नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ १, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बाँके कांग्रेस क्षेत्र नम्बर १ क ले गर्यो शुभकामना आदान प्रदान कार्यक्रम
बाँके कांग्रेस क्षेत्र नम्बर १ क ले गर्यो शुभकामना आदान प्रदान कार्यक्रम
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, कात्तिक ७, २०७६ बागेश्वरी पोस्ट
बाँके कांग्रेस क्षेत्र नम्बर १ क ले गर्यो शुभकामना आदान प्रदान कार्यक्रम

बाँके(राप्तीसोनारी)। आन्तरिक गुटबन्दीले पार्टी कमजोर हुन पुगेको नेपाली कांग्रेसका नेता, कार्यकर्ताले बताएका छन् । राप्तीसोनारी गाउँपालिकाको अगैयामा  कांग्रेस क्षेत्र नम्बर १ (क) ले विजया दशमी, दिपावली तथा छठ पर्व २०७६ एवम् नेपाल सम्वत ११४० को अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा यस्तो बताएका हुन् । कांग्रेस बाँकेकी सभापति किरण कोईरालाले गुटबन्दीले पार्टी कमजोर भएपनि सबै एकजुट भएमा कसैको ताकत नलाग्ने बताईन् ।

उनले भनिन्, ‘हामी एकजुट भयौं भने उनीहरुको केही ताकत लाग्दैन, त्यसकारण कांग्रेस एक हुन जरुरी छ ।’ सरकारले शान्ति, सुरक्षा दिन नसक्दा कांग्रेस कार्यकर्ता असुरक्षित रहेको सभापति कोईरालाको भनाई छ । ‘कांग्रेस कार्यकर्तामाथी कम्युनिष्टका कार्यकर्ताबाट खुडा र खुकुरी प्रहार भएको छ, प्रहरी प्रशासन उनीहरुको हातमा छ,’ उनले थपिन् । यस्तै पार्टी सचिव तप्त पौडेलले लोकतान्त्रिक पार्टीभित्र लोकतान्त्रिक आचरण देखाउन सकियो भने मात्र पार्टी बलियो हुने धारणा राखे । पार्टीको निर्देशिका र बिधानलाई सबैले पालना गर्नुपर्ने बताए ।

महासमिति सदस्य नारायणप्रसाद गौडेलले विधान अनुसार चलेमा पार्टी बलियो हुने बताए । तर, गतिविधी हेर्दा विधान अनुसार पार्टी र नेताहरु नचलेको धारणा राखे । गौडेलले भने, ‘पार्टीमा जबसम्म चरम गुटबन्दी हुन्छ, त्यसले ठुलो विष्फोट गराउँछ ।’ महासमिति सदस्य हुर्मत न्यौपानेले कांग्रेसको बिधान अनुसार सबै चल्नुपर्ने बताए । कांग्रेस एक भएपछि आगामी निर्बाचनमा पहिलो शक्ति बन्ने उनको भनाई छ ।

कांग्रेस क्षेत्र नम्बर १ (क) का सभापति रामचन्द्र मौर्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारु, पोषण केसी, दिपनारायण बर्मा, जिल्ला सदस्य पवन शाह, सुधान्सु कोईराला, कृष्ण पौडेल, तुलसीराम थारु, टेकनारायण भुसाल, कांग्रेस नेतृ सतिदेवी ढकाल, केशकुमारी ओली, महाधिवेशन प्रतिनिधी एवम् नेपाल बिद्यार्थी संघका अध्यक्ष पुर्णप्रसाद आचार्य, शिक्षक संघ बाँकेका उपाध्यक्ष शेखर रावत लगायतले शुभकामना मन्तब्य दिएका थिए । कार्यक्रम पार्टीका क्षेत्रीय सचिव डिल्ली गिरीले सञ्चालन गरेका थिए


प्रकाशित मिति: बिहीबार, कात्तिक ७, २०७६  १०:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेका राजनीतिक दलद्वारा शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न संयुक्त अपिल
बाँकेका राजनीतिक दलद्वारा शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न संयुक्त अपिल
नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP