prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, भदौ २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस महासमिति बैठकमा बाँकेबाट विधान संशोधनसहित जनसरोकारका विषय उठाइने
कांग्रेस महासमिति बैठकमा बाँकेबाट विधान संशोधनसहित जनसरोकारका विषय उठाइने
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, माघ २८, २०८० बागेश्वरी पोस्ट
कांग्रेस महासमिति बैठकमा बाँकेबाट विधान संशोधनसहित जनसरोकारका विषय उठाइने

नेपालगञ्ज । नेपाली कांग्रेसको फागुन ७ देखि १० गतेसम्म हुने महासमिति बैठकमा बाँकेबाट ३२ जना महासमिति सदस्य सहभागी हुने भएका छन् । ३ वटा निर्वाचन क्षेत्र रहेको बाँकेमा प्रत्येक निर्वाचन क्षेत्रबाट ११ जना महासमिति सदस्य निर्वाचित भएका छन् । एक जना महासमिति सदस्यले पार्टी परित्याग गरेका कारण यसपटक ३२ जना मात्र सहभागी हुुने सचिव सुधांशु कोइरालाले बताए ।

महासमिति वैठकमा बाँकेका तर्फबाट उठान गर्ने विषयबस्तुका बारेमा महासमिति सदस्यहरुबीच आज पार्टी कार्यालयमा बैठक बसी विभिन्न निर्णयहरु गरिएको छ । महासमिति वैठकमा जनसरोकारका विषय समेत उठान गर्ने निर्णय गरिएको सभापति नारायणप्रसाद गौडेलले बताए । माध्यमिक तह शिक्षा र स्वास्थ्यमा नागरिकको शतप्रतिशत पहुँच सुनिश्चितता तथा माध्यमिक तहसम्म निःशुल्क शिक्षा पाउनुपर्ने व्यवस्थाको प्रभावकारी कार्यान्वयन, कृषिको आधुनिकीकरणका लागि नयाँ प्रविधि, उन्नत बीउ विजन तथा मलखादको सहज उपलब्धताका लागि पनि पार्टीले पैरवी गर्नुपर्ने लगायतका विषयहरु उठान गर्ने निर्णय भएको सभापति गौडेलले बताए ।

सभापति गौडेलको अध्यक्षता एवम् केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले विधान संशोधनसहित आरक्षण, समानुपातिक र मनोनित हुने व्यवस्था एक व्यक्ति एक पटक मात्र हुने व्यवस्था गर्नुपर्ने, पार्टीमा विभिन्न पदमा रहेको व्यक्ति स्वतः प्रतिनिधि हुन पाउने व्यवस्था हटाउनुपर्ने लगायतका विषय उठान गर्ने निर्णय गरिएको छ । 

यस्तै महासमिति वैठकलाई भब्यताका साथ सम्पन्न गर्ने सन्दर्भमा केन्द्रको परिपत्र अनुसार जिल्लाको नेपालगञ्ज र कोहलपुर लगायतका क्षेत्रमा फागुन २ गतेदेखि ब्यानर तुल टाँग्ने र ब्यापक प्रचार प्रसार गर्न प्रतिनिधिसभा, प्रदेशसभा निर्वाचन क्षेत्र र पालिका कार्यसमितिहरुलाई निर्देशन दिने निर्णय गरिएको छ ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा महासमिति वैठक हुँदैछ । 


प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  २०:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP