नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, फागुन ७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नेपालगञ्जमा महेन्द्र पुस्तकालयद्वारा 'उम्मेदवारका एजेण्डामाथि बहस'
नेपालगञ्जमा महेन्द्र पुस्तकालयद्वारा 'उम्मेदवारका एजेण्डामाथि बहस'
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, फागुन ७, २०८२ बागेश्वरी पोस्ट
नेपालगञ्जमा महेन्द्र पुस्तकालयद्वारा 'उम्मेदवारका एजेण्डामाथि बहस'

नेपालगन्ज । नेपालगन्जमा पुस्तकालयको मन्चमा बसेर बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका उम्मेदवाहरुले एजेण्डामाथि बहस गरेका छन् । एउटै मन्चमा बसेर पाँच जना उम्मेदवारहरुले एजेण्डामाथि बहस गरेका हुन् ।नेपालगन्जस्थित महेन्द्र पुस्तकालयको सामाजिक सरोकार उपसमितिको आयोजना र जुमा स्पोर्ट्‌स क्लबको सहकार्यमा आयोजित एजेण्डा बहस कार्यक्रममा उम्मेदवारहरु नेकपा एमालेका मो. इश्तियाक राई, कांग्रेसका सुधांशु कोइराला, नेपाली कम्युनिष्ट पार्टीका दिपेन्द्र बिष्ट, राप्रपाका ऋषिराज देवकोटा र स्वतन्त्र उम्मेदवार शौभाग्यजंग शाह सहभागी थिए । 

उक्त कार्यक्रममा सहभागी उम्मेदवारहरुलाई विभिन्न ६ वटा प्रश्नहरुमा समान समय दिएर बोल्न लगाइएको थियो भने सहभागी दर्शकहरुबाट आएका प्रश्नका उत्तर पनि मागिएको थियो । ती प्रश्नमाथि बोल्दै उम्मेदवारहरुले आफ्ना एजेण्डामाथि प्रष्टिकरण दिएका थिए । उम्मेदवारहरुले बाँके क्षेत्र नम्बर २ को मुख्य समस्याको रुपमा डुडुवाको डुबान र कटानका साथै, सडक पूर्वाधार विकास, स्वाथ्यका पूर्वाधार विकासमा ध्यान दिने आफ्नो योजना रहेको बताएका छन् । उम्मेदवारहरुका एजेण्डाहरुमा प्रायः समानता रहे पनि उनीहरुले त्यसको कार्यान्वयनको स्पष्ट खाका दिन नसकेको सहभागीहरुले बताएका थिए । दर्शकदीर्घाबाट साँसदहरुले गर्ने काम र कार्यकारीले गर्ने कामको फरक छुट्याउनुपर्नेदेखि लिएर नेपालगन्जमा जमिनमुनिको पानीको सतह घट्दै गएको सम्मका समस्यामाथि प्रश्नहरु आएका थिए ।

कार्यक्रममा बोल्दै एमालेका उम्मेदवार राईले आफूले आफ्नो चुनावी घोषणापत्रमा बाँके क्षेत्र नम्बर २ का क्षेत्रगत योजनाहरुको फेहरिस्त प्रस्तुत गरेको र ती सबै योजनाहरु आफू सांसद भएमा पूरा गर्ने दाबी गरे । उनले आफूले यस अघि सरकारमा मन्त्रीको रुपमा संगालेको अनुभव र जनप्रतिनिधिका रुपमा काम गरेको अनुभवका आधारमा ती योजनाको कार्यान्वयन गर्न सक्ने बताए । राईले कृषकहरुलाई समयमै मलखाद उपलब्ध गराउने, डुडुवा र राप्ती नदीको तटबन्धन, भेरी अस्पतालको स्तर वृद्धि, सामुदायिक विद्यालयको स्तरोन्नति, महेन्द्र बहुमुखी क्याम्पसको स्तरोन्नति र रोजगारीको समस्या समाधान गर्न आफूले पहल लिने बताए ।  

नेपाली कांग्रेसका कोइरालाले आफू पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरलाको बिरासत बोकेको व्यक्ति भएको बताउँदै जनपक्षीय काम गर्ने र सदाचारयुक्त काम गर्ने दाबी गरे । उनले बाँके क्षेत्र नम्बर २ मा कांग्रेसको पालामा धेरै विकास योजना सुरु भएकोमा अहिले पनि आफूले काम गर्ने बताए । उनले नेपालगन्ज रिङरोड, डुडुवा क्षेत्रलाई डुबान र कटानमुक्त बनाउन आफ्नो पहल हुने बताए । कृषकहरुलाई समयमै मल दिने, नेपालगन्जमा ट्राफिक व्यवस्थापन सुधार, ग्रामीण र सहरी क्षेत्रलाई कसरी जोड्ने भन्ने विषयमा आफूले काम गर्ने कोइरालाले बताए । यसैगरी स्वास्थ्य, शिक्षा र युवा रोजगारीको विषयमा पनि संसदमा आफूले जोडदार आवाज उठाउने उनले उल्लेख गरे ।

नेकपाका उम्मेदवार विष्टले यस अघि निर्वाचित भएर गएका जनप्रतिनिधिहरुले बाँके क्षेत्र नम्बर २ मा उल्लेखनीय काम गर्न नसकेको र छिमेकी जिल्लाको तुलनामा बाँके पछाडि परेको बताए । उनले योजना समयमै सम्पन्न गर्ने, युवाहरुलाई रोजगारीमा जोड्ने काममा आफूले प्राथमिकता दिने दाबी गरे । सुशासन र भ्रष्टाचारलाई प्रमुख एजेण्डा बनाएको बताएका बिष्टले बाँके क्षेत्र नम्बर २ का ग्रामीणदेखि सहरी क्षेत्रको व्यवस्थापनसम्मका योजनाहरु आफूले तयार गरेको बताए । उनले आफ्नो आइटी सेवामा अनुभव रहेकोले बाँकेमा पनि त्यस अनुभवलाई लिएर प्रविधिमैत्री सेवा प्रदान गर्ने र आइटी हबको योजना बनाएको उनले बताए ।

राप्रपाका देवकोटाले सनातन संस्कृतिको रक्षा, राजसंस्थाको व्यवस्था र सुशासनका लागि आफ्नो उम्मेदवारी रहेको बताए । उनले नगरभित्र ट्राफिक व्यवस्थापन र विकासका योजना, डुडुवामा कटान नियन्त्रणका लागि तटबन्धनको योजना आफ्नो रहेको बताए । डुडुवाको डुबान र कटानको समस्या समाधान गर्न राष्ट्रियस्तरकै परियाृजना आवश्यक रहेको देवकोटाको भनाइ थियो । उनले राप्रपाले भ्रष्टाचार नगर्ने नीति लिएको बताउँदै आफू सुशासनका कटिबद्ध रहेको दाबी गरेका थिए ।

स्वतन्त्र उम्मेदवार शाहले यस अघि पटक–पटक जितेर गएका जनप्रतिनिधिहरुले काम नगर्ने, भ्रष्टाचारलाई प्रश्रय दिने काम गरेकोले आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताए । उनले नेपालगन्जका मुख्य समस्याहरुबारे आफूले संसदमा दह्रो ढंगले आवाज उठाउन सक्ने दाबी गरे । पुस्तकालयको सामाजिक सरोकार उपसमितिका संयोजक नरेन्द्रजंग पिटरले पुस्तकालयलाई सामाजिक विषयमा बौद्धिक विमर्शको केन्द्र बनाउन अभियान सुरु गरिएको र त्यसको पहिलो अंकमा समसामयिक विषयमा एजेण्डा बहस गरिएको बताए । बहसले लोकतान्त्रिक संस्कारलाई सघाउ पुर्याउने बताउँदै उनले आगामी दिनमा निरन्तरुपमा थप अरु विषयमा पनि बहस तथा छलफलहरु पुस्तकालयले सन्चालन गर्ने बताएका छन् ।


प्रकाशित मिति: बिहीबार, फागुन ७, २०८२  २०:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राप्तीसोनारीमा सुरु भयो गौडेलको घरदैलो
राप्तीसोनारीमा सुरु भयो गौडेलको घरदैलो
मोहनपुर फारममा दिपेन्द्र बिष्टको घरदैलो 
मोहनपुर फारममा दिपेन्द्र बिष्टको घरदैलो 
नेपालगञ्जमा महेन्द्र पुस्तकालयद्वारा 'उम्मेदवारका एजेण्डामाथि बहस'
नेपालगञ्जमा महेन्द्र पुस्तकालयद्वारा 'उम्मेदवारका एजेण्डामाथि बहस'
राप्ती प्रादेशिक अस्पताललाई विशेषज्ञ अस्पतालका रुपमा विकास गर्न पहल गर्छुः कांग्रेस उम्मेदवार गिरी
राप्ती प्रादेशिक अस्पताललाई विशेषज्ञ अस्पतालका रुपमा विकास गर्न पहल गर्छुः कांग्रेस उम्मेदवार गिरी
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP