Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ २९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • बाँकेमा 'फिफा फुटबल फर स्कुल' कार्यक्रम सुरु
बाँकेमा 'फिफा फुटबल फर स्कुल' कार्यक्रम सुरु
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, कात्तिक १६, २०८२ बागेश्वरी पोस्ट
बाँकेमा 'फिफा फुटबल फर स्कुल' कार्यक्रम सुरु

नेपालगञ्ज । करीब ३ हजार बालबालिकाको सहभागितामा फिफा फुटबल फर स्कुल कार्यक्रमको बाँकेमा औपचारिक रुपमा शुभारम्भ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को सहयोग र बाँके जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको फिफा फुटबल फर स्कुल कार्यक्रम अन्तर्गत बालबालिकाहरुलाई फुटबल प्रशिक्षण गराउने कार्यक्रम रहेको छ । जस अन्तर्गत नेपालगञ्ज रंगशालामा २५ भन्दा बढी विद्यालयहरुको सहभागितामा फिफा फुटबल फर स्कुल कार्यक्रमको उद्घाटन गरिएको हो । 

अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकज बिक्रम नेम्वाङ, नेपालगञ्ज उप–महानगरपालिका नगर प्रमुख प्रशान्त विष्ट र बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले संयुक्तरुपमा राष्ट्रिय खेलकुद परिषदका फुटबल प्रशिक्षक रबिन्द्र श्रेष्ठलाई फुटबल हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा सहभागी विद्यालयहरुको तर्फबाट प्रतिनिधिका रुपमा जुनियर आइन्स्टाइन स्कुललाई फुटबल हस्तान्तरण गरिएको थियो । नेपालगञ्ज रंगशालामा भएको कार्यक्रममा बाँके जिल्लाका निजी तथा सामुदायिक विद्यालयहरुबाट विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रम उद्घाटनको दिन नेपालगञ्ज रंगशालामा ८ देखि १२ वर्ष उमेर समूहका खेलाडीहरुले प्रशिक्षणसँगै मैत्रीपूर्ण अभ्यास खेल खेलेका थिए । 

उद्घाटन समारोहलाई सम्बोधन गर्दै एन्फा अध्यक्ष नेम्वाङले फुटबलको माध्यमबाट समाजमा सकारात्मक प्रभाव पार्नका लागि फिफा फुटबल फर स्कुल कार्यक्रम महत्वपूर्ण रहेको बताए । उनले भने, ‘हामी निकै खुसी छौं । फिफाको अवधारणा अनुसार यो कार्यक्रम एक हजार भन्दा धेरै विद्यालयमा पुगिसकेको छ । नेपालगञ्जमा आयोजना गरिएको यो कार्यक्रमले समाजलाई एकताको सुत्रमा बाँध्न फुटबलले सहयोग गर्छ भन्ने देखाएको छ । फुटबलले बालबालिकाको मस्तिष्कमा सकारात्मक प्रभाव पार्छ । यस्तो कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिन यहाँका स्थानीय तह, एन्फा बाँके, फुटबल क्लब र स्थानीयबासीलाई म अनुरोध गर्दर्छु ।’

नगर प्रमुख विष्टले बाँकेमा जिल्लामा फुटबल संघले गरिरहेको गतिविधिबाट आफू निकै प्रभावित भएको बताउँदै आगामी दिनमा फुटबलको विकासमा उपमहानगरपालिकाले सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए । उनले भने, ‘खेलकुदका कार्यक्रममा फुटबल अगाडि छ । हामीलाई खुसी लाग्छ, बालबालिकालाई फुटबलको माध्यमबाट भए पनि शारीरिक र मानसिक रुपमा बलियो बनाउने प्रयास भइरहेको छ । यो अहिले हाम्रो समाजलाई निकै आवश्यक कार्यक्रम हो । यसमा हामी सहकार्य गर्नेछौं ।’ ग्रासरुट फुटबललाई नियमित गराउन बजेट बिनियोजन गर्ने विष्टले बताए । फिफा फुटबल फर स्कुल कार्यक्रमले बाँकेमा फुटबल संस्कृतिको विकास गर्न सहयोग गर्ने बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् एन्फा केन्द्रीय सदस्य शाहीले बताए । उनले भने, ‘फिफा फुटबल फर स्कुल कार्यक्रमको उद्घाटनलाई भव्य बनाउन सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद । बाँकेबाट फुटबलका नयाँ प्रतिभा उत्पादन गर्न हामीले योजना बनाएर काम गरिरहेका छौं । त्यो अभियानमा फिफा फुटबल फर स्कुल कार्यक्रम महत्वपूर्ण सावित हुनेछ ।’

नेपालगञ्ज रंगशालामा ८ देखि १२ वर्ष उमेर समूहका बालबालिकाहरुलाई बाँके जिल्ला फुटबल संघले चार महिना अघिदेखि हप्ताको दुई दिन निःशुल्क रुपमा प्रशिक्षण गराउँदै आएको बाँके जिल्ला फुटबल संघका महासचिव कमल खत्रीले बताए । नेपालगञ्ज रंगशालामा ३०० बालबालिकाहरुले बिहिबार र शुक्रबार प्रशिक्षण लिइरहेका छन् । जिल्लाका अन्य स्थानीय तहमा यो कार्यक्रम विस्तार गरेर बालबालिकालाई फुटबल प्रशिक्षण गराउने योजना रहेको खत्रीले बताए ।एन्फाका पूर्व उपाध्यक्ष गोवद्र्धन सिंह सम्झनाले स्वागत गरेको कार्यक्रममा एन्फाका उपाध्यक्ष दाबा लामा, केन्द्रीय सदस्य भरत बुढथापा, मनिष जोशी, मणि विष्ट, ग्रासरुट प्रमुख पंकज शाही, लुम्बिनी प्रदेश फुटबल संघका अध्यक्ष अनिलराज भण्डारी लगायतको सहभागिता रहेको थियो ।
May be an image of one or more people, people playing football, people playing soccer, grass, crowd and textMay be an image of one or more people, people playing football, people playing soccer, crowd and text


प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२  २०:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP