नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • विदेशबाट मोबाइल ल्याउन कानुन नै स्पष्ट छैन, प्रधानमन्त्रीको आदेशले मात्रै काम गर्ला?
विदेशबाट मोबाइल ल्याउन कानुन नै स्पष्ट छैन, प्रधानमन्त्रीको आदेशले मात्रै काम गर्ला?
बागेश्वरी पोस्ट
मंगलबार, पुस १९, २०७९ बागेश्वरी पोस्ट
विदेशबाट मोबाइल ल्याउन कानुन नै स्पष्ट छैन, प्रधानमन्त्रीको आदेशले मात्रै काम गर्ला?

नेपालगन्ज  । नेपाल दूरसञ्चार प्राधिकरणले १५ पुसदेखि मोबाइलमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)मा दर्ता हुनुपर्ने व्यवस्था गरेपछि त्यसको सिधा असर विदेशबाट फर्किने नेपालीले ल्याउने मोबाइलमा पर्‍यो । भन्सार बिन्दुमै यात्रुले ल्याउने मोबइलमाथि कडाइ बढ्यो र प्रयोगमा रहेको एउटाबाहेक अर्को मोबाइलमा भन्सार लाग्ने अवस्था आयो ।

यसका कारण ‘नो रेमिट्यान्स’ भन्दै विदेश बस्ने नेपालीहरुले अभियान चलाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट फर्किने नेपालीले व्यक्तिगत प्रयोगका लागि एक भन्दा बढी मोबाइल ल्याउँदा हैरानी नदिन अर्थ मन्त्रालयलाई दुई पटक निर्देशन दिइसके । यसअघि १५ पुसमा निर्देशन दिएका प्रधानमन्त्री प्रचण्डले सोमबार पनि त्यही व्यहोरामा अर्को निर्देशन दिए ।

यस्तो अवस्था विदेशबाट आउनेहरुले ल्याउने मोबाइलमाथि भन्सारले कडाइ गरिरहेको कारण नै आएको हो ।

अर्थ मन्त्रालय मातहतको भन्सार विभागले १५ पुसदेखि विदेशबाट फर्किनेले प्रयोग गरिरहेको मोबाइलको निःशुल्क प्रज्ञापनपत्र लिने र दोस्रो मोबाइलको भन्सार तिरेर मात्रै ल्याउन पाउने नियम लगाएको थियो । भन्सार कार्यालयहरुले कानुनकै व्यवस्था भन्दै झिटिगुन्टा सुविधामा एउटा मोबाइलमा मात्र कर नलिने र अरुमा कडाइ गर्न छाडेका छैनन् । त्यसैले प्रधानमन्त्रीको निर्देशनसमेत पालना नभएको भन्दै सरकारको तीव्र आलोचना भइरहेको छ ।

तर, भन्सारका कर्मचारीहरु झिटिगुन्टा सुविधा सम्बन्धी राजपत्रमा प्रकाशित सूचना देखाएर सोधिरहेका छन्, ‘हामीलाई कानुनले नै एउटाभन्दा बढी मोबाइल ल्याएमा भन्सार तिराउने गरी प्रबन्ध गरेको छ भने कसरी मौखिक आदेशका भरमा अतिरिक्त मोबाइल छोड्न सक्छौं ?’

अतिरिक्त मोबाइल ल्याउन दिने मामिलामा सरकारको दोहोरो चरित्र देखिएको छ । १५ जेठ, २०७७ मा सरकारले राजपत्रमा प्रकाशित गरेको ‘विदेशबाट फर्किने यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोजनका मालवस्तु सम्बन्धी सूचना’ मा नै विदेशबाट फर्किंदा भन्सार नतिरी एउटा र भन्सार तिरेर थप अर्को मोबाइल ल्याउन पाइने उल्लेख छ ।

सूचनामा एक थान फोन ‘नयाँ’ हो कि ‘विदेशमा किनेर प्रयोग गरेको पुरानो’ भन्ने स्पष्ट व्याख्या गरेको छैन । यसका कारण भन्सारका कर्मचारीले विदेश बस्दा किनेर प्रयोग गरेकै मोबाइललाई नै झिटिगुन्टा सुविधाको भनेर ब्याख्या गर्दै आएका छन् । त्यसैकारण नयाँ मोबाइल ल्याएका कतिपय यात्रुले भन्सार बिन्दुमा सास्ती भोग्नु परेको छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अधिकारीहरु कानुनी व्यवस्था अव्यवहारिक र अस्पष्ट भएको बताउँछन् । त्यसबारे स्पष्ट गरिदिन पटक–पटक भन्सार विभागलाई आग्रह गरे पनि सुनुवाइ नभएको उनीहरुको भनाइ छ । भन्सार विभागका अधिकारीहरु भने व्यवहारिकता हेरेर विदेशबाट फर्किनेलाई एउटा नयाँ मोवाइल ल्याउन दिइरहेको बताउँछन् ।

तर, विमानस्थल भन्सारका कर्मचारीहरुले सबै यात्रुलाई एकनासको व्यवहार नगरेको गुनासो आएको छ । विदेशबाट फर्किने कतिपयले आफूले प्रयोग गरिरहेको बाहेक दोस्रो मोबाइल ल्याउन भन्सार छुट पाउँदा कतिपयले भने भन्सार तिर्न परिरहेको छ ।

प्रज्ञापनपत्रका आधारमा एमडीएमएसमा सबै मोबाइल दर्ता गर्नुपर्ने भएपछि भन्सारका कर्मचारीहरु ‘एक थान सेलुलर फोन’को व्याख्यामा थप अल्मलिएका छन् । त्यसकै कारण उनीहरुले प्रयोगमा रहेको एउटा बाहेक दोस्रो मोबइलको भन्सार तिर्नुपर्ने गरी फारम नै तयार गरिसकेका थिए । तर, लागु गर्ने दिनमै आएर एमडीएमएसको कार्यान्वयन स्थगित भएपछि भन्सार कार्यालयहरुले पुरानै व्यवस्थाअनुरुप मोबाइल ल्याउन दिने बताएका छन् ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका एक अधिकारी अहिले पनि यात्रुले बोकेको दोस्रो मोबाइल व्यवहारिकताका आधारमा छोड्ने गरिएको बताउँछन् । भन्सार अधिकारीहरुलाई कतिपय अवस्थामा स्वविवेकीय निर्णय गर्ने अधिकार हुने भन्दै उनले त्यसकै आधारमा प्रयोगमा रहेको बाहेकको एउटा मोबाइलमा भन्सार नलिने गरेको दाबी गरे ।

तर, विदेशमै ‘पीआर’ भएकाहरुले पनि नेपाली नागरिकले पाइरहेको सुविधा दावी गर्ने गरेकोले समस्या भएको उनको गुनासो छ । सरकारले वैदेशिक रोजगारीमा रहेकाहरुलाई मोबाइल ल्याउन विशेष सुविधा दिनुपर्ने ठानेको छ, तर झिटीगुन्टाबारेको सूचनाले स्पष्ट व्यवस्था गरेको छैन । जसका कारण विदेशमा घुम्न गएका, अध्ययन गर्न गएका विद्यार्थी र गैरआवासीय नेपालीहरुले पनि समान सुविधा पाइरहेका छन्। सरकारले कानुनबाटै कसले के सुविधा पाउने र नपाउने भन्ने स्पष्ट गर्न नसक्दा थप अन्योल भएको भन्सार अधिकृतहरु बताउँछन् ।

‘कानुनले नै दोस्रो मोबाइल ल्याए भन्सार तिराउन भनेको छ, हामीले व्यवहारिकता हेरेर स्वविवेकमा दोस्रो मोबाइल ल्याउँदा पनि छोडिरहेका हौं’, भन्सारका एक कर्मचरी भन्छन्, ‘यदि कसैले भरियाका रुपमा प्रयोग गरेर मोबाइल ल्याएको शंका लागे सोधखोज गरेर भन्सार तिर्न भन्छौं ।’

भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्का प्रयोगमा रहेको मोबाइलबाहेक एक थान मोबाइल भन्सार नतिरी ल्याउन पाइने बताउँछन् । ‘प्रयोगमा रहेको मोबाइलको गणना हुँदैन, त्यो त लगाइरहेको र प्रयोग भइसकेको लुगाकपडा जस्तै हो,’ उनले भने, ‘एक थान नयाँ मोबाइल भन्सार नतिरी ल्याउन पाइन्छ ।’

भन्सार कार्यालयका अधिकारीहरु विभागको मौखिक व्याख्यालाई सही मान्दैनन् । भविष्यमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता निकायले कानुन विपरीत मोबाइल भित्र्याउँदा छुट दिएकोबारे अनुसन्धान गरेमा समस्या पर्नसक्ने उनीहरुको डर छ ।

‘हाकिम सा‘बाहरुले त जे पनि मिल्छ भन्नुहोला’, एक भन्सार अधिकारी भन्छन्, ‘सिल प्याक फोरेर पुराना भन्दै व्यक्तिपिच्छे ५–६ वटा फोन आउन थाल्यो भने के हुन्छ ?’

अझ तस्कर समूहले आइफोनजस्ता महँगा फोन खाडी र मलेसियाबाट फर्किने यात्रुलाई बोकाएर पठाइरहेकाले झिटीगुन्टाको फोन ल्याउने व्यवस्थालाई पुनरावलोकन गरेर अस्पष्टताहरु हटाउनुपर्ने भन्सार अधिकारीहरुको भनाई छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख अरुण पोखरेल कानुन अनसार व्यवहार गर्दा पनि आलोचना खेप्नु परिरहेको बताउँछन् । कानुनी व्यवस्था अनुरुप नै आफूहरुले भन्सार जाँचपास गर्ने गरेको भन्दै उनले कतिपय अवस्थामा स्वविवेक प्रयोग गरेर समेत नागरिकलाई पर्नसक्ने सास्ती फुकाइएको उनको दावी छ ।

‘हामीले कानुनले तोकेका विधिबाट प्रष्टीकरण माग्दा यात्रुले दुःख दिएको समेत ठान्नुहुन्छ, कानुनी प्रबन्धहरुलाई हुबहु लागू गर्दा समस्या पर्छ भने त्यसलाई फुकाउनुपर्छ’, पोखरेल भन्छन्, ‘तर, विदेशबाट फर्किने नागरिकलाई तस्कर समूहले भरिया नबनाओस् भनेर सबै पक्ष सचेत र जिम्मेवार हुनैपर्छ ।’ अनलाइन खबरबाट


प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  १७:२३
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ३ रुपैयाँले घट्यो
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ३ रुपैयाँले घट्यो
न्यु एयर इभको दिन होटल सिद्धार्थ नेपालगञ्जमा छेवाङ लामा एण्ड ब्याण्डको प्रस्तुति
न्यु एयर इभको दिन होटल सिद्धार्थ नेपालगञ्जमा छेवाङ लामा एण्ड ब्याण्डको प्रस्तुति
झण्डै दुई लाख पाहुनालाई स्वाद चखाउँदै सकियो पौवाको 'स्वाद उत्सब'
झण्डै दुई लाख पाहुनालाई स्वाद चखाउँदै सकियो पौवाको 'स्वाद उत्सब'
होटेल पौवाको नवौं वार्षिकोत्सब: चैत २५ देखि 'स्वाद उत्सब'
होटेल पौवाको नवौं वार्षिकोत्सब: चैत २५ देखि 'स्वाद उत्सब'
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP