नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • पूर्वसांसद गायत्री साह मेडिसिटी अस्पतालविरूद्ध १० करोड क्षतिपूर्ति माग्दै अदालतमा
पूर्वसांसद गायत्री साह मेडिसिटी अस्पतालविरूद्ध १० करोड क्षतिपूर्ति माग्दै अदालतमा
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, कात्तिक ७, २०७६ बागेश्वरी पोस्ट
पूर्वसांसद गायत्री साह मेडिसिटी अस्पतालविरूद्ध १० करोड क्षतिपूर्ति माग्दै अदालतमा

काठमाडौं ।पूर्वसांसद गायत्री साहले ललितपुरस्थित मेडिसिटी अस्पतालविरूद्ध १० करोड क्षतिपूर्ति माग्दै जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेकी छिन्। मेडिसिटी अस्पताल र त्यहाँका डाक्टरका कारण आर्थिक, मानसिक र शारीरिक क्षति भएको भन्दै उनले असोज २८ गते मुद्दा दायर गरेकी हुन्।

उपभोक्ता हित संरक्षण ऐन २०७५ को दफा ५० बमोजिमको क्षतिपूर्ति माग गर्दै साहले मुद्दा दायर गरेको अदालतले जनाएको छ। ‘अस्पतालले गलत रिपोर्ट दिएका कारण डाउन सिन्ड्रोम भएको बच्चा जन्माउनु परेको र त्यसको जीवनभरको उपचार खर्च भन्दै सो बराबरको रकम क्षतिपूर्तिस्वरूप मागिएको छ,’ स्रेस्तेदार नगेन्द्र कालाखेतीले बताए। उक्त मुद्दालाई अदालतले प्रक्रियामा लगेको छ। पेशीमा भने चढिसकेको छैन।साहले गत फागुन २८ गते मेडिसिटी अस्पतालमा छोरालाई जन्म दिएकी थिइन्।

तर, शारीरिक विकास नहुने किसिमको ‘डाउन सिन्ड्रोम’ शिशु जन्मिएपछि उनले लामो समयसम्म बच्चा अस्पतालबाट लगिनन्। उच्च अदालत पाटनले आदेश दिएपछि उनले बच्चालाई घर लगेकी छिन्। तर, नियमित उपचार खाँचो रहेको भन्दै उनले बच्चालाई कुनै बेला अस्पताल लैजानुपर्ने बताएकी छिन्। गर्भवती भएका बेला आफूलाई बच्चाको अवस्था सामान्य रहेको रिपोर्ट दिइएको दाबी साहको छ। तर, जन्मँदा ‘डाउन सिन्ड्रोम’ देखिएपछि उनले अस्पताल र डाक्टरले लापरबाही गरेको आरोप लगाउँदै आएकी छिन्।

जीवनभरको उपचारको ग्यारेन्टी माग्दै बच्चा नलगेपछि मेडिसिटी र साहबीच लामो समयसम्म विवाद रहँदै आएको छ। ‘हाम्रो बच्चाको स्वास्थ्य अवस्था अब जीवनभर सुधार हुँदैन, जीवनभर औषधि उपचार गरिरहनुपर्छ र राम्रो उपचार नपाएमा कुनै पनि समयमा ज्यान तलमाथि हुनसक्ने अवस्था रहेकाले जीवनभरको उपचार ग्यारेन्टी मागेका हौं,’ साहका श्रीमान् राजेश महतोले भने, ‘विकलाङ्ग बच्चा जन्मिँदा अस्पतालमा लाखौं रुपैयाँ खर्च गर्नुपरेको छ, शारीरिक र मानसिक यातना भोगेका छौं।

मेडिसिटीले यो कुरा पटक्कै मनन् नगरेका कारण क्षतिपूर्तिको मुद्दा दायर गर्न बाध्य भयौं।’सेतोपाटीबाट साभार।


प्रकाशित मिति: बिहीबार, कात्तिक ७, २०७६  १२:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP