नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिचार
  • गृहपृष्ठ
  • बिचार
  • १४औं महाधिवेशनः ‘नवीन कांग्रेस’ बनाउने अग्निपरिक्षा
१४औं महाधिवेशनः ‘नवीन कांग्रेस’ बनाउने अग्निपरिक्षा
नवीन गिरी
शुक्रबार, असार ११, २०७८ नवीन गिरी
१४औं महाधिवेशनः ‘नवीन कांग्रेस’ बनाउने अग्निपरिक्षा

नेपाली कांग्रेस आफ्नो ‘कुम्भमेला’को तयारीमा छ । सधैं अन्तिम समयसम्म पुगेर आखिरी बेला मात्र आफ्ना काम र जिम्मेवारीलाई हतार हतारमा फत्ते गर्ने परम्परागत शैलीबाट मुक्त हुन नसकेको नेपालको सबैभन्दा पुरानो र गौरवपूर्ण इतिहास बोकेको पार्टी नेपाली कांग्रेस अब १४औं महाधिवेशन भदौभित्रै नगरी नहुने बाध्यकारी अवस्थामा पुगेको छ । संवैधानिक संकटमै फस्ने अवस्था आएपछि अब भने महाधिवेशन नगरी सुखै छैन । भदौ १६ देखि १९ गतेसम्म संघीय राजधानी काठमाण्डौमा गर्ने तय भएको महाधिवेशन सन्निकट छ । गाउँ गाउँदेखि केन्द्रसम्म महाधिवेशनको गर्मी चढेको छ । क्रियाशील सदस्यता विवाद कायमै रहनु र कोभिड महामारीको जोखिम नटर्नुले संशय गर्ने ठाउँ रहेपनि महाधिवेशन गर्नै पर्ने ‘संवैधानिक बाध्यता’ कांग्रेसामु छ । १२ साउनदेखि नै गाउँ तहका अधिवेशन शुरु हुँदैछन् । असार २० गतेभित्र क्रियाशील सदस्यता विवाद टुंगाउनुपर्ने समयसीमा छ । तर, जसरी पनि महाधिवेशन गर्नु त छँदैछ ।

नीतिको कुरा ओझेलमा पर्दै आयो । ठोस नीति, विचार र योजना भन्दा पनि अब मेरो पालो, मैले नेतृत्व गर्ने बेला आयो भन्दै सतही ढंगले जसरी पनि नेतृत्वमा पुग्न खोज्ने शैली विकसित हुँदै आयो । भिजनको यहाँ चर्चा हुन छाड्यो । एजेण्डामा गम्भीर बहस हुन सकेन ।


महाधिवेशन त आउँछन्, जान्छन् । एउटा नेतृत्व विदा हुन्छ, अर्को आउँछ । या त पुरानै नेतृत्व पनि दोहोरिएला । महाधिवेशनलाई सधैं नेतृत्व चुन्ने प्रक्रियासंग मात्र जोडियो । नीतिको कुरा ओझेलमा पर्दै आयो । ठोस नीति, विचार र योजना भन्दा पनि अब मेरो पालो, मैले नेतृत्व गर्ने बेला आयो भन्दै सतही ढंगले जसरी पनि नेतृत्वमा पुग्न खोज्ने शैली विकसित हुँदै आयो । भिजनको यहाँ चर्चा हुन छाड्यो । एजेण्डामा गम्भीर बहस हुन सकेन । गुट र गिरोहको पिरलो भयो । एउटा अमुक नेताको ‘दौराको फेरो’ नसमाएर अघि बढ्न नसक्ने अवस्था सिर्जना गरियो । आशा र भरोसा जगाउने पात्रहरु खोज्नुको साटो आफ्नो गुटको बफादार मान्छेको खोजी भयो । पार्टी संरक्षण भन्दा पनि गुट संरक्षणले प्रश्रय पाउँदा गुटहरु ‘गिरोह’मा बदलिए । राष्ट्रिय राजनीतिमा प्रभावकारी उपस्थिति देखिएन । संसद्मा सशक्त खबरदारी हुन नसक्दा अराजकता मौलायो । गाउँगाउँमा संगठन चुस्तदुरुस्त र गतिशील बनाउन सकिएन । संगठन विस्तारका नाममा आफ्ना परिवारका सदस्य, आफूले सहयोग पाउने लोभमा अर्कै आस्थाको मान्छे समेतलाई क्रियाशील सदस्यको ‘बिल्ला’ भिराइयो । युवा पंक्तिलाई, नयाँ पुस्तालाई आकर्षित गर्ने ठोस कार्यक्रम, रणनीति, योजना र कार्य ढाँचा नहुँदा ‘राम भरोसा’ मा पार्टी चल्दै आयो । जनताका एजेण्डा बोक्ने र त्यसलाई सही ढंगले सञ्चार गर्ने पात्रको अभाव भयो । यी अनेकन समस्याको भूमरीबाट कांग्रेसलाई त्राण दिँदै व्यवहारमा ‘सग्लो पार्टी’को आभाष दिलाउन सक्ने, एक ढिक्का बनाएर लैजान सक्ने, नयाँ भिजन दिन सक्ने, गत निर्वाचनमा नराम्ररी पराजित भएपछिको ‘मोरल डाउन’ को अवस्थालाई सर्लक्कै उचाईमा पु¥याउन सक्ने पात्रको खोजी अब १४औं महाधिवेशनेले गर्नुपर्छ । वैचारिक अस्पष्टता र लघुताभाषको भासबाट बाहिर निकाल्ने परिस्थिति बनाउन सक्ने पात्र खोज्नुपर्दछ ।

‘नवीन कांग्रेस’ अहिलेको आवश्यकता हो । कांग्रेसमा नयाँ रक्तसञ्चार आवश्यक छ । युवाहरुको भरोसाको पार्टी बनाउन जरुरी छ । परम्परागत सोच र शैलीका साथ गरिने नेतृत्व परिवर्तन ‘पुरानै बोतलमा नयाँ रक्सी’ जस्तो मात्रै हुन्छ । इतिहासमा गरिएका योगदान पार्टीका ‘बुटी’ हुन्, आधार हुन्—तिनलाई भत्काउने होइन, संरक्षण गर्दै नयाँ पुस्तामा प्रभावकारी सञ्चार गर्न सक्नुपर्दछ । इतिहास पढाएर मात्रै अब नयाँ पुस्तालाई कांग्रेसमा आकर्षित गर्न सकिँदैन । उसले कांग्रेसको वर्तमान र भविष्य राम्रो देख्ने गरी काम हुनुपर्दछ । पूर्णकालीन कार्यकर्ता बनेर देश सेवामा समर्पित हुन खोज्ने नयाँ पुस्ताले पार्टीभित्र आफ्नो भविष्य सुनिश्चित हुने अवस्था सिर्जना गरिनुपर्दछ । गाउँगाउँका कार्यकर्तालाई प्रशिक्षण दिइँदैन । सार्वजनिक सरोकारका विषयमा उचित ढंगले विचार प्रवाह गर्न सकिँदैन । जनताका समस्या र सरोकारमा एकाकार हुँदै जनतासंगै साक्षात्कार गर्न ध्यान पुग्दैन । यस्ता तमाम विषयलाई सम्बोधन नगरी सधैंभरी ऐतिहासिक राजनीतिक विरासतको कुरा गरेर हुँदैन । पुरानो र नयाँ पुस्तालाई जोड्ने नीति जरुरी छ । यी पुस्ताका बीचमा विश्वास र आत्मीयता बढाउने शैली विकास गर्न आवश्यक छ । उमेरले मात्रै सबै कुरा गर्दैन, विचार र एजेण्डाको सही मुखरित गर्न नसके ‘चमत्कार‘ हुँदैन । पार्टीको पुनर्उत्थान र पुनर्जीवनका लागि आशा र भरोसा गरिएका युवा नेताले अब हस्तक्षेपकारी भूमिका निभाउन सक्नुपर्दछ । अग्रज नेताहरुको अभिभावकीय भूमिकाका लागि वातावरण बनाउँदै ‘नवीन कांग्रेस’ निर्माणका निम्ति उनीहरुको अग्नीपरिक्षा शुरु भइसकेको छ । यो महाधिवेशनमा ठूलो संख्यामा युवाहरुले भाग लिँदैछन् । यो अवस्थालाई मध्यनजर गर्दै कांग्रस अघि बढ्न जरुरी छ ।

२०७४ को निर्वाचनमा गरिएका चुनावी गठबन्धन कति उचित र सान्दर्भिक थिए, यसको समीक्षा गर्नुपर्दैन ? चितवन जस्तो ठाउँमा हँसिया हथौडामा मतदान गर्न लगाएर बहादुरी सम्झेर भयो र ? कमल थापालाई जिताउन मकवानपुरमा उम्मेदवारी नदिने, नेपालगञ्जमा राप्रपालाई जिताउन सुशील कोइरालाको ऐतिहासिक निर्वाचन क्षेत्र छाड्ने तर झापामा राजेन्द्र लिङ्देलले केपी ओलीसंग चुनावी तालमेल गर्ने, तत्कालीन राजपासंग चुनावी तालमेल गर्ने तर धनुषामा नेता विमलेन्द्र निधिलाई राजेन्द्र महतोले हराउने ?


२०१५ सालको जस्तो दुई तिहाईको अवस्थामा कांग्रेस किन फर्कन सक्दैन ? २०४८ सालको अपार बहुमत किन आउन सक्दैन ? २०५६ को जस्तो बहुमत ल्याउने ल्याकत कांग्रेसले राख्दैन ? या २०७० मा जस्तो ठूलो पार्टी मात्रै बन्ने अवस्था हुँदैन त ? २०५१, २०६४ या २०७४ को जस्तो लज्जाजनक हारको पुनरावृत्ति चाहन्छ कांग्रेस ? यी प्रश्नले कांग्रेस घेरिएको छ । यसको लागि उसको शैली बदलिनुप¥यो, शैली बदल्नलाई सही नेतृत्व बदलिएर आउनुप¥यो । त्यतिले मात्र पुग्दैन ‘नवीन कांग्रेस’ बनाउने ‘ख्याब’ बोकेको ‘भिजिनरी नेता’ को उदय हुनुप¥यो । त्यो भनेको अर्कै ग्रह वा नक्षेत्रबाट आउने होइन । सम्भावना बोकेका मान्छेलाई अघि बढाउन महाधिवेशन प्रतितिधिहरुले ‘विवेक’ को सही प्रयोग गर्नुप¥यो । आलोचनात्मक चेत भएको नेतृत्व उदाउनुप¥यो । एउटा गुटको होइन, समग्र कांग्रेस र अझ जनताको नेता बन्ने पात्रका लागि लबिङ गर्नुप¥यो । अनि मात्रै ‘नवीन कांगेस’को आशा गर्न सकिन्छ । पछिल्लो पटक भारतले गरेको नाकाबन्दी ताका स्पष्टसंग जनताको भावनालाई उजाजर गर्ने गरी नाकाबन्दीलाई ‘नाकाबन्दी’ भन्ने हिम्मत नगर्दा वा नचाहँदा स्वघोषित राष्ट्रबादीहरुसंग प्रतिष्पर्धा गर्दा कमजोर सिद्ध भएको होइन कांग्रेस ?  नेतृत्वले समय र समयको मागलाई चिन्न सक्नुपर्दछ । सही समयमा सही निर्णय लिन सक्नुपर्दछ । एकातिर आफ्नै नेतृत्वमा धर्मनिरपेक्षतासहितको गणतन्त्रात्मक लोकतान्त्रिक संघीय संविधान जारी भएको भनेर गर्व गर्ने अनि अर्कोतिर यसलाई ‘ओन’ गर्न हिच्किचाउने ? धार्मिक स्वतन्त्रताको कुरा पनि गर्ने अनि हिन्दु राष्ट्रको अपरिहार्यता पनि महसुस गर्ने ? हो, यस्तै कुरामा नेपाली जनता र कांग्रेसजनले नेपाली कांग्रेसको स्पष्ट विचार, सिद्धान्त र कार्यदिशा खोजेका छन् । यी सवाल अनुत्तरित राखेरै कांग्रेको पुनर्उत्थान हुन सक्छ ? यो बहस जरुरी छैन ?

२०७४ को निर्वाचनमा गरिएका चुनावी गठबन्धन कति उचित र सान्दर्भिक थिए, यसको समीक्षा गर्नुपर्दैन ? चितवन जस्तो ठाउँमा हँसिया हथौडामा मतदान गर्न लगाएर बहादुरी सम्झेर भयो र ? कमल थापालाई जिताउन मकवानपुरमा उम्मेदवारी नदिने, नेपालगञ्जमा राप्रपालाई जिताउन सुशील कोइरालाको ऐतिहासिक निर्वाचन क्षेत्र छाड्ने तर झापामा राजेन्द्र लिङ्देलले केपी ओलीसंग चुनावी तालमेल गर्ने, तत्कालीन राजपासंग चुनावी तालमेल गर्ने तर धनुषामा नेता विमलेन्द्र निधिलाई राजेन्द्र महतोले हराउने ? यो कस्तो रणनीति हो । यी विषयमा समीक्षा गर्न जरुरी छ । अनि मात्रै कांग्रेसले पुनर्जीवन पाउँछ । डनबाद र धनबादले मात्रै प्रश्रय पाउने स्थितिको अन्त्य हुनुपर्दैन ? जीवनभर पार्टीको झोला बोकेर हिंड्ने इमान्दार कार्यकर्ताको समयमै उचित मूल्यांकन गरिनुपर्दैन ? प्रत्यक्षमा २३ सिट मात्रै जित्ने अवस्था कसरी बन्यो ? यावत् कुराहरुमा ध्यान नपु¥याएर कर्मकाण्डी नेतृत्व चयन गरियो भने कांग्रेसजनमा ‘उत्साह’ आउँदैन अनि त्यसको सकारात्मक ‘रिफ्लेक्सन’ आमजनतामा पर्न सक्दैन । तसर्थ नेपाली कांग्रेसको १४औ महाधिवेशनलाई कांग्रेस पुनर्जागरणको ‘टर्निङ प्वाइन्ट’ बनाउने कि ?


प्रकाशित मिति: शुक्रबार, असार ११, २०७८  १६:३९
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राता ढुङ्गा....
राता ढुङ्गा....
सामाजिक रूपान्तरणमा महिलाको भूमिका
सामाजिक रूपान्तरणमा महिलाको भूमिका
विश्व रेडियो दिवसको पूर्व सन्ध्यामा रेडियोका कुरा
विश्व रेडियो दिवसको पूर्व सन्ध्यामा रेडियोका कुरा
युवा दिवसः सान्दर्भिकता र महत्व
युवा दिवसः सान्दर्भिकता र महत्व
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP