prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ १९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • लुम्बिनीभर ट्राफिक प्रहरीले गर्‍यो ३५ हजार बढी सवारीसाधनलाई कारबाही
लुम्बिनीभर ट्राफिक प्रहरीले गर्‍यो ३५ हजार बढी सवारीसाधनलाई कारबाही
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, पुस ३, २०८१ बागेश्वरी पोस्ट
लुम्बिनीभर ट्राफिक प्रहरीले गर्‍यो ३५ हजार बढी सवारीसाधनलाई कारबाही

नेपालगन्ज  । लुम्बिनी प्रदेशभर ट्राफिक नियम उल्लंघन गर्ने ३५ हजार बढी सवारीसाधन कारबाहीमा परेका छन् । नेपाल प्रहरी  राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार चालू आर्थिक वर्षको असोज १ गतेदेखि मंसिर मसान्तसम्ममा प्रदेशभरका १२ जिल्लामा गरिएको ट्राफिक कारबाहीमा ३५ हजार ५०५  सवारीसाधन कारबाहीमा परेका हुन् ।

ट्राफिक प्रहरीले नियम उल्लंघन गरेर चलाएका सवारीसाधनबाट ४ करोड ३९ लाख ४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले दिएको जानकारी अनुसार रुपन्देहीमा सबैभन्दा बढी १० हजार ५३० सवारीसाधन कारबाहीमा पर्दा १ करोड ४७ लाख ३२ हजार रुपैयाँ राजस्व संकलन गरिएको हो भने अर्घाखाँचीमा सबैभन्दा कम सवारीसाधन कारबाहीमा परेका छन् । अर्घाखाँचीमा ५९६ कारबाहीमा पर्दा ७ लाख २४ हजार राजस्व संकलन भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

सवारीसाधन कारबाही अन्तर्गत पश्चिम नवलपरासीमा २१ सय ४५ सवारीसाधन कारबाहीमा परेका छन् भने त्यहाँबाट २६ लाख १ हजार रुपैयाँ राजस्व संकलन भएको छ । त्यसैगरी कपिलवस्तुमा १८ सय ८९ सवारीसाधन कारबाहीमा पर्दा २४ लाख ४१ हजार जरिवाना वापतको राजस्व संकलन गरिएको छ । पाल्पामा ११ सय ७७ सवारीसाधनलाई कारबाही गर्दै ट्राफिक प्रहरीले १४ लाख २३ हजार रुपैयाँ राजस्व संकलन गरेको राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।

त्यसैगरी, गुल्मीमा १२ सय ९४ सवारीसाधनलाई गरिएको कारबाहीमा ट्राफिक प्रहरीले १० लाख १४ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको हो । जिल्ला ट्राफिक प्रहरीले दाङमा ४९ सय २१ सवारीसाधनलाई कारबाही गर्दा ५५ लाख ६ हजार ५०१ रुपैयाँ राजस्व संकलन गरेको हो ।

ट्राफिक नियम उल्लंघन गरेका सवारीसाधनलाई गरिएको कारबाहीमा लुम्बिनी प्रदेशमा बाँके दोस्रोमा रहेको छ । बाँकेमा ८३ सय ९५ सवारीसाधनलाई कारबाही गरिएको छ । जसमा ट्राफिक प्रहरीले ७३ लाख ४७ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जानकारी दिएको छ । बर्दियामा पनि ट्राफिक प्रहरीले १७ सय १० वटा सवारीसाधनलाई कारबाही गर्दै १४ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।

यस्तै प्यूठानमा ९ सय ९० सवारीसाधनलाई गरिएको कारबाहीमा १० लाख ८५ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ भने क्रमशः रोल्पा र पूर्वी रुकुममा ११ सय ५२ र ६२५ सवारीसाधन कारबाहीमा परेका छन् । जसबाट ट्राफिक प्रहरीले १३ लाख ४१ हजार ५ सय र ७ लाख ४१ हजार रुपैयाँँ राजस्व संकलन गरेको राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।

त्यस्तै, गत असोज १ देखि मंसिर मसान्तसम्ममा भएका ३७८ सवारी दुर्घटनमा परी १४४ जनाको मृत्यु भएको छ । जस अन्तर्गत रुपन्देहीमा  भएको ७३ दुर्घटनामा  २६ जनाको मृत्यु भएको छ भने  पश्चिम नवलपरासीमा ४३ दुर्घटनामा १४, कपिलवस्तुमा ५७ वटा दुर्घटनामा २१, पाल्पामा भएको १२ दुर्घटनामा  ६ जनाको मृत्यु भएको थियो । गुल्मीमा ८ दुर्घटनामा २ र अर्घाखाँचीमा ५ दुर्घटनामा ५ जनाको मृत्यु भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ । 

त्यसैगरी, ६६ सवारी दुर्घटनाबाट दाङमा २५ जनाको मृत्यु हुँदा बाँकेमा ५३ सवारी दुर्घटनाम १९, बर्दियाको ४४ दुर्घटनाबाट १५, प्यूठानमा ७ दुर्घटना हुँदा २, रोल्पामा भएको ९ दुर्घटनामा  ५ जनाको मृत्यु हुँदा पूर्वी रुकुममा भएको एउटा दुर्घटनामा २ जनाको मृत्यु भएको थियो भने प्रदेशभर सवारी दुर्घटनाबाट उक्त अवधिमा २७८ जना गम्भीर घाइते हुँदा ३०८ जना साधारण घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीले प्रदेशभरमा २७ सय ६ पटक दिइएको जनचेतनामूलक कार्यक्रमतर्फ १ लाख १९ हजार १४८ जना सहभागी भएका थिए ।


प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  १५:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
३२ औं प्रहरी प्रमुखमा चन्द्रकुबेर खापुङ नियुक्त
३२ औं प्रहरी प्रमुखमा चन्द्रकुबेर खापुङ नियुक्त
जानकीबाट १०० ग्राम खैरो हेरोइनसहित एक जना पक्राउ
जानकीबाट १०० ग्राम खैरो हेरोइनसहित एक जना पक्राउ
सशस्त्र प्रहरीले खुलायो ठूलो संख्यामा जागिर, देशभरका सशस्त्र प्रहरी कार्यालयमा आवेदन दिन सकिने
सशस्त्र प्रहरीले खुलायो ठूलो संख्यामा जागिर, देशभरका सशस्त्र प्रहरी कार्यालयमा आवेदन दिन सकिने
नेपालगन्ज बसपार्कबाट पेस्टोलसहित दुई जना पक्राउ
नेपालगन्ज बसपार्कबाट पेस्टोलसहित दुई जना पक्राउ
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP