नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असोज १२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • राप्तीसोनारीका कर्मचारीले भने- दोषीलाई कारबाही र सुरक्षित वातावरण नभए काम गर्न सक्दैनौं
राप्तीसोनारीका कर्मचारीले भने- दोषीलाई कारबाही र सुरक्षित वातावरण नभए काम गर्न सक्दैनौं
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, जेठ १५, २०८३ बागेश्वरी पोस्ट
राप्तीसोनारीका कर्मचारीले भने- दोषीलाई कारबाही र सुरक्षित वातावरण नभए काम गर्न सक्दैनौं

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकाका कर्मचारीहरूले गाउँपालिका कार्यालयभित्र कर्मचारीमाथि भएको दुर्व्यवहार तथा धम्कीपूर्ण गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र बुझाएका छन् ।

जेठ १३ गते बुधबार दिउँसो करिब ३ बजे केही व्यक्तिहरू हुलहुज्जतसहित गाउँ कार्यपालिकाको कार्यालय, अगैयामा प्रवेश गरी कार्यालयमा कार्यरत कर्मचारीमाथि दुर्व्यवहार गर्नुका साथै नियमित कामकारबाहीमा अवरोध सिर्जना गरेको घटनामा कर्मचारीले असुरक्षित महसुस गरेको भन्दै आज अध्यक्षसमक्ष ज्ञापन पत्र बुझाएका हुन् ।

घटनापछि कर्मचारीहरूले सार्वजनिक सेवा प्रवाहलाई असर पर्ने गरी गरिने अभद्र व्यवहार, धम्की तथा अस्वभाविक गतिविधि स्वीकार्य नहुने बताएका छन् । कानुन बमोजिम जिम्मेवारी निर्वाह गरिरहेका राष्ट्रसेवक कर्मचारीमाथि कार्यस्थलमै पुगेर गरिने यस्ता गतिविधिले समग्र सार्वजनिक प्रशासन तथा सेवा प्रवाह प्रणालीमै नकारात्मक असर पार्ने उनीहरूको भनाइ छ ।

कर्मचारीहरूले गाउँपालिका कार्यालयमा शान्ति, सुरक्षा तथा मर्यादित कार्य वातावरण कायम गर्न सबै सरोकारवालालाई संयमता अपनाउन आग्रह गरेका छन् । साथै घटनामा संलग्न पक्षमाथि कानुनी तथा प्रशासनिक कारबाही गरी सुरक्षित कार्य वातावरण निर्माण गर्न माग गरिएको छ ।

ध्यानाकर्षण पत्रमा आवश्यक सुरक्षा तथा कार्य वातावरण सुनिश्चित नभए कर्मचारीहरू नियमित कामकाजमा फर्किन नसक्ने र थप आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी समेत दिइएको छ ।

 

 

 

 


प्रकाशित मिति: शुक्रबार, जेठ १५, २०८३  २१:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्ज नायकका रुपमा पाण्डे र सिग्देललाई कालपृष्ठ दैनिकको सम्मान
नेपालगन्ज नायकका रुपमा पाण्डे र सिग्देललाई कालपृष्ठ दैनिकको सम्मान
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP