prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • सशस्त्र प्रहरी बल नं. २८ गणले मनायो आफ्नो स्थापना दिवस
सशस्त्र प्रहरी बल नं. २८ गणले मनायो आफ्नो स्थापना दिवस
banijya office
बागेश्वरी पोस्ट
मंगलबार, पुस १६, २०८१ बागेश्वरी पोस्ट
सशस्त्र प्रहरी बल नं. २८ गणले मनायो आफ्नो स्थापना दिवस

कपिलवस्तु । सशस्त्र प्रहरी नम्बर २८ गण कपिलवस्तुले आफ्नो १८औं  वार्षिकोत्सब विभिन्न कार्यक्रम गरी मनाएको छ । 

nepalgunj 081-082

सोमबार सशस्त्र प्रहरी बल नं. २८ गणमा आयोजित वार्षिकोत्सब कार्यक्रमलाई सम्बोधन गर्दै सशस्त्र प्रहरी बल नं. ५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देहीका निमित्त बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) कमल प्रसाद तिउसिनाले कर्तव्य पालनाको सिलशिलामा देश र जनताको सुरक्षाको लागि अहोरात्र खटिएर विर गति प्राप्त गरेका बिर अम्मर सशस्त्र प्रहरी शहिदहरुले गौरवमय इतिहास कोर्न सफल सशस्त्र प्रहरी राष्ट्रकै सफल अंगको रुपमा स्थापित भएको बताए ।सशस्त्र प्रहरी ऐन तथा नियमावली अनुरुप प्राप्त जिम्मेवारी सशस्त्र प्रहरी कपिलवस्तुले उत्कृष्ट तवरले निभाएकोप्रति प्रशंसा गरेका थिए ।

यसैगरी एसएसपी तिउसिनाले सशस्त्र प्रहरी बलको परिचालनको नीतिलाई आत्मसाथ गरी संगठनको भिजन अनुसार सीमा सुरक्षा, आन्तरिक सुरक्षा र राजस्व संकलनको अवधारणालाई प्राथमिकतामा राखी प्रभावकारी र प्रभावशाली तरिकाले आन्तरिक सुधारका विषयहरु पहिचान गरी योजनावद्ध तरिकाले संगठनको उद्देश्य प्राप्तिको लागि उच्च कोटीको अनुशासन, व्यवहार, आचरण, उच्च मनोबल एवं कार्यकुशलता प्रदर्शन गर्न सशस्त्र प्रहरी नं.२८ गणका गणपतिसहित सकल दर्जालाई  निर्देशन दिएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी  विश्व प्रकाश अर्यालले कपिलवस्तुको सीमा सुरक्षा, जिल्लाको शान्ति सुरक्षा तथा विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी कपिलवस्तुले पुऱ्याएको योगदानको मुक्तकण्ठले प्रशंसा गरेका थिए । प्रजिअ अर्यालले आगामी दिनमा पनि सशस्त्र प्रहरी बल नं. २८ गणले अझ बढी कटिबद्ध र ब्यवसायिक रही जिम्मेवारी निर्वाहमा निरन्तर योगदान दिइरहने विश्वास लिएको बताए ।

उनले भने-"९३ किलोमिटर लामो सीमा रहेको कपिलवस्तुमा जनशक्ति कम हुँदा पनि सुरक्षा सम्बन्धमा धेरै चुनौती हुँदाहुँदै सशस्त्र प्रहरीले गरेको सीमा सुरक्षा प्रशंसा गर्न लायक छ ।"

सोही अवसरमा कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेलले पनि सशस्त्र प्रहरी कपिलवस्तुले गरेको अवैध तस्करी नियन्त्रण, सीमा अपराध नियन्त्रण, शान्तिसुरक्षा र सामाजिक कार्यहरुमा गरेको कार्यहरुको प्रशंसा गरेका थिए ।

सशस्त्र प्रहरी बल नं. २८ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) रामजंग पाण्डेले उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै न्यून जनशक्ति एवं श्रोत साधनहरुको सीमितताका बावजुद कपिलवस्तुको सीमा सुरक्षा, अपराध नियन्त्रण, अवैध तस्करी लगायत अन्य अवैद्य गतिविधिमाथि नियन्त्रण  गर्दै आएको बताए । साथै एसपी पाण्डेले सशस्त्र प्रहरीले  जनप्रतिनिधि, नागरिक समाज र भारतीय समकक्षी एसएसबीसंग नियमित समन्वय र सहकार्य गर्दै आएको समेत बताए ।

केक काटेर सुरु गरिएको आज सम्पन्न १८ औं  वार्षिकोत्सबका अवसरमा साँस्कृतिक कार्यक्रमहरुसहित बिभिन्न व्यवसायिक तथा खेल प्रतियोगिताहरुमा सर्वोत्कृष्ट हुने सशस्त्र प्रहरी कर्मचारीलाई पुरस्कार तथा प्रशंसापत्रले स्वागत गरिएको थियो । कार्यक्रममा १ वर्षभित्र अवकाश भएका सशस्त्रका कर्मचारी लगायत उत्कृष्ट कार्य गर्ने र  सशस्त्र प्रहरी बललाई सहयोग पुऱ्याएका सामाजिक व्यक्तित्वहरुलाई पनि कदरपत्रले सम्मान गरिएको थियो । सोही अवसरमा अमर सशस्त्र प्रहरी कर्मचारीहरुका परिवारजनहरुलाई दोसल्ला ओढाई सम्मान समेत गरिएको सशस्त्र प्रहरी बल नं.२८  गणले जानकारी दिएको छ ।

एसएसपी तिउसिनाको प्रमुख आतिथ्यतामा सम्पन्न  वार्षिकोत्सब कार्यक्रममा जिल्ला समन्वय समितिका उप-प्रमुख, स्थानीय तहका प्रमुख, प्रजिअ अर्याल, नेपाली सेनाका जिल्ला प्रमुख, जिल्ला प्रहरी कपिलवस्तु प्रमुख,  जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरु, सशस्त्र प्रहरी बल नेपाल नं. ५ बिन्ध्याबासिनी बाहिनी मातहत विभिन्न कार्यालयका प्रमुख, पूर्व सशस्त्र प्रहरी संघ कपिलवस्तुका पदाधिकारी, अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरु, अमर सशस्त्र प्रहरी कर्मचारीहरुका परिवार, पत्रकार लगायत सशस्त्र प्रहरी बल नं.२८ गणका अधिकृत तथा अन्य सशस्त्र प्रहरी कर्मचारीको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  १४:२०
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनीमै पहिलोपटक सशस्त्र प्रहरीद्वारा राप्तीसोनारीमा 'समुदाय विपद् स्वयंसेवक' तयार
लुम्बिनीमै पहिलोपटक सशस्त्र प्रहरीद्वारा राप्तीसोनारीमा 'समुदाय विपद् स्वयंसेवक' तयार
१०६ ग्राम बढी ब्राउन सुगरसहित युवक पक्राउ
१०६ ग्राम बढी ब्राउन सुगरसहित युवक पक्राउ
नेपालगञ्जमा खैरो हेरोइनसहित दुई जना पक्राउ
नेपालगञ्जमा खैरो हेरोइनसहित दुई जना पक्राउ
डुडुवाको चौफेरीबाट ५० ग्राम ब्राउन सुगरसहित दुई युवक नियन्त्रणमा
डुडुवाको चौफेरीबाट ५० ग्राम ब्राउन सुगरसहित दुई युवक नियन्त्रणमा
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP