नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, फागुन १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • लागूऔषध बिरुद्धको कारबाहीमा ठूलो परिमाणमा ब्राउनसुगर बरामद
लागूऔषध बिरुद्धको कारबाहीमा ठूलो परिमाणमा ब्राउनसुगर बरामद
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, पुस २, २०८१ बागेश्वरी पोस्ट
लागूऔषध बिरुद्धको कारबाहीमा ठूलो परिमाणमा ब्राउनसुगर बरामद

नेपालगञ्ज । बाँके प्रहरीले गत मंसिर महिनामा मात्रै लागूऔषध ओसारपसार बिरुद्धको कारबाहीमा ठूलो परिमाणमा ब्राउनसुगर बरामद गरेको छ । उक्त अभियानमा जिल्ला प्रहरी बाँकेले १६१ ग्राम ९५० मिलिग्राम ब्राउनसुगर, प्रतिबन्धित औषधि ८० ट्याब्लेट नाइट्राजेपाम र ४३६ ट्याब्लेट ट्रामाडोलसहित १६ जना ओसारपसारकर्ताहरुलाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई कानुनी दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

त्यस्तै जिल्लाभरबाट अवैध तस्करी बरामदतर्फ ९ लाख ३३ हजार ७६० रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरिएको छ । जिल्ला प्रहरी बाँकेका अनुसार बरामद गरिएको सबै सामग्रीलाई नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ । जिल्ला प्रहरी बाँकेबाट खटिएको टोलीले मंसिरमा ५४ जना फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ । जस अन्तर्गत पक्राउ परेका प्रतिवादीबाट ७ बर्ष २ महिना २० दिन कैद र ८ लाख ६३ हजार ८ सय रुपैयाँँ जरिवाना असूल उपर गरिएको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय बाँकेमा दर्ता भएका जम्मा ८४ वटा मुद्दामा ५२ जना ब्यक्तिहरुलाई पक्राउ गरी कानुनी दायरामा ल्याइएकोमा पेन्डिङमा रहेका ३८ वटा मुद्दालाई फर्छ्यौट गरिएको बाँके प्रहरीले जानकारी दिएको छ । ठाडो उजुरीतर्फको ४२८ वटा मुद्दामा ४१६ फर्छ्यौट भएको र १२ वटा बाँकी निबेदन फर्छ्यौट प्रक्रियामा रहेका छन् ।

यता जिल्लाभरमा अबैधरुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने ४ वटा ट्याक्टर नियन्त्रणमा लिएर आबश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाएर ४६ हजार रुपैयाँ जरिवाना गराएको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।
 
यसैगरी, जिल्लाका विभिन्न स्थानबाट हराएका २ वटा मोटरसाइकल र १० थान स्मार्ट मोबाइल फोन फेला पारेर सम्बन्धित धनीलाई बुझाइएको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।

जिल्ला प्रहरी बाँकेमा महिला बालबालिकासँग सम्बन्धित ६ मुद्दा दर्ता हुँदा ६ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको थियो भने घरेलु हिंसासम्बन्धि दर्ता भएका ५० वटा उजुरीमा ३६ वटा उजुरी फछर्यौट गरिएको छ । १४ वटा उजुरी अनुसन्धान कारबाही प्रक्रियामा रहेको प्रहरीले जानकारी दिएको छ भने हराएका महिला, बालबालिका तथा जेष्ठ नागरिकतर्फको १० वटा निबेदनमा ६ जनालाई फेला पारी अभिभावकको जिम्मा लगाइएको र बाँकी खोजतलासको क्रममा रहेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ ।

त्यसैगरी ट्राफिक कारबाहीतर्फ मंसिरमा मात्रै २८ सय ८६ सवारीसाधनलाई कारबाही गर्दै २४ लाख ७१ हजार ५ सय रुपैयाँ रुपैयाँ राजश्व संकलन गरिएको छ । जिल्ला प्रहरी बाँकेले मंसिर २८ गते मात्रै १ सय ५० ग्राम ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको थियो । उक्त परिमाण अत्यधिक हो ।

त्यसैगरी समुदाय प्रहरी सहकार्यतर्फ जिल्लाभरमा बाँके प्रहरीले १०८ पटक सचेतनामूलक कार्यक्रम गरेको छ । जसमा २८ पटक लैङ्गिक हिंसा, लागूऔषधतर्फ ७ पटक सचेतना कार्यक्रम गरिएको छ । आत्महत्यासम्वन्धि सचेतना ७ वटा, २ पटक अल्पसंख्यकसंग प्रहरी, ३ पटक  नागरिक सुनुवाई  र चोरीसम्बन्धि सचेतना १० पटक सञ्चालन गरिएको थियो ।

ट्राफिक सचेतनातर्फ १६२ पटक सचेतनामूलक कार्यक्रम गरिएको थियो । जसमा (लेन अनुशासन, जेब्रा क्रसिङ, ट्राफिक लाइट) कार्यक्रम सञ्चालन गरीएको थियो ।

जिल्ला प्रहरी बाँकेको आन्तरिक सुदृढीकरण प्रयास अन्तर्गत मंसिर महिनामा जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर उत्कृष्ट प्रहरी इकाई घोषणा गरिएको छ भने जिल्ला प्रहरी कार्यालय बाँकेको बाटो मर्मत, रङरोगन तथा कार्यालय परिसर मर्मत तथा सौन्दर्यकरण गरी सेवाग्राहीमैत्री वातावरण तयार पारिएको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ ।


प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  २१:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा हतियार बुझाउने संख्या बढ्दै, हालसम्म ८० थान हतियार बुझाइए
बाँकेमा हतियार बुझाउने संख्या बढ्दै, हालसम्म ८० थान हतियार बुझाइए
जमुनाहबाट ४८ ग्राम खैरो हेरोइनसहित दाङका दुई युवक प्रहरीको नियन्त्रणमा
जमुनाहबाट ४८ ग्राम खैरो हेरोइनसहित दाङका दुई युवक प्रहरीको नियन्त्रणमा
चोरीमा आतंक मच्चाएका बाँकेका प्रेममाथि प्रहरीले चलायो गोली, ६५ तोला सुनसहित पक्राउ
चोरीमा आतंक मच्चाएका बाँकेका प्रेममाथि प्रहरीले चलायो गोली, ६५ तोला सुनसहित पक्राउ
नेपालगन्जबाट लागुऔषधसहित दुई जना प्रहरीको नियन्त्रणमा
नेपालगन्जबाट लागुऔषधसहित दुई जना प्रहरीको नियन्त्रणमा
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP