नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • राप्तीसोनारीमा सुरु भयो गौडेलको घरदैलो
राप्तीसोनारीमा सुरु भयो गौडेलको घरदैलो
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, फागुन ७, २०८२ बागेश्वरी पोस्ट
राप्तीसोनारीमा सुरु भयो गौडेलको घरदैलो

कोहलपुर । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बाँके क्षेत्र नं. १ का काँग्रेस उम्मेदवार नारायण प्रसाद गौडेलले विहीबारदेखि राप्तीसोनारीमा घरदैलो अभियान सुरु गरेका छन् । राप्तीसोनारीमा गौडेलको घरदैलो ११ गतेसम्म चल्ने क्षेत्रीय सभापति पोषण केसीले जानकारी दिए । पहिलो दिन राप्तीसोनारी गाउँपालिका वडा नं. २, ५ र ९ का विभिन्न वस्तीमा भएको छ । वडा नं. २ को माथेबासमा काँग्रेस वडा कार्यसमितिले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उम्मेदवार गौडेलले स्थानीयका माग सम्बोधन गर्ने प्रतिवद्धता जनाए ।

‘बाटोघाटो, पुलपुलेसा जस्ता विकास निर्माणका विषयहरु यहाँका दाजुभाइ–दिदीबहिनीहरुले उठाउनुभएको छ,' उनले भने–‘यी मागहरु स्वभाविक छन् र म निर्वाचित भएमा यिनलाई सम्बोधन गर्न पहल गर्छु ।’ उनले स्थानीय र प्रदेश सरकारले पूर्वाधार विकासका केही काम अघि बढाइरहेको उल्लेख गर्दै केन्द्रबाट नीतिगत सुधार आवश्यक रहेको धारणा पनि राखे । आफू निर्वाचित भएर प्रतिनिधिसभामा पुगे नीति निर्माण तहमा आवाज उठाउनु नै आफ्नो मुख्य प्राथमिकता हुने उनको भनाइ छ । राप्तीसोनारी क्षेत्र बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले यहाँका बासिन्दा वर्षौँदेखि वन्यजन्तुको आतंकसँग जुधिरहेका छन् । खेतबारीमा वन्यजन्तुले अन्नपात खाएर क्षती पुर्याइरहेका छन् भने बाघ, हात्ती लगायतका जनावरले असुरक्षा बढाइरहेका छन् । गौडेलले यस विषयलाई आफ्नो अभियानको मुख्य एजेन्डा बनाएको बताए । उनले भने–‘यो समस्या भाषण गरेर समाधान हुँदैन, ऐन नै संशोधन गर्नुपर्छ । मलाई जिताएर संसद पठाउनुहोस्, म त्यहाँबाट यो ऐन संशोधनका लागि बोल्छु ।’ गौडेलको यो भनाइले स्थानीयमा केही आशा जगाएको देखिन्थ्यो । स्थानीय भीमा ओलीले भनिन्–‘हामीले धेरै पटक नेताहरुलाई यो कुरा सुनाएका छौँ, तर समाधान भएको छैन । यसपटक गौडेललाई जिताउने हो भने साँच्चै काम हुन्छ कि भन्ने आशा लागेको छ ।’

चुनावी व्यस्तताका कारण प्रत्येक मतदाताको घरमा व्यक्तिगत रुपमा पुग्न सम्भव नहुने कुरा गौडेलले खुलेर स्वीकारेका छन् । तर उनले स्थानीय पार्टी नेता–कार्यकर्तालाई ‘स्वयं उम्मेदवार’ बनेर जनतासम्म पुग्न आग्रह पनि गरेका छन् । ‘हामी सबै मिलेर जनताको घरदैलोमा पुग्नुपर्छ । तपाईँहरु पनि आफैँलाई उम्मेदवार ठानेर सबैको घरमा पुग्नुहोस् र काँग्रेसको पक्षमा मत माग्नुहोस्’–उनले कार्यकर्तालाई निर्देशन दिए । भेलामा तरुण दलका राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष कुलबहादुर केसी, टोपबहादुर खड्का, होमराज अधिकारी, दिलबहादुर बस्नेत, शेरबहादुर ओली लगायतले उम्मेदवार गौडेलसमक्ष स्थानीय समस्याहरु सुनाएका थिए । गौडेलले ती समस्या सम्वोधनका लागि समन्वयकारी भूमिका निर्वाह गर्न आफू सधैं तत्पर रहेको विश्वास दिलाए । घरदैलो कार्यक्रममा क्षेत्रीय सभापति पोषण केसी, राप्तीसोनारी गाउँपालिकाका निवर्तमान अध्यक्ष लाहुराम थारु, अग्रज नेता हुर्मत न्यौपाने, पार्टी प्रवक्ता डिल्ली गिरी, प्रदेश ‘क’ का सभापति अमर बुढाथोकी लगायतका नेताहरुको उपस्थिति रहेको थियो । विहीबार वडा नंं. ५ का जुरपानी, बनजरिया, गोभारपुर, वडा नं. २ का माथेबास, मधुवा, शम्शेरगन्ज, राजपुर र वडा नं. ९ को ढकेरीमा घरदैलो कार्यक्रम गरिएको छ ।


प्रकाशित मिति: बिहीबार, फागुन ७, २०८२  २०:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP