नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, जेठ ५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कमरुद्दिन राईले भने, “चुनावको मुखमा पैसा बाँड्नेहरूलाई अस्वीकार गर्नुहोस्” 
कमरुद्दिन राईले भने, “चुनावको मुखमा पैसा बाँड्नेहरूलाई अस्वीकार गर्नुहोस्” 
बागेश्वरी पोस्ट
बुधबार, फागुन ६, २०८२ बागेश्वरी पोस्ट
कमरुद्दिन राईले भने, “चुनावको मुखमा पैसा बाँड्नेहरूलाई अस्वीकार गर्नुहोस्” 

नेपालगञ्ज । जनता समाजवादी पार्टी नेपाल (जसपा) बाँके क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार कमरुद्दिन राईको पक्षमा नेपालगञ्जमा बृहत् ¥याली तथा कोणसभा सम्पन्न भएको छ । रामलिला मैदानबाट सुरु भएको उक्त ¥याली नगरका विभिन्न भागको परिक्रमा गर्दै एमपी स्कुल नजिकै पुगेर कोणसभामा परिणत भएको थियो । “यो चुनाव केवल चुनाव होइन, भाग्यको फैसला हो,” कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार कमरुद्दिन राईले भने-"फागुन २१ गते हुने निर्वाचनलाई केवल नियमित चुनावको रुपमा नहेर्न म आग्रह गर्दछु ।" उनले भने,“यो चुनाव जनताको भाग्य फैसला गर्ने अवसर हो । यसलाई सामान्य चुनावको रुपमा होइन, आफ्नो भविष्य तय गर्ने निर्णयको रूपमा लिनुपर्छ ।” उनले जनतालाई भावनात्मक रूपमा जोड्दै प्रश्न गर्दै भने, “कोरोनाकालमा तपाईंहरूको दुःखमा को साथमा थियो ? अहिले भोट माग्न आउनेहरू त्यतिबेला कहाँ थिए ?” उनले आफू सधैं जनताको साथमा रहेको दाबी गर्दै आगामी दिनमा पनि जनताकै बीचमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । 

कोणसभामा बोल्दै राईले आफ्नो मुख्य प्रतिस्पर्धी इस्तियाक राइ माथि कडा टिप्पणी गरे । उनले नेपालगन्जमा ल्याइएका केही विकास योजनाको श्रेय गलत रूपमा लिइएको आरोप लगाए । उनले भने, “पूर्व प्रधानमन्त्री सुशील कोइरालाले नेपालगन्जमा ल्याएको एडिबीको बजेटलाई इस्तियाक राईले आफैं ल्याएको भन्दै भ्रम फैलाइएको छ । जनताले सत्य बुझ्नुपर्छ ।” त्यसैगरी उनले “आकासे पुल कहाँ छ ?” भन्दै विपक्षीलाई प्रश्न समेत गरे । कमरुद्दिन राईले आफ्नो कार्यकालका केही उपलब्धिहरू प्रस्तुत गर्दै नेपालगन्जमा शिक्षा, स्वास्थ्य तथा धार्मिक संरचनामा उल्लेख्य सुधार भएको दाबी गरे । उनका अनुसार नेपालगन्जमा १२ करोड रुपैयाँ लागतमा हनुमान मन्दिर निर्माण भइरहेको छ । बागेश्वरी मन्दिरको जीर्ण अवस्था सुधार गरिएको छ । यस्तै भेरी अस्पतालको पूर्वाधार विकासमा जसपा नेतृत्वको योगदान रहेको उनले दावी गरे । उनले उपेन्द्र यादवको पहलमा स्वास्थ्य पूर्वाधार विस्तार भएको उल्लेख गरे ।

राईले आफ्नो उम्मेदवारी मधेशी, दलित, जनजाति तथा मुस्लिम समुदायको हक अधिकार सुनिश्चित गर्न केन्द्रित रहेको बताए । उनले भने, “मधेशी अधिकारको रक्षाका लागि मैले नेपालगन्ज उपमहानगरपालिकाको उपप्रमुख पद त्यागेर आएको हुँ । अब जनताको अधिकार सुनिश्चित गर्ने जिम्मेवारी लिन चाहन्छु ।” उनले राजनीतिलाई व्यक्तिगत धन-आर्जनको माध्यम बनाउने उम्मेदवारलाई परास्त गर्न आग्रह गरे । उनले मतदातालाई आग्रह गर्दै भने, “इमान्दारिताका साथ छाता चिन्हमा मतदान गर्नुहोस् । चुनाव अगावै तपाईंको साथमा उभिनेहरूलाई सम्झनुहोस्, तर चुनावको मुखमा पैसा बाँड्नेहरूलाई अस्वीकार गर्नुहोस् ।”


प्रकाशित मिति: बुधबार, फागुन ६, २०८२  १८:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘जरा अभियान’ मा जुट्यो बाँके कांग्रेस
‘जरा अभियान’ मा जुट्यो बाँके कांग्रेस
कुलमान घिसिङ आइतबार नेपालगञ्ज आउँदै
कुलमान घिसिङ आइतबार नेपालगञ्ज आउँदै
२५ बर्षीया रुबीकुमारी ठाकुर अहिलेसम्मकै कम उमेरकी उपसभामुख !
२५ बर्षीया रुबीकुमारी ठाकुर अहिलेसम्मकै कम उमेरकी उपसभामुख !
कांग्रेस क्षेत्र नम्बर १ बाँके बैठकः शर्माको राजीनामा अस्वीकृत
कांग्रेस क्षेत्र नम्बर १ बाँके बैठकः शर्माको राजीनामा अस्वीकृत
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP