Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • झण्डै ६३ करोडको अवैध सामग्री सशस्त्र प्रहरीको नियन्त्रणमा
झण्डै ६३ करोडको अवैध सामग्री सशस्त्र प्रहरीको नियन्त्रणमा
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, मंसिर १२, २०८१ बागेश्वरी पोस्ट
झण्डै ६३ करोडको अवैध सामग्री सशस्त्र प्रहरीको नियन्त्रणमा

नेपालगन्ज । सीमा सुरक्षा मात्रै नभई अवैध ओसारपसारविरुद्ध, मानव बेचविखनविरुद्ध, लागूऔषध नियन्त्रण, अपराध नियन्त्रण, शान्ति सुरक्षा लगायतका कार्य गर्दै आएको सशस्त्र प्रहरी बल नेपालले अवैध ओसारपसारविरुद्ध ४ महिनाको अवधिमा देशभरबाट झण्डै ६३ करोड रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको छ ।

जसमा देशभर मधेस, लुम्बिनी र सुदूरपश्चिमबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध सामग्री बरामद गरेको हो ।

नयाँ आर्थिक वर्ष २०८१-८२ को साउनको पहिलो साताबाट कात्तिक मसान्तसम्म देशभरका तराईसहित अन्य प्रदेशमा  रहेका सशस्त्र प्रहरीका बाहिनी र अन्तर्गतका  कार्यालयहरुले ६२ करोड ९७ लाख ३४ हजार ७४ रुपैयाँ बराबरका अवैध सामग्री बरामद गर्दै राज्य कोषको ढुकुटी बढाएका हुन् । देशभरका बाहिनी र तराईको सीमामा नजोडिएको एउटा बाहिनी अन्तर्गतका जिल्ला कमाण्ड र (प्रस्तावित) सीमा सुरक्षा गुल्म, बिओपी, आउटर पोस्ट लगायतबाट ४ महिनाको अवधिमा उक्त रकम बराबरका अवैध सामग्री बरामद गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सशस्त्र प्रहरी बल अन्तर्गत नं. १ बराह बाहिनी सुनसरी, कोशी प्रदेश अन्तर्गत साउन महिना मा २ करोड ७६ लाख ५२ हजार २९४ रुपैयाँ, भदौमा २ करोड ७७ लाख ८१ हजार ७२१ रुपैयाँ, असोजमा १ करोड ९९ लाख ६३ हजार ७३१ रुपैयाँ र कात्तिकमा २ करोड २६ लाख ५३ हजार ९९९ रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको हो । सशस्त्र प्रहरी बल नं. २  छिन्नमस्ता बाहिनी महोत्तरी, मधेस प्रदेश अन्तर्गत सशस्त्र प्रहरीले साउन महिनामा ८ करोड ५५ लाख ४० हजार ७३६ रुपैयाँ, भदौमा ८ करोड ४३ लाख ६१ हजार ७३२ रुपैयाँ,  असोजमा  ५ करोड ९४ लाख ६९ हजार ३४१ रुपैयाँ र कात्तिकमा ६ करोड ७३ लाख १८ हजार ४७५ रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको छ ।

त्यसैगरी, अवैध सामग्री बरामद गर्ने क्रममा  नं. ३ गढिमाई बाहिनी हेटौंडा, बागमती प्रदेशले गत साउनमा ३५ लाख ८६ हजार १०८ रुपैयाँ, भदौमा १ लाख  २० हजार ९६९ रुपैयाँ, असोजमा १६ लाख ६६ हजार ६१५ रुपैयाँ र कात्तिकमा ११ लाख ४ हजार ५ सय रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सशस्त्र प्रहरीको नं. ५ विन्ध्यावासीनी बाहिनी चन्द्रौटा, लुम्बिनी प्रदेशले साउनमा ३ करोड ४९ लाख ५३ हजार ५८४ रुपैयाँँ, भदौमा ३ करोड ५९ लाख ३५ हजार ५४३ रुपैयाँ, असोजमा ३ करोड ८८ लाख ८८ हजार ९६९ रुपैयाँ र कात्तिकमा ३ करोड १० लाख ५२ हजार ९७८ रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको छ ।

त्यस्तै सुदूरपश्चिमस्थित सशस्त्र प्रहरी बल नं. ७ वैधनाथ बाहिनीले गत साउन महिनामा १ करोड ६० लाख १० हजार ३५० रुपैयाँ, भदौमा २ करोड ३२ लाख ९८ हजार  ६ सय रुपैयाँ, असोजमा २ करोड २५ लाख ८३ हजार ११७ रुपैयाँ र कात्तिकमा २ करोड ४२ लाख ७९ हजार १६२ रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको छ भने कर्णाली प्रदेशस्थित सशस्त्र प्रहरी बल नं. ६ महेश्वरी बाहिनी सुर्खेतले गत साउनदेखि कात्तिकसम्म ४ लाख ३२ हजार रुपैयाँको अवैध सामग्री बरामद गरेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

 


प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  ०८:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP