नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, जेठ ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नार्क लथालिङ्ग हुनु दुःखद्: कृषि मन्त्री अधिकारी
नार्क लथालिङ्ग हुनु दुःखद्: कृषि मन्त्री अधिकारी
बागेश्वरी पोस्ट
मंगलबार, कात्तिक १३, २०८१ बागेश्वरी पोस्ट
नार्क लथालिङ्ग हुनु दुःखद्: कृषि मन्त्री अधिकारी

नेपालगन्ज । कृषि तथा पशुपंछी विकास मन्त्री रामनाथ अधिकारीले गरीब र निमुखा जनताको जीवनस्तर उकास्ने गरी नवीन सोचका साथ काम गर्न आवश्यक रहेको बताएका छन् । 

नेपाल कृषि अनुसन्धान परिषद कृषि अनुसन्धान निर्देशनालय खजुराको आज निरीक्षण गर्दै मन्त्री अधिकारीले किसानसंग नजिक हुने र उत्पादन वृद्धि गर्ने गरी काम गर्नुपर्ने आवश्यकता औंल्याए । उनले कृषि वैज्ञानिक र प्राविधिकहरुलाई नयाँ नयाँ रोग र समस्या पत्ता लगाउनतर्फ केन्द्रित हुन आग्रह गरे । "कृषि वैज्ञानिक र प्राविधिकहरु कृषि कर्म गर्नेहरुका अभिभावक हो, त्यसैले उहाँहरुसंग निरन्तर साक्षात्कार गर्नुस्," मन्त्री अधिकारीले भने-"कृषि सुधार्न तपाईंहरुको अहम भूमिका छ ।" 

मन्त्री अधिकारीले कृषि विकासमा देखिएका थुप्रै समस्या सुघार गर्न पर्यत्न भइरहेको बताए । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) का समस्या चाँडो भन्दा चाँडो व्यवस्थापन गर्ने गरी काम भइरहेको उनले जानकारी दिए । नार्कमा देखिएको जनशक्ति अभावलाई सम्बोधन गर्न नसकिएको स्विकार्दै मन्त्री अधिकारीले यसमा पनि काम भइरहेको बताए । 

नार्क आफैंमा ऐतिहासिक पृष्ठभूमि बोकेको संस्था भएर पनि लथालिङ्ग र विचलित अवस्थामा पुग्नु दुःखद् भएको उनको टिप्पणी छ । मन्त्री अधिकारीले आत्मालोचना, आत्ममूल्यांकन र आत्मसमीक्षा गरेर आ-आफ्नो जिम्मेवारी कुशलतापूर्वक निभाउन कर्मचारीलाई आग्रह गरे ।

कृषि अनुसन्धान निर्देशनालय खजुराका निर्देशक डा. समीद अहमदले हाल दुई स्थान ठाकुरबाबा-३ मिर्चैया बर्दिया र शिवराज-३ सोनवर्षा कपिलवस्तुमा अनुसन्धान केन्द्र विस्तार गरिएको जानकारी दिए । निर्देशक अहमदका अनुसार आर्थिक वर्ष २०७९/८० देखि निर्देशनालयले लमही-२ केरुनिया दाङमा 'नार्क प्रविधि गाउँ' संचालन गरिएको छ । उनले जनशक्तिको चरम अभाव व्यहोरिरहेको जानकारी गराए । कृषि वैज्ञानिकसंगै अन्य प्राविधिकको उपलब्धताको अवस्था दयनीय रहेको उनको भनाई छ । कार्यक्रमको संचालन प्राविधिक अधिकृत सुमन बोहराले गरेका थिए । यसैगरी खजुरामै रहेको कोसेबाली अनुसन्धान कार्यक्रमको पनि मन्त्री अधिकारीले निरीक्षण गरेका छन् ।

कार्यक्रम संयोजक डा. अनिल पोख्रेलले कार्यक्रमबारे जानकारी गराएका थिए । मन्त्री अधिकारीले नेपालगन्ज दुग्ध वितरण आयोजना कोहलपुरको पनि अवलोकन गरेका छन् । आयोजना प्रमुख दिलिप चौधरीले आयोजनाका बारेमा जानकारी गराएका थिए । मन्त्री अधिकारी आजै विहान कांग्रेस बाँकेका निवर्तमान सभापति किरण कोइराला निवास पनि पुगेका थिए । त्यस अवसरमा कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, लुम्बिनी प्रदेश कार्यसमिति सदस्य दीक्षा कोइराला, सचिव सुधांशु कोइराला, कोषाध्यक्ष यज्ञ बहादुर बस्नेत, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसी, नेपाल किसान महासंघ बाँकेका अध्यक्ष एवम् कांग्रेस नेता लाहुराम थारु लगायत उपस्थित थिए । 
 

Messenger_creation_30F80639-DA59-4BE0-851A-464B5CD3BC61-1730185733.jpeg

Messenger_creation_D42293C6-4800-4D64-BEE4-668803BE7D50-1730185725.jpeg

Messenger_creation_0542BED3-6317-4061-9956-289B1025475C-1730185725.jpeg

Messenger_creation_405C723F-C5B3-4B97-802B-1CE0860D3FE3-1730185722.jpeg

Messenger_creation_A450FEB8-F5ED-43C1-8BFE-0A5E6BC19FA4-1730185722.jpeg

Messenger_creation_2DDE2DD8-3F4F-4D91-B3C6-421D418E291A-1730185720.jpeg

Messenger_creation_68C803D8-BDDF-488B-B7E6-147CAC5E3CA9-1730185720.jpeg

Messenger_creation_ABA1BEA3-F6FB-43D1-B00C-B27A0E55CC14-1730185718.jpeg

Messenger_creation_65B1CF1C-640E-47D0-9C3A-116466F71730-1730185718.jpeg

 


प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  १२:४०
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
नेपालको राजसंस्था कहिल्यै पनि संवैधानिक बन्न सक्दैन: गगन थापा
नेपालको राजसंस्था कहिल्यै पनि संवैधानिक बन्न सक्दैन: गगन थापा
कांग्रेस क्षेत्र नम्बर २ बाँकेको सम्मेलन जेठ २० गते, महामन्त्री थापा आउँदै
कांग्रेस क्षेत्र नम्बर २ बाँकेको सम्मेलन जेठ २० गते, महामन्त्री थापा आउँदै
नेपालगञ्जकी मोनिकालाई ‘मिनि मिस ग्लाम इन्टरनेशनल २०२५’ को उपाधि
नेपालगञ्जकी मोनिकालाई ‘मिनि मिस ग्लाम इन्टरनेशनल २०२५’ को उपाधि
Nepalgunj metro _nabin bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP