नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज १८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसको १५ औं महाधिवेशन आजदेखि सुरु हुँदै
कांग्रेसको १५ औं महाधिवेशन आजदेखि सुरु हुँदै
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असोज १८, २०८३ बागेश्वरी पोस्ट
कांग्रेसको १५ औं महाधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन दिउँसो २ बजे खुलामञ्चमा हुने कांग्रेसले जनाएको छ । उद्घाटनपछि भोलिदेखि बन्दसत्र सञ्चालन हुनेछ । महाधिवेशनमा देशभरका साथै विदेशस्थित जनसम्पर्क समितिमार्फत सात हजारभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन् । असोज २२ गतेसम्म चल्ने महाधिवेशनमा पार्टीको आगामी नीति, कार्यक्रम तथा समसामयिक विषयमा छलफल हुनेछ ।

उद्घाटन समारोहमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०, प्रमुख प्रतिपक्षी नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टीलगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई कांग्रेसले निम्तो दिएको छ। विभिन्न संघसंस्थाका प्रतिनिधिसहित भारत, चीन, अमेरिका लगायतका आधा दर्जनभन्दा बढी देशबाट समेत पाहुना आमन्त्रण गरिएको छ।

तर उद्घाटनको मिति परिवर्तन भएका कारण विदेशी पाहुनाको उपस्थिति अपेक्षाकृत कम हुन सक्ने कांग्रेसले जनाएको छ।

पाँच वर्षको नीति र कार्यक्रम प्रस्तुत हुने

कांग्रेस प्रवक्ता चालिसेका अनुसार उद्घाटनसत्रपछि सुरु हुने बन्दसत्रमा पार्टीको आगामी नीति, कार्यक्रम तथा विभिन्न प्रतिवेदन प्रस्तुत हुनेछन्।

सभापति गगनकुमार थापाले आगामी पाँच वर्षका लागि पार्टीको राजनीतिक, आर्थिक, उत्पादन, रोजगारी तथा विदेश नीतिसम्बन्धी दृष्टिकोण समेटिएको कार्यपत्र प्रस्तुत गर्ने तयारी छ।

१० हजार प्रतिनिधि तथा शुभेच्छुकका लागि होटल बुकिङ

महाधिवेशनमा सहभागी प्रतिनिधि तथा शुभेच्छुकका लागि काठमाडौँका विभिन्न क्षेत्रमा होटल बुकिङ गरिएको छ। गौशाला, कोटेश्वर, लाजिम्पाट, ठमेल, नयाँ बसपार्क, सुन्धारा, बालाजु र कलंकी क्षेत्रमा करिब १० हजार जनालाई बस्न मिल्ने गरी होटल व्यवस्थापन गरिएको हो।

आवास व्यवस्थापन समितिका सदस्य एवं नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघका अध्यक्ष लिलाप्रसाद ढकालका अनुसार प्रदेशअनुसार प्रतिनिधिहरूलाई विभिन्न क्षेत्रमा बस्ने व्यवस्था मिलाइएको छ।

कोशी र मधेश प्रदेशका प्रतिनिधिका लागि गौशाला र कोटेश्वर, बागमतीका लागि लाजिम्पाट र ठमेल तथा गण्डकी र लुम्बिनीका प्रतिनिधिका लागि बालाजु र नयाँ बसपार्कमा आवासको व्यवस्था गरिएको छ। कर्णाली र सुदूरपश्चिमका प्रतिनिधिका लागि सुन्धारा र कलंकी क्षेत्रमा होटलको व्यवस्था गरिएको छ।

विदेशस्थित जनसम्पर्क समितिबाट आउने प्रतिनिधिका लागि लाजिम्पाट र ठमेल क्षेत्रमा आवासको प्रबन्ध गरिएको छ।

जिल्ला, जनसम्पर्क समिति तथा भ्रातृ संस्थाबाट आउने महाधिवेशन प्रतिनिधिले भने होटल तथा आवासको खर्च आफैँ बेहोर्नुपर्ने कांग्रेसले जनाएको छ। विदेशबाट आउने पाहुनाको आवास खर्च भने पार्टीले व्यहोर्नेछ।

महाधिवेशन अवधिभर प्रतिनिधिका लागि बिहान र दिउँसोको खानाको व्यवस्था पार्टीले भृकुटीमण्डपमा गर्ने जनाएको छ।

३० स्वास्थ्यकर्मीसहित हेल्थ डेस्क

महाधिवेशनमा सहभागी प्रतिनिधिको स्वास्थ्यलाई ध्यान दिँदै कांग्रेसले खुलामञ्चमा हेल्थ डेस्क सञ्चालन गर्ने भएको छ। ३० जना स्वास्थ्यकर्मीसहितको पाँचवटा स्टल रहने हेल्थ डेस्क खुलामञ्चको पश्चिमतर्फ स्थापना गरिएको छ।

स्वास्थ्य समितिका संयोजक डा.केदारनरसिंह केसीका अनुसार हेल्थ डेस्क दुई सिफ्टमा सञ्चालन हुनेछ। त्यहाँ आठ जना चिकित्सकसहित पारामेडिक्स र नर्सको टोली रहनेछ।

हेल्थ डेस्कबाट रक्तचाप र सुगर परीक्षणका साथै सिटामोल, जीवनजल तथा सामान्य घाउचोटमा प्रयोग हुने औषधि निःशुल्क उपलब्ध गराइनेछ।

गम्भीर अवस्था आए प्रतिनिधिलाई अस्पताल लैजान वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र बसुन्धरास्थित बीपी स्मृति अस्पतालसँग समन्वय गरिएको छ। महाधिवेशनस्थलमा दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखिनेछन् भने रातिको समयमा आवश्यक परे ‘अन कल’ स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ।

होटलमा बसेका प्रतिनिधिलाई स्वास्थ्य समस्या आए आवश्यकताअनुसार होटलमै पुगेर स्वास्थ्य परीक्षण गर्ने व्यवस्था समेत मिलाइएको डा. केसीले जानकारी दिए।

धरहरादेखि दरबारमार्गसम्म पार्किङ व्यवस्था

महाधिवेशनमा सहभागी हुने प्रतिनिधिका सवारीसाधन व्यवस्थापनका लागि काठमाडौँका विभिन्न स्थानमा पार्किङको व्यवस्था गरिएको छ।

महाधिवेशन यातायात व्यवस्थापन समितिका संयोजक एवं कांग्रेस केन्द्रीय सदस्य विजयबहादुर स्वाँरका अनुसार ट्राफिक प्रहरीसँगको समन्वयमा धरहराको अन्डरग्राउन्ड, माइतीघरदेखि भद्रकालीसम्मको एकतर्फी सडक तथा दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा पार्किङको व्यवस्था गरिएको छ।

यस्तै, पुरानो बसपार्क आसपास र भृकुटीमण्डप परिसरमा समेत सवारीसाधन पार्किङ गराउने विषयमा ट्राफिक प्रहरीसँग समन्वय भइरहेको उनले बताए।


प्रकाशित मिति: आइतबार, असोज १८, २०८३  ०७:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने दीपक गिरीको घोषणा
कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने दीपक गिरीको घोषणा
कांग्रेसको १५ औं महाधिवेशन आजदेखि सुरु हुँदै
कांग्रेसको १५ औं महाधिवेशन आजदेखि सुरु हुँदै
दाङ–३ मा कांग्रेस क्षेत्रीय सभापतिमा वली निर्वाचित
दाङ–३ मा कांग्रेस क्षेत्रीय सभापतिमा वली निर्वाचित
कांग्रेस कोषाध्यक्ष बस्नेत सर्वाधिक मतसहित प्रदेश प्रतिनिधिमा निर्वाचित
कांग्रेस कोषाध्यक्ष बस्नेत सर्वाधिक मतसहित प्रदेश प्रतिनिधिमा निर्वाचित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP