नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, जेठ २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालगन्जमा नयाँ इलेक्ट्रिक एसयूभी ‘ओमोडा ई–५ प्रो’ सार्वजनिक
नेपालगन्जमा नयाँ इलेक्ट्रिक एसयूभी ‘ओमोडा ई–५ प्रो’ सार्वजनिक
बागेश्वरी पोस्ट
बुधबार, जेठ २०, २०८३ बागेश्वरी पोस्ट
नेपालगन्जमा नयाँ इलेक्ट्रिक एसयूभी ‘ओमोडा ई–५ प्रो’ सार्वजनिक

नेपालगन्ज । नेपालगन्ज क्षेत्रका लागि ओमोडा एन्ड जेकूको आधिकारिक वितरक सिद्धार्थ लिंक प्रा.लि. ले बहुप्रतिक्षित तथा अत्याधुनिक इलेक्ट्रिक एसयूभी नयाँ ओमोडा ई–५ प्रो ( Omoda E5 Pro) बुधबार नेपालगन्जमा सार्वजनिक गरेको छ । यस अघि नै १,५०० भन्दा बढी युनिट सडकमा सञ्चालनमा आइसकेको ओमोडा ई–५ को सफल यात्रालाई निरन्तरता दिँदै कम्पनीले अझ उन्नत प्रविधि, प्रिमियम डिजाइन र आधुनिक ड्राइभिङ अनुभवसहित नयाँ ई–५ प्रो नेपाली बजारमा ल्याएको हो ।

बाँके अटोमोबाइल्स एशोसिएसनका अध्यक्ष नरेन्द्र ओलीको प्रमुख आतिथ्यता तथा उद्योग वाणिज्य संघ बाँकेका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी वलीको विशिष्ट आतिथ्यतामा आयोजित विशेष समारोहबीच नयाँ ओमोडा ई–५ प्रोको औपचारिक लन्च गरिएको थियो ।

कम्पनीका अनुसार नयाँ ई–५ प्रोमा ५०.७ किलोवाट आवर (kWh) क्षमताको ब्याट्री, ९९ किलोवाट (kW) क्षमताको इलेक्ट्रिक मोटर तथा २८८ एनएम टर्क रहेको छ । यसले एकपटकको पूर्ण चार्जमा करिब ३५० किलोमिटर रेन्ज प्रदान गर्ने बताइएको छ ।

१९१ एमएम ग्राउन्ड क्लियरेन्स र १८ इन्चका अलोय ह्विलका कारण यो नेपाली सडकका लागि समेत उपयुक्त रहेको कम्पनीको दाबी छ । गाडीको बाह्य डिजाइनमा फ्युचरिस्टिक डिजाइन, बोल्ड फ्रन्ट फेसिया, एरोडाइनामिक प्रोफाइल तथा फ्यान्टम विङ टेललाइट समावेश गरिएको छ । त्यस्तै भित्री भागमा प्रिमियम केबिन, इलेक्ट्रिक सनरुफ तथा अत्याधुनिक प्रविधिको संयोजन रहेको कम्पनीले जनाएको छ ।

सुरक्षाका दृष्टिले गाडीमा १९ भन्दा बढी एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (ADAS) फिचर तथा ५४० डिग्री सराउन्ड भ्यू क्यामेरा प्रणाली समावेश गरिएको छ, जसले चालकलाई थप सहज र सुरक्षित ड्राइभिङ अनुभव प्रदान गर्ने विश्वास गरिएको छ । कम्पनीले नयाँ ओमोडा ई–५ प्रोको मूल्य सिंगल टोन भेरियन्टका लागि ५१ लाख ५९ हजार रुपैयाँ तथा डबल टोन भेरियन्टका लागि ५१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ ।

साथै, लन्चिङको विशेष अवसरमा एक दिनका लागि मात्र लागू हुने गरी ४९ लाख ९९ हजार रुपैयाँको विशेष अफर पनि सार्वजनिक गरिएको छ । त्यसैगरी, गाडी खरिद वा बुकिङ गर्ने ग्राहकले एक वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स सुविधा समेत प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

देशभरका आधिकारिक शोरुममार्फत बुकिङ खुला गरिएको यो नयाँ ईभीले नेपाली बजारमा विद्युतीय सवारी साधनको प्रतिस्पर्धालाई थप तीव्र बनाउने अपेक्षा गरिएको छ । नेपालगन्ज तथा आसपासका ग्राहकले गनापुर–६ मा रहेको ओमोडा एन्ड जेकूको आधिकारिक शोरुममा टेस्ट ड्राइभ, जानकारी तथा बुकिङ गर्न सक्ने जनाइएको छ।

लन्चिङ कार्यक्रममा सिद्धार्थ लिंक प्रा.लिका प्रबन्ध निर्देशक विवेककुमार श्रेष्ठ, निर्देशक ऋषिराम कँडेल, पत्रकार, सञ्चारकर्मी, कन्टेन्ट क्रिएटर तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: बुधबार, जेठ २०, २०८३  २२:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जमा नयाँ इलेक्ट्रिक एसयूभी ‘ओमोडा ई–५ प्रो’ सार्वजनिक
नेपालगन्जमा नयाँ इलेक्ट्रिक एसयूभी ‘ओमोडा ई–५ प्रो’ सार्वजनिक
Ai प्रविधिसहित नेपालमा लन्च भयो Honor 600 सिरिज
Ai प्रविधिसहित नेपालमा लन्च भयो Honor 600 सिरिज
सोल्टी वेस्टेन्ड प्रिमियर नेपालगञ्जमा पहिलो पटक 'थारु फूड फेस्टिबल' हुने
सोल्टी वेस्टेन्ड प्रिमियर नेपालगञ्जमा पहिलो पटक 'थारु फूड फेस्टिबल' हुने
‘नेपालगञ्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल २०८३’ सुरु
‘नेपालगञ्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल २०८३’ सुरु
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP