नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, फागुन ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • थारुहरुको ऐतिहासिकता जोडिएको सुकौरामा थारु संग्रहालय बनाउन लागिपर्छुः गिरी
थारुहरुको ऐतिहासिकता जोडिएको सुकौरामा थारु संग्रहालय बनाउन लागिपर्छुः गिरी
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, फागुन ८, २०८२ बागेश्वरी पोस्ट
थारुहरुको ऐतिहासिकता जोडिएको सुकौरामा थारु संग्रहालय बनाउन लागिपर्छुः गिरी

तुलसीपुर । दाङ क्षेत्र नम्बर ३ का नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरीले थारुहरुको ऐतिहासिकता जोडिएको सुकौरामा थारु संग्रहालय बनाउन लागिपर्ने बताएका छन् । चुनावी सभाका क्रममा शुक्रबार साँझ तुलसीपुर ११ सुकौरा पुगेका गिरीले थारु जातिको संस्कार र संस्कृति जोगाउन आवश्यक रहेकोमा जोड दिँदै दंगीशरण राजाको ऐतिहासिक दरबार रहेको क्षेत्र सुकौरामा थारु संग्रहालय बनाउन लागिपर्ने बताए । उनले थारुको संस्कृतिभित्र बैज्ञानिकता रहेको बताउँदै थारु संस्कृति जगेर्ना गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गरे । आफूले सधैं किसानको हितमा काम गर्दै आएको स्मरण गराउँदै उनले सिंचाई सहजताका लागि डिप बोरिङ्ग बनाउने प्रतिबद्धता समेत बताए । रुख चिन्हमा मतदान गरेर आफूलाई जिताउन उनले आग्रह गरे । 

प्रदेश सांसद एवम् पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले देशमा विकसित विषम् परिस्थितिका कारण गिरीले आफ्नो कार्यकाल पूरा गर्न नपाएकोले अपूरा काम पूरा गर्न फेरि जिताएर पठाउन आग्रह गरे । उलने पनि थारुको पुर्खाको इतिहास सुकौराबाट सुरु भएको भन्दै प्रदेश सरकारबाट पनि संग्रहालय बनाउन बजेट विनियोजनका लागि भूमिका खेल्ने बताए ।  दंगीशरण राजाको दरबार भएको सुकौरा गाउँलाई होमस्टेमार्फत संस्कृति संरक्षणमा जोड्ने आफ्नो योजना रहेको सुनाउँदै उनले होमस्टे स्थानीय कला संस्कृतिको प्रचारप्रसार र आयअर्जनको माध्यम बन्ने बताए । 

उनले थारुले बनाउने जाँड रक्सीको ब्राण्डिंग र बजारीकरणका लागि लुम्बिनी प्रदेश सरकार कानुन निर्माणको चरणमा रहेको जानकारी दिँदै यसले थारुहरुको आर्थिक प्रगतिमा टेवा पुग्ने बताए । शुक्रबार साँझ नै तुलसीपुर ११ कटाहाँ पुगेका कांग्रेस उम्मेदवार गिरीले त्यस क्षेत्रमा यस अघि एउटा डिप बोरिंग जडान गरिदिएको जानकारी गराउँदै थप बोरिंगका लागि पनि काम गर्ने प्रतिबद्धता जनाउँदै थारु जातिको विकास र उत्थानका लागि आफू क्रियाशील रहँदै आएको बताए । त्यहाँ पूर्व मुख्यमन्त्री चौधरीले पनि बोलेका थिए । उनले विकास र समृद्धिका लागि गिरीलाई जिताउन आग्रह गरे । तुलसीपुर ११ का वडा सभापति हेमराज ओलीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कटाहाँमा स्थानीय जनकलाल चौधरीले गाउँका आवश्यकता र अपेक्षाबारे जानकारी गराएका थिए ।


प्रकाशित मिति: शुक्रबार, फागुन ८, २०८२  २२:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
थारुहरुको ऐतिहासिकता जोडिएको सुकौरामा थारु संग्रहालय बनाउन लागिपर्छुः गिरी
थारुहरुको ऐतिहासिकता जोडिएको सुकौरामा थारु संग्रहालय बनाउन लागिपर्छुः गिरी
सुधान्शुलाई मतदाताले भने–“बदलिएको काँग्रेसलाई मत दिन्छौं”
सुधान्शुलाई मतदाताले भने–“बदलिएको काँग्रेसलाई मत दिन्छौं”
पारस्परिक सम्मान र सद्भाव हाम्रो परिचय बनोस्ः इश्तियाक राई
पारस्परिक सम्मान र सद्भाव हाम्रो परिचय बनोस्ः इश्तियाक राई
नेपालगञ्जको भैयापुरमा विष्टको घरदैलो
नेपालगञ्जको भैयापुरमा विष्टको घरदैलो
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP