Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • बाँकेमा कात्तिक महिनामा मात्रै ४८ जना फरार प्रतिवादी पक्राउ
बाँकेमा कात्तिक महिनामा मात्रै ४८ जना फरार प्रतिवादी पक्राउ
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, मंसिर २, २०८१ बागेश्वरी पोस्ट
बाँकेमा कात्तिक महिनामा मात्रै ४८ जना फरार प्रतिवादी पक्राउ

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले गत कात्तिक महिनामा मात्रै ४८ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।  १२ बर्ष ५ महिना २० दिन कैद र ५ लाख २० हजार १६८ रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेका ४८ जना फरार प्रतिवादीलाई लुकिछिपी बसेको अवस्थामा जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी बाँकेका प्रवक्ता एवं डीएसपी आयुष जोशीले जानकारी दिए ।  

जिल्ला प्रहरी कार्यालय बाँकेले यो अवधिमा २० लाख ७५ हजार ६५० रुपैयाँ बराबरको भन्सार छ्लीका सामग्री बरामद गरेको छ । ती सामग्रीसहित एउटा कार समेत बरामद गरी आबश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेमा दर्ता भएका ११८ वटा मुद्दामा २०३ जना ब्यक्तिहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याइएको छ भने ४० वटा पेण्डिङ मुद्दाहरु फछर्यौट गरिएको डीएसपी जोशीले बताए । त्यसैगरी ठाडो उजुरीतर्फ ४१५ वटा निवेदनमा ४ सय फछर्यौट भएको र बाँकी १५ निवेदन प्रक्रियामा रहेको बाँके प्रहरीले जनाएको छ ।

त्यस्तै महिला तथा बालबालिकातर्फका १० मुद्दा दर्ता भएकोमा ११ जनालाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको बाँके प्रहरीले जनाएको छ भने घरेलु हिंसासम्बन्धि ४६ वटा उजुरीमा ३० वटा फछर्यौट भएको तथा बाँकी अनुसन्धान कारवाही प्रक्रियामा रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले अवैध उत्खननतर्फ ३ वटा ट्याक्टर नियन्त्रणमा लिएर ३० हजार रुपैयाँ जरिवाना गराएर सम्बन्धित निकायमा पठाएको छ । यसैगरी जिल्लाका विभिन्न स्थानबाट हराएका दुई वटा मोटरसाइकल र १० थान स्मार्ट मोबाइल फेला पार्दै सम्बन्धित धनीलाई बुझाएको डीएसपी जोशीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय बाँकेले बेपत्ता तथा हराएको भन्दै खोजतलासका लागि दिइएको २३ निवेदनमा ९ जनालाई फेला पारेर आफन्तको जिम्मा लगाएको छ । बाँकी खोजतलासको क्रममा रहेको जनाएको छ । यस्तै ट्राफिक कारबाहीतर्फ कात्तिक महिनामा २७८२ सवारीसाधनलाई कारबाही गर्दै २४ लाख ३१ हजार रुपैयाँ रुपैयाँ राजश्व संकलन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । 

प्रहरीले सोही अवधिभर २४ जना लागूऔषध कारोबारीलाई पक्राउ गर्दै लागूऔषध मुद्दा चलाएको छ भने सोही दौरानमा २८ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर, २०८ नाइट्राजेपाम ट्याब्लेट बरामद छ । त्यसैगरी सामुदायिक प्रहरी सहकार्यतर्फ जिल्लाभरमा बाँके प्रहरीले ४८ पटक सचेतनामूलक कार्यक्रम गरेको छ । जसमा ४ पटक लागूऔषध, आत्महत्यासम्वन्धि सचेतना ८ पटक, अल्पसंख्यकसंग प्रहरीतर्फ २ पटक, नागरिक सुनुवाईतर्फ २ पटक र चोरी सम्बन्धि ९ पटक सचेतना कार्यक्रम सञ्चालन गरिएको डीएसपी जोशीले जानकारी दिए ।

यस्तै ट्राफिक सचेतनातर्फ २२८ पटक सचेतनामूलक कार्यक्रम (लेन अनुशासन, जेब्रा क्रसिङ, ट्राफिक लाइट) सञ्चालन गरिएको थियो । जिल्ला प्रहरी बाँकेको आन्तरिक सुदृढीकरण प्रयास अन्तर्गत कात्तिक महिनामा इलाका प्रहरी कार्यालय बैजापुरलाई उत्कृष्ट प्रहरी इकाई घोषणा हुँदा आचरण बिपरीत कार्य गर्ने तीन जना प्रहरी कर्मचारीहरुलाई तीन पुस्तेमा जनिने गरी कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत तालिम प्राप्त कुकुरहरुद्वारा नेपालगञ्ज बसपार्क, राँझा बिमानस्थल र जमुनाहा नाकामा समय-समयमा चेकजाँच गर्नुका साथै पैदल गस्ती गरेको डीएसपी जोशीले जानकारी दिए ।


प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  २०:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP