नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, जेठ ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • किसानको खेतबारीमै पुगेर खेती गर्ने तरिका सिकाउँदै कृषि शाखा
किसानको खेतबारीमै पुगेर खेती गर्ने तरिका सिकाउँदै कृषि शाखा
गौरब गिरी
मंगलबार, जेठ २९, २०८१ गौरब गिरी
किसानको खेतबारीमै पुगेर खेती गर्ने तरिका सिकाउँदै कृषि शाखा

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १७ ढोडे गाउँका तरकारी उत्पादक किसान गया प्रसाद काँदु उपमहानगरपालिकाको कृषि विकास शाखाले सञ्चालन गरेको आइपीएम पाठशाला निकै उपयोगी र सिकाईमूलक भएको बताउँछन् । २९ जना किसान मिलेर गठन गरेको ढोडे गाउँ आइपीएम पाठशालामा आफूहरुले धेरै नयाँ कुराहरु सिक्न पाएकोमा दंग छन्, गया प्रसाद । उनीहरुले यस पाठशालामार्फत लगातार १६ हप्तासम्म ब्रोकाउली उत्पादनका लागि मेहनत गरिरहे । १ कट्ठामा खेती गरेका किसानले माटो परीक्षणदेखि उत्पादित ब्रोकाउली बजारसम्म विक्री गर्ने काम गरेका थिए । चार वटा उपसमूह बनाएर काम गरेका किसानले ब्रोकाउली खेती गर्ने उपयुक्त तरिकाबारे सिकेका थिए । 

May be an image of collard greens and text

नेपालगञ्जको वडा नम्बर १९ फारम टोलका किसान शम्भुनाथ योगी कृषि शाखाले माटो परीक्षण शिविर चलाएपछि आफू जस्तै थुप्र्रै किसान लाभान्वित भएको बताउँछन् । परीक्षणपछि आफूहरुलाई माटोको भौतिक र रासायनिक अवस्थाका साथै खनिज तत्वको पर्याप्तता वा अपर्याप्तताबारे थाहा भएको योगीको भनाई छ । कति जमिनमा कुन मल कति मात्रामा हाल्ने भन्ने जानकारी समेत पाएको उनी बताउँछन् । यो सिकाईको आधारमा अब खेती गर्न सजिलो हुने योगीको बुझाई छ । कुन बाली लगाउँदा राम्रो हुन्छ भन्ने ज्ञान पनि किसानले पाएका छन् । वडा नम्बर १९ मा आफू जस्तै ७० जना किसान यसबाट लाभाविन्त भएको उनको भनाई छ । कृषि शाखाले १०/१० केजी गड्यौंला मल समेत उनीहरुलाई उपलब्ध गराएको थियो । काँदु र योगी जस्ता कैयौं किसान कृषि शाखाले सञ्चालन गरेको कृषिजन्य विभिन्न गतिविधिबाट प्रत्यक्ष वा अप्रत्यक्ष लाभान्वित भएका छन् ।

May be an image of 7 people and text
 
नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गत रहेको कृषि शाखाले चालू आर्थिक बर्ष २०८०/८१ मा एक दर्जन बढी कार्यक्रम सञ्चालन गरेको छ । कृषि शाखा प्रमुख अम्बिका रिजालका अनुसार माटो शिविर, बाली संरक्षण शिविर, स्थलगत तालिम, हिउँदे र बर्खे सिजनको मिनी किट (तरकारीको बीउ) वितरण, ५० प्रतिशत अनुदानमा च्याउको बीउ वितरण, तरकारी खेती गर्ने व्यवसायिक कृषकलाई प्रोत्साहन अनुदान, ५० प्रतिशत अनुदानमा कृषि यन्त्र तथा उपकरण वितरण कार्यक्रम सम्पन्न भएका छन् । यस्तै तरकारी बालीमा आइपीएम कृषक पाठशाला सञ्चालन, पोषण सुधारका लागि कौसी खेती प्रबद्र्धन कार्यक्रम, तरकारी प्रबद्र्धन कार्यक्रम, एक घर एक करेसाबारी कार्यक्रम, किसान सूचीकरण कार्यक्रम, २०७९/८० मा स्थापना भएका च्याउ तथा तरकारी बालीको पकेट निरन्तरता, ५० प्रतिशत अनुदानमा धानको बीउ वितरण, विषादी वितरण लगायत कार्यक्रम सम्पन्न गरिएका छन् । 

May be an image of 7 people and collard greens

रिजालका अनुसार वडा नम्बर १९ बाट ८० र २३ बाट ६६ नमुना संकलन गरेर माटो परीक्षण गरिएको थियो । १०० बढी किसान लाभान्वित भएको माटो शिविर सुरु गर्नु अघि नमुना संकलन गर्ने तरिका सिकाउन अभिमुखीकरण गोष्ठी गरिएको थियो । यस्तै वडा नम्बर १४, १५ र १६ मा फिल्डमै पुगेर ४५/४५ जना किसानको विरुवा जाँच गर्न बाली संरक्षण शिविर पनि सञ्चालन भएको थियो । कृषि शाखाले च्याउ र तरकारी खेती प्रबद्र्धन गर्ने उद्देश्यले वडा नम्बर ६, १५, २० र २२ मा ८ वटा स्थलगत तालिम सञ्चालन गरेको छ । जसमा ४०/४० जना सहभागी थिए । नगरभित्रका ६०० जना किसानलाई हिउँदे र बर्खे सिजनको मिनी किट (तरकारीको बीउ) वितरण गरिएको छ । तरकारी खेती गर्ने व्यवसायिक कृषकलाई प्रोत्साहन अनुदान पनि वितरण गरिएको छ । रिजालका अनुसार ३० जना कृषकलाई प्रति ब्यक्ति २० हजार अनुदान दिइएको छ । किसानले ५ कट्ठामा खेती गर्नुपर्दछ । 

May be an image of 9 people and text

सहकारीमार्फत ५० प्रतिशत अनुदानमा कृषि यन्त्र तथा उपकरण बाँडिएको छ । यो अनुदान तीन वटा सहकारीले पाएका छन् । वडा नम्बर १७ र २२ मा आइपीएम कृषक पाठशाला कार्यक्रम अन्तर्गत दुई वटा समूहका किसानलाई प्रत्यक्ष निगरानीमा ब्रोकाउली र बन्दा खेती गर्न सिकाइएको छ । यसमा जग्गा तयारीदेखि उत्पादनलाई बजारमा विक्री गर्नेसम्मको तवरतरिका सिकाइन्छ । यस्तै नमुनाको रुपमा पोषण सुधारका लागि कौसी खेती प्रबद्र्धन कार्यक्रम सञ्चालन गरेर २५ जनाको एउटा समूह बनाएर सुरु गरिएको छ । तरकारी प्रबद्र्धन कार्यक्रम अन्तर्गत एउटा कृषि सहकारी र ७ जना किसान गरी ८ जनालाई प्रति हेक्टर १ लाख अनुदान दिइएको छ । 

कृषि शाखा प्रमुख रिजाल यस बर्ष १९ नम्बर वडाबाट किसान सूचीकरण कार्यक्रम पनि सुरु गरिएको बताउँछिन् । एक घर एक करेसाबारी कार्यक्रम अन्तर्गत प्रति ब्यक्ति पाँच हजारका दरले ३ वटा समूहका १०० जनालाई सहयोग उपलब्ध गराइएको छ । २०७९/८० मा स्थापना भएका च्याउ तथा तरकारी बालीको पकेट क्षेत्रलाई पनि निरन्तरता दिइएको छ । यो बर्ष च्याउ फर्मलाई ६ लाख र तरकारी उत्पादक समूहलाई ४ लाख ९८ हजार उपलब्ध गराइएको छ । गत बर्ष १० लाख दिइएको थियोे । यस्तै धानको ५० प्रतिशत अनुदानमा वितरण गरिएको छ । १४ र १८ नम्बर वडाका ५ वटा सहकारी र ३० जना किसानलाई धानको बीउ वितरण गरिएको छ । कृषि शाखाले विषादी पनि वितरण गर्दै आएको छ । आफ्नो स्रोतसाधन र सामथ्र्यले भ्याएसम्म कृषि शाखा किसानसंग जोडिएर अगाडि बढिरहेको रिजाल बताउँछिन् । 

May be an image of 2 people, people studying and textMay be an image of 8 people, people studying and hospitalMay be an image of 1 person and collard greensMay be an image of 5 people, temple, dais and weddingMay be an image of 11 people and text


प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  ०८:५४
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेविसंघ नेता रावलले २८ बर्षमा २८ जनालाई गराए रक्तदान
नेविसंघ नेता रावलले २८ बर्षमा २८ जनालाई गराए रक्तदान
मनसुनजन्य विपदबाट बाँकेमा १५ हजार परिवार प्रभावित हुने पूर्वानुमान
मनसुनजन्य विपदबाट बाँकेमा १५ हजार परिवार प्रभावित हुने पूर्वानुमान
डिजिटल मिडिया, मर्यादित पत्रकारिता र पत्रकार आचारसंहिता विषयक अभिमुखीकरण तालिम सुरु
डिजिटल मिडिया, मर्यादित पत्रकारिता र पत्रकार आचारसंहिता विषयक अभिमुखीकरण तालिम सुरु
डुडुवाले पत्रकार महासंघ बाँकेमा सभा हल निर्माण गर्दै
डुडुवाले पत्रकार महासंघ बाँकेमा सभा हल निर्माण गर्दै
Nepalgunj metro _nabin bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP