नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिचार
  • गृहपृष्ठ
  • बिचार
  • नेपालमा सिक्नुपर्ने पाठ–न्यूयोर्कमा चिकित्सक, नर्सको सम्मान
नेपालमा सिक्नुपर्ने पाठ–न्यूयोर्कमा चिकित्सक, नर्सको सम्मान
बागेश्वरी पोस्ट
शुक्रबार, भदौ १२, २०७७ बागेश्वरी पोस्ट
नेपालमा सिक्नुपर्ने पाठ–न्यूयोर्कमा चिकित्सक, नर्सको सम्मान

सन्जोग आचार्य

न्यूयोर्क । अमेरिकाको न्यूयोर्क राज्य कोरोना महामारीको इपिसेन्टरको रुपमा विकसित भइरहँदा यहाँका गर्भनर एन्ड्रयू कुमोले भने –“म न्यूयोर्कवासीलाई अनुरोध गर्न चाहन्छु कि हाम्रा चिकित्सक, नर्सको सम्मानको लागि पनि मास्क लगाइदिनुहोस्, किनकी जसले तपाईंको जीवन रक्षार्थ नै अहोरात्र खटिरहेर ज्यान गुमाए ।” करिब चार महिना अघिको मात्र कुरा हो, अमेरिकामा न्यूयोर्कमा डरलाग्दो ढंगले कोरोना महामारी फैलिरहँदा अस्पतालमा काम गर्ने चिकित्सक, नर्सको मनोबल बढाउन न्यूयोर्कबासीले साथ दिदैं घरको छत, झ्यालबाट ताली र थाली दुबै बजाए । न्यूयोर्कमा सबैभन्दा बढी कोरोनाको चपेटामा रहेको क्वीन्सको एलमस्र्ट अस्पताल मूल गेट अगाडि चिकित्सक, नर्सको मनोबल बढाउन ठूलो अक्षरमा धन्यबाद (Thankyou) पनि लेखियो । न्यूयोर्कका कलाकार स्कट लोबाइडोले अस्पताल अगाडिको पार्कमा ८ वाई ४० फूटको विशाल धन्यवाद चित्रकला बनाए । जुन अस्पतालमा काम गर्ने चिकित्सक लगायत कर्मचारीको सम्मान र मनोबल बढाउनको लागि थियो ।

त्यतिमात्र हैन, न्यूयोर्क राज्यले कोरोनाको महामारीमा अस्पतालमा काम गर्ने चिकित्सक, नर्सलहरुको बीमा लगायत सेवा, सुविधामा समेत बृद्धि गर्ने घोषणा गरे । फलस्वरुप कोरोनाको इपिसेन्टको रुपमा रहेको न्यूयोर्क अहिले रोगबाट मुक्त हुँदै बिस्तारै तेस्रो चरणमा खुल्ने तयारीमा छ । न्यूयोर्कमा करिब ४ लाख ६० हजारको संख्यामा रहेको कोभिड-१९ अहिले झरेर मात्र करिब ६४ हजारको संख्यामा रहेको छ । कोरोनाकै कारण अमेरिकामा नै ठूलो संख्यामा न्यूयोर्कमा मृत्यु भएपनि अहिले दुई साता यता मृत्यूदर करिब शुन्यको हाराहारीमा छ । न्यूयोर्कमा मात्र कोरोनाले सर्वाधिक ३२ हजार ९५० जनाले ज्यान गुमाए ।न्यूयोर्कका गर्भनरको चलाखीपूर्ण र मेहनतको कारण यहाँ कोरोनाले भयावह रुप लिन पाएन । अझ पनि डर उत्तिकै छ ।

न्यूयोर्कबासीले मास्क लगायत सुरक्षित विधि अपनाए र चिकित्सक, नर्सले अहिले जस्तै रात दिन नभनी मेहनत गरेको खण्डमा अमेरिकाको न्यूयोर्क कोरोनामुक्त पहिलो राज्य पनि बन्न सक्छ । किनभने संख्या निरन्तर घट्ने क्रममा छ । हाम्रो देश नेपाल अहिले कोरोना महामारीको शुरुवाती कठिन परिस्थितिमा छ ।

नेपालमा यो भन्दा पनि भयावह अबस्था आउने सम्भावना उत्तिकै छ । यस्तो कठिन परिस्थितिमा पनि चिकित्सक, नर्सले सेवा दिइरहेका छन् । ठूलो धनराशी खर्च गरेर चिकित्सा पेशामा आएका पेशाकर्मीले अस्पतालबाट समेत अहिले उचित सेवा सुविधा र तलब पाइरहेका छैनन् । प्रशिक्षार्थीको रुपमा अस्पतालले पनि थोरै तलबमा चिकित्सक र नर्सलाई काम लगाइरहेको हुन्छ । नर्सको तलब एउटा पिउनको बरावर पनि हुँदैन । कोरोनाको समयमा करिब ८ देखि दश हजार तलबमा पनि कतिपय नर्सहरु अस्पतालमा काम गरिरहेका छन् । यस्तो अबस्थामा चिकित्सक नर्सलाई अपमान हैन सम्मान गर्नुपछ । राज्य, अस्पताल हुँदै समाजबाट समेत यसरी पीडित र तिरस्कृत हुने हो भने भबिष्यमा यो पेशामा कोही पनि आउन चाहदैंनन् ।

अस्पतालमा चिकित्सक, नर्सको कमी हुन सक्छ । तसर्थ कोरोना महामारीको समयमा घर परिवार नभनी दिन रात काम गर्ने चिकित्सक नर्सलाई अपमान गर्नेलाई नेपाल सरकारले कडा भन्दा कडा कारवाही गर्नेपर्छ । बलिउडमा महानायक अमिताभ बच्चनले कोरोना लागेपनि अस्पतालबाट भने, “भारतमा मन्दिर, मस्जिद, चैत्य अहिले किन बन्द छ, थाहाँ छ तपाईहरुलाई ? किनभने भगवान सेतो लुगा लगाएर अहिले अस्पतालमा बिरामीलाई सेवा दिइरहेका छन् । ” हो यो कोरोना महामारीको समयमा घरपरिवार नभनी थोरै सेवा सुविधामा पनि अहोरात्र खटिरहने नेपालका भगवानरुपी यी चिकित्सक, नर्सलाई अपमान हैन तपाईं हामी सबैले धन्यबाद दिदैं सम्मान गरौं ।


प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०७७  १७:२१
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राता ढुङ्गा....
राता ढुङ्गा....
सामाजिक रूपान्तरणमा महिलाको भूमिका
सामाजिक रूपान्तरणमा महिलाको भूमिका
विश्व रेडियो दिवसको पूर्व सन्ध्यामा रेडियोका कुरा
विश्व रेडियो दिवसको पूर्व सन्ध्यामा रेडियोका कुरा
युवा दिवसः सान्दर्भिकता र महत्व
युवा दिवसः सान्दर्भिकता र महत्व
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP