prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ १६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • नेपालगन्जमा ५ जनासहित विभिन्न स्थानबाट लागुऔषधसहित १९ जना पक्राउ
नेपालगन्जमा ५ जनासहित विभिन्न स्थानबाट लागुऔषधसहित १९ जना पक्राउ
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, पुस ६, २०८१ बागेश्वरी पोस्ट
नेपालगन्जमा ५ जनासहित विभिन्न स्थानबाट लागुऔषधसहित १९ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले बाँकेसहित देशका विभिन्न स्थानबाट लागुऔषधसहित १९ जनालाई पक्राउ गरेको छ । जस अन्तर्गत प्रहरीले बाँकेको नेपालगन्ज  उपमहानगरपालिका-२ मकालु होटल नजिकबाट ८९ ट्याब्लेट ट्रामाडोल र नाईट्राजेपाम ८ ट्याब्लेटसहित ३ जनालाई आज बिहान जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङको शान्तिनगर गाउँपालिका-४ जुम्लेकुला बस्ने २२ वर्षीय अजिब ध्वोज खत्री, २३ वर्षीय दिपेन्द्र खत्री र बाँकेको राप्ती सोनारी गाउँपालिका-६ अगैया बस्ने २३ वर्षीय रमेश थापा रहेका छन् । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यसैगरी नेपालगन्ज उपमहानगरपालिका-६ फुल्टेक्राबाट २५० मिलिग्राम ब्राउनसुगर सहित २ जनालाई आज बिहान प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय पेशकर खटिक र सोही उपमहानगरपालिका-४ बसपार्क बस्ने ३० वर्षीय सुरेन्द्र लामा रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरलाई वडा प्रहरी कार्यालय नेपालगन्जबाट खटिएको टोलीले ब्राउन सुगरसहित पक्राउ गरेको हो । 

कैलालीको गोदावरी नगरपालिका-२ अत्तरियाबाट खैरो हेरोइन १ ग्राम ६ सय ६० मिलिग्रामसहित चुरे गाउँपालिका-५ बस्ने २४ वर्षीय यज्ञ प्रसाद कँडेललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी कैलालीकै धनगढी उपमहानगरपालिका-२ मिलनचोकबाट अवैध ६० मिलिग्राम खैरो हेरोइनसहित सोही ठाउँ बस्ने २५ वर्षीय नरेन्द्र बिष्टलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

प्रहरीले महोत्तरीस्थित सम्सी गाउँपालिका-१ स्थित मर्धटोल जाने बाटोबाट १० किलो  गाँजा सहित सोही ठाउँका १६ वर्षीय किशोरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट पर्सादेवाडबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

यस्तै कास्कीको पोखरा महानगरपालिका-२ धारापानी बस्ने २१ वर्षीय अतित थापा मगरलाई प्रहरीले नियन्त्रित लागूऔषध ५ पिस  फेनारगन तथा ५ पिस एम्पुल, ५ पिस ब्रुफिन र ३ सय ग्राम गाँजाको धुलोसहित शुक्रबार दिउँसो पक्राउ गरेको हो । लागूऔषध नियन्त्रण ब्यूरो पोखरा र वडा प्रहरी कार्यालय बगरबाट खटिएको संयुक्त टोलीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । 

सुनसरीकै धरान उपमहानगरपालिका-८ भोटेपुल बस्ने २६ वर्षीय महेश राई र उनकै भाइ २३ वर्षीय मनिस राईलाई ट्रामाडोल २० हजार क्याप्सुलसहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले महेशको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । यसैगरी सुनसरीको बराह क्षेत्र नगरपालिका-५ अमहा-सिमसारस्थित सडकबाट ट्रामाडोल १ सय ५८ पिस, स्पास्पेन ५८ पिस र स्पासरेस्ट १ सय पिस सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा रामधुनी नगरपालिका-७ बस्ने २१ वर्षीय अभिषेक चौधरी र २१ वर्षीय सन्दिप चौधरी रहेका छन् । प्रहरी चौकी भरौलबाट खटिएको प्रहरीले सुनसरी पुलबाट अमहा सिमसारतर्फ जाँदै गरेको को.१० प १२४६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

यसैगरी सुनसरीको धरान उपमहानगरपालिका-१६ नौलो बस्ती बस्ने ३२ वर्षीय रूबिन खड्का र २२ वर्षीय साहिल मगरलाई लागूऔषध सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट जोरसखुवाबाट खटिएको प्रहरीले रूबिनलाई ट्रामाडोल १ सय २० क्याप्सुल र स्पास्पेन १ सय २० ट्याब्लेट तथा साहिललाई ट्रामाडोल ८० क्याप्सुल र स्पास्पेन ७० ट्याब्लेटसहित पक्राउ गरेको हो । प्रहरीले  सुनसरीकै देवानगंज गाउँपालिका-७ बाट अवैध २० किलो गाँजा सहित २ जनालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा देवानगंग गाउँपालिका-२ बस्ने २४ वर्षीय अवास अंसारी र २६ वर्षीय रिजुवान अंसारी रहेका छन् । इलाका प्रहरी कार्यालय हरिनगराबाट खटिएको प्रहरीले बिआर ८० एबि ७४३८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । 

प्रहरीले मकवानपुरस्थित हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध ५ ग्राम ब्राउनसुगर सहित २ जनालाई शुक्रबार राति पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हेटौंडा उपमहानगरपालिका-१ चाईनाक्वाटर बस्ने २७ वर्षीय सनिप भोम्जन र सोही उपमहानगरपालिका-२ बस्ने २१ वर्षीय बिशाल क्षेत्री रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले पथलैयाबाट हेटौंडातर्फ जाँदै गरेको ना.३५ प ५८११ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सम्बन्धित जिल्ला प्रहरीले पक्राउ परेकाहरुँग थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।


प्रकाशित मिति: शनिबार, पुस ६, २०८१  २०:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
३२ औं प्रहरी प्रमुखमा चन्द्रकुबेर खापुङ नियुक्त
३२ औं प्रहरी प्रमुखमा चन्द्रकुबेर खापुङ नियुक्त
जानकीबाट १०० ग्राम खैरो हेरोइनसहित एक जना पक्राउ
जानकीबाट १०० ग्राम खैरो हेरोइनसहित एक जना पक्राउ
सशस्त्र प्रहरीले खुलायो ठूलो संख्यामा जागिर, देशभरका सशस्त्र प्रहरी कार्यालयमा आवेदन दिन सकिने
सशस्त्र प्रहरीले खुलायो ठूलो संख्यामा जागिर, देशभरका सशस्त्र प्रहरी कार्यालयमा आवेदन दिन सकिने
नेपालगन्ज बसपार्कबाट पेस्टोलसहित दुई जना पक्राउ
नेपालगन्ज बसपार्कबाट पेस्टोलसहित दुई जना पक्राउ
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP