसको नेतृत्वले देशलाई निकास दिने काम गरेको बताए । आसन्न निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउन नेता कार्यकर्तालाई पूर्वमन्त्री रिजालले अनुरोध गरे ।

गण्डकी प्रदेश शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले धार्मिक, पर्यटकीय एवं कृषिका क्षेत्रमा चापाकोटमा प्रचुर सम्भावना रहेकाले अलपत्र परेको कृषि क्याम्पस सञ्चालनमा जोड दिनुपर्ने बताए । उनले सिँचाइका क्षेत्रमा पनि नयाँ योजनाहरुसहित अगाडि बढेर उर्वरायुक्त भूमिलाई सिञ्चित गर्नुपर्ने बताए ।

अघिल्लो सरकारले कालीगण्डकी डाइभर्सनको योजना अगाडि सारेर यहाँका नागरिकलाई तर्साएको नेपाली कांग्रेस स्याङ्जाका सभापति राजु थापाले बताए । चापाकोट नगरपालिका समथर र निकै सम्भावना बोकेको स्थल भएको बताउँदै विमानस्थल, कालीगण्डकी नदीमाथि पक्की पुल, यहाँसम्म पुग्नका लागि सडक निर्माणलाई जोड दिन उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । 

चापाकोट नगरपालिका धेरै सम्भावना बोकेको पालिका भएकाले पनि यसको विकासका लागि स्थानीय सरकार लागिपरेको नगरप्रमुख शिवकुमार गिरीले बताए । स्थानीय सरकारले प्रदेश र केन्द्रीय सरकारसँग सहकार्य, समन्वय गर्दै विकास निर्माण गर्दै अघि बढ्ने नगर प्रमुख गिरीले बताए । रासस


प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  १५:५१
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
शौचालयमा लडेर प्रचण्ड घाइते
शौचालयमा लडेर प्रचण्ड घाइते
खर्च घटाउने मोडेलबाट संघियतालाई छरितो ढंगबाट अघि बढाउन आवश्यक देखिएकोे छः पौडेल
खर्च घटाउने मोडेलबाट संघियतालाई छरितो ढंगबाट अघि बढाउन आवश्यक देखिएकोे छः पौडेल
नेकपा एकीकृत समाजबादी बाँकेको अध्यक्षमा दिपक जिएम सर्वसम्मत निर्वाचित
नेकपा एकीकृत समाजबादी बाँकेको अध्यक्षमा दिपक जिएम सर्वसम्मत निर्वाचित
बलियो राजनीतिक शक्ति निर्माणका लागि जनताले संकल्प गर्नुपर्ने समय आएको छः शंकर पोखरेल
बलियो राजनीतिक शक्ति निर्माणका लागि जनताले संकल्प गर्नुपर्ने समय आएको छः शंकर पोखरेल
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP