Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • निर्वाचन विशेष
  • राजनीति
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार १८, २०७९ युनिकोड पुरानो वेबसाइट
Logo
sanskriti media 1
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • निर्वाचन विशेष
  • राजनीति
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • बलात्कार मुद्दा लागेका पल शाहविरुद्ध आजै थुनछेक आदेश आउन सक्ने
बलात्कार मुद्दा लागेका पल शाहविरुद्ध आजै थुनछेक आदेश आउन सक्ने
narainapur raptisonari
बागेश्वरी पोस्ट
बिहीबार, चैत १०, २०७८ बागेश्वरी पोस्ट
बलात्कार मुद्दा लागेका पल शाहविरुद्ध आजै थुनछेक आदेश आउन सक्ने

नेपालगन्ज । बलात्कारको आरोपमा हिरासतमा रहेका नायक पल शाह विरूद्धको बलात्कार मुद्धामा जिल्ला अदालत तनहुँमा आज पनि बहस जारी छ । पीडितका पक्षमा हिजो ९ जना कानुन व्यवसायीले बहस गरेका थिए । पलका पक्षबाट बुधबार २ जनाले बहस गरेका थिए भने बरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेको बहस टुङ्गिएको छैन ।

Green City Pharmacy

जिल्ला अदालतका स्रेष्तेदार मीनबहादुर कुँवरका अनुसार आज बिहान ११ बजेदेखि वाग्लेको बहस फेरि सुरू भएको छ । पीडितको पक्षबाट हिजो जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्मा, अधिवक्ताहरू राधिका खतिवडा, मोहना अन्सारी, किशोर सापकोटा, सरिता तिवारी, टेकनारायण गौतम, विमल लामिछाने, सहायक जिल्ला न्यायाधिवक्ता विपिनराज तिवारी र अधिवक्ता शिवराज काफ्लेले बहस गरेका थिए ।

पलका पक्षबाट हिजो अधिवक्ताहरू भानुभक्त सुवेदी र परशुराम गिरीले बहस गरे । जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको इजलासमा जारी बहसमा बिहीबार पलका पक्षबाट बहस गरेका बरिष्ठ अधिवक्ता काफ्लेको बाँकी बयान दिने जनाएका छन् । त्यसपछि बरिष्ठ अधिवक्ता यदुनाथ खनाल, लव मैनाली, बार एसोसिएसन तनहुँका अध्यक्ष अधिवक्ता भानुभक्त सुवेदी, यज्ञबहादुर राना, सरिता भण्डारी, माधव घिमिरे लगायत १२ जनाले पलको पक्षबाट बहस गर्ने बरिष्ठ अधिवक्ता काफ्लेले जानकारी दिए ।थुनछेक बहसमा पीडितका पक्षबाट बहसमा उत्रिएका कानुन व्यवसायीले पीडकलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने जिकिर गरेका छन् । 

पीडितका पक्षबाट सुरूवाती बहस गरेकी अधिवक्ता राधिका खतिवडाले पललाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने १७ वटा कारण पेश गरेकी थिइन् । प्रतिवादी पलले कसुर गरेको अवस्था देखिए जिकिर गर्दै उनले नाबालिग बलात्कारका अभियुक्तलाई बाहिर ल्याउँदा समाजमा आतङ्कित हुने, स्वतन्त्र न्यायको सिद्धान्त विरूद्ध हुने, पीडितलाई होस्टाइलको प्रयास हुने, अपराधमा संलग्न अरोप लागेका व्यक्तिलाई समाजबाट बाहिर राख्नुपर्ने मान्यता रहेको, जघन्य फौजदारी मुद्दाका अभियुक्त रहेको र विगतमा बलात्कारसम्बन्धी मुद्दामा अदालतबाट आएका फैसलाका नजिरका आधारमा पललाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने उनको जिकिर छ ।  

बहसका क्रममा खतिवडाले बलात्कार मुद्दाका अभियुक्तलाई लोकप्रियता वा शक्तिका आडमा छाड्न नहुने, छाड्दा प्रमाण नष्ट गर्न सक्ने लगायतका जिकिर उनले बहसमा पेश गरेकी थिइन् । बलात्कार घटना लुकिछिपी हुने भन्दै उनले प्रत्यक्षदर्शी आवश्यक नपर्ने समेत जिकिर गरेकी छिन् । पीडितको भनाई नै सबैभन्दा ठूलो प्रमाण भएको भन्दै उनले अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने बताइन् ।

नाबालिग पीडितलाई आफन्तको घरमा लैजाने, मादक पदार्थ सेवन गराउने लगायतका कार्य अभियुक्तले स्वीकार गरिसकेकाले अपराध गर्न तयार भएको र घटना विवरण हेर्दा अपराध भएको तर्क उनले दिएकी थिइन् । खतिवडाले पेश गरेको १७ वटा कारण त्यसपछि पीडितका पक्षमा बहस गरेका अन्य कानुन व्यवसायीले पनि समर्थन जनाएका थिए । यता, पलका पक्षबाट बहस गरिरहेका कानुन व्यवसायीले भने पललाई धरौटी वा तारेखमा छाड्नुपर्ने तर्क दिएका छन् । हिरासत बाहिर बसेर नै पलले मुद्दा लड्न पाउनुपर्ने उनीहरूको जिकिर रहेको प्रतिवादीका कानुन व्यवसायीले बताएका छन् ।

बहस सकिए बिहीबार नै थुनछेक आदेश जारी हुन सक्ने जिल्ला अदालत तनहुँले जनाएको छ । झुटो प्रेमको बहाना गरेर पोखरा, तनहुँ, नवलपुर लगायतका स्थानमा पटक पटक बलात्कार गरेको भन्दै नाबालिग गायिकाका परिवारले फागुन ११ गते तनहुँ प्रहरीमा जाहेरी दिएका थिए । जाहेरीका आधारमा पललाई हिरासतमा लिएर प्रहरी अनुसन्धान गरेको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार अभियुक्त पललाई बलात्कार र उनका म्यानेजर कृष्ण जोशीलाई मतियारका रूपमा अधिकतम् सजाय माग गर्दै सोमबार जिल्ला अदालतमा अभियोग पत्र पेश गरेको थियो ।जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार अभियुक्त पललाई बलात्कार र उनका म्यानेजर कृष्ण जोशीलाई मतियारका रूपमा अधिकतम् सजाय माग गर्दै सोमबार जिल्ला अदालतमा अभियोग पत्र पेश गरेको थियो ।

थुनछेक बहस सकिएपछि अभियुक्तलाई पुर्पक्षका लागि जेल पठाउने कि धरौटी वा तारेखमा छाड्ने भन्ने निर्णय आउनेछ । सेतोपाटीबाट


प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८, ११:१७:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ
बाँकेमा लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ
भारतीय बजार गएका दुई युवतीमाथि सामूहिक बलात्कार, चार जना लुटिए
भारतीय बजार गएका दुई युवतीमाथि सामूहिक बलात्कार, चार जना लुटिए
टिपर र मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु
टिपर र मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु
राप्तीसोनारीमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खननमा संलग्न ४ सवारीसाधन नियन्त्रणमा
राप्तीसोनारीमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खननमा संलग्न ४ सवारीसाधन नियन्त्रणमा
duduwa new rapti sonari_corona
निर्वाचन विशेष
मतदाता नामावली संकलन कार्य आजदेखि
मतदाता नामावली संकलन कार्य आजदेखि बागेश्वरी पोस्ट
जिल्ला समन्वय समितिको निर्वाचन आज, प्रमुखमा ज्ञानेन्द्र र उमेशको उम्मेदवारी
जिल्ला समन्वय समितिको निर्वाचन आज, प्रमुखमा ज्ञानेन्द्र र उमेशको उम्मेदवारी बागेश्वरी पोस्ट
नरैनापुरको कार्यपालिकामा कांग्रेस विजयी, कांग्रेसलाई सुविधाजनक बहुमत
नरैनापुरको कार्यपालिकामा कांग्रेस विजयी, कांग्रेसलाई सुविधाजनक बहुमत बागेश्वरी पोस्ट
बैजनाथको कार्यपालिकामा कांग्रेस विजयी
बैजनाथको कार्यपालिकामा कांग्रेस विजयी बागेश्वरी पोस्ट
जानकीको कार्यपालिका सदस्यमा कांग्रेस र माओवादी गठबन्धन विजयी
जानकीको कार्यपालिका सदस्यमा कांग्रेस र माओवादी गठबन्धन विजयी बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119
[email protected]
पान नम्बर : 606861069 (मू.अ.कर)
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • निर्वाचन विशेष
  • राजनीति
  • सुरक्षा-अपराध
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©BaghesworiPost : Online News Portal-2022 All rights reserved.
Site by: SoftNEP