Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा सपथ र पदभार ग्रहण
नेपालगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा सपथ र पदभार ग्रहण
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, भदौ १४, २०८३ बागेश्वरी पोस्ट
नेपालगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा सपथ र पदभार ग्रहण

नेपालगञ्ज । नेपालगञ्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमिति सदस्यले पद तथा गोपनियताको सपथ र पदभार ग्रहण गरेका छन् । आइतबार एक समारोहबीच अध्यक्ष चिरञ्जीवी ओलीलाई निर्वाचन आयुक्त अधिवक्ता तिर्थराज ज्ञवालीले सपथ गराएका थिए । त्यसपछि अध्यक्ष ओलीले अन्य पदाधिकारी तथा कार्यसमिति सदस्यलाई सपथ खुवाए ।

May be an image of one or more people and dais

सोही अवसरमा संघका निवर्तमान अध्यक्ष टंकबहादुर धामीले नवनिर्वाचित अध्यक्ष ओलीलाई पद हस्तान्तरण गरेका थिए । त्यसैगरी निवर्तमान महासचिव भीमबहादुर रानाभाटले नवनिर्वाचित महासचिव विष्णु श्रेष्ठलाई पद हस्तान्तरण गरेका थिए । सपथ तथा पदभार कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उद्योगी, ब्यवसायीका आवाजलाई नीतिगत तहसम्म पुर्याउन पहल गर्ने प्रतिवद्धता जनाए । नेपालगञ्जलाई पश्चिम नेपालको आर्थिक हब बनाउन, भन्सार तथा सिमा ब्यापार ब्यवस्थापन, लगानी मैत्री वातावरण निर्माण गर्नका लागि समन्वय गर्ने उनको भनाइ छ ।

प्रतिनिधि सभाका सांसद एवम् पूर्व मन्त्री मोहम्मद मो. इश्तियाक राईको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रत्न खत्री, प्रदेशका आन्तरिक मामिला मन्त्री भण्डारीलाल अहिर, प्रदेश सांसद बादशाह कुर्मी, मिना श्रेष्ठ, रास्वपाकी जिल्ला उपसभापति ईश्वरी लामिछाने, कांग्रेसका जिल्ला सचिव सुधांशु कोइराला, एमालेका भाष्कर काफ्ले, नेकपाका जिल्ला संयोजक दिपक जिएम, बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य लक्ष्मणराज पौडेल, संघका निर्वतमान अध्यक्ष टंक बहादुर धामी, पूर्व अध्यक्षहरु अब्दुल वाहिद मन्सुरी, कृष्णप्रसाद श्रेष्ठ, नन्दलाल बैश्य, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, जिल्ला बारकी अध्यक्ष पुनम श्रेष्ठ लगायतले नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यलाई बधाई तथा सफलताको शुभकामना दिएका थिए ।

May be an image of text

भदौ ६ गते सम्पन्न भएको संघको निर्वाचनबाट अध्यक्षमा ओली निर्वाचित भएका थिए । यस्तै संघको उपाध्यक्ष विष्णुप्रसाद श्रेष्ठ (वाणिज्य) र उपाध्यक्ष (उद्योग) मा कमल कुमार कार्की भने निर्विरोध निर्वाचित भए । यसैगरी निर्वाचन प्रक्रियाबाट उपाध्यक्ष (महिला० मा रुपा ओझा (सानु) निर्वाचित भइन् । संघको महासचिवमा विष्णु श्रेष्ठ, उपमहासचिवमा प्रदीप आचार्य, कोषाध्यक्षमा टीकामणि उपाध्याय तथा सदस्यहरुमा तोपबहादुर थापा, सन्तोषकुमार पौडेल, नन्दराम जैसी, जहाँगीर मुसलमान, आदित्य गुप्ता, अतुलकुमार गुप्ता, शरदराज अधिकारी, नगेन्द्र शाही, शरदप्रसाद रिजाल र सुरजबहादुर भण्डारी निर्वाचित भएका थिए । सम्बद्ध सदस्यतर्फ फणाधर भण्डारी र सुरेश जंग बन्जारा तथा एसोसियट सदस्यतर्फ राजीव तलङ्गा र अब्दुल वाहिद अन्सारी निर्विरोध निर्वाचित भएका थिए । 

यसैबीच भोेटेकोशी नदीका बाढी पीडितका लागि नेपालगञ्ज उद्योग वाणिज्य संघ बाँकेले प्रधानमन्त्री दैवीप्रकोप राहात कोषमा साढे ५ लाख रुपैयाँ सहयोग गरेको छ । संघको निवर्तमान कार्यसमितिले संस्थागत रुपमा १ लाख ५१ हजार रुपैयाँ र नवनिर्वाचित कार्यसमितिका अध्यक्ष, पदाधिकारी, सदस्य र कर्मचारीहरुले व्यक्तिगत रुपमा आइतबार थप ४ लाख रुपैयाँ गरी ५ लाख ५१ हजार रुपैयाँ सहयोग गरेका हुन् ।

ब्यक्तिगत रुपमा सबैभन्दा धेरै रुपैयाँ सहयोग संघका नवनिर्वाचित अध्यक्ष चिरञ्जीवी ओलीले गरेका छन् । उनले आफ्नो फर्म ओली ट्रेड एण्ड सप्लायर्सबाट १ लाख ११ हजार रुपैयाँ सहयोग गरेका छन् ।


प्रकाशित मिति: आइतबार, भदौ १४, २०८३  २१:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
नेपालगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा सपथ र पदभार ग्रहण
नेपालगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा सपथ र पदभार ग्रहण
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली निर्वाचित
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली निर्वाचित
नेपालगन्ज उद्योग बाणिज्य संघ निर्वाचन: संयुक्त प्यानलको प्रतिबद्धता-पत्र सार्वजनिक
नेपालगन्ज उद्योग बाणिज्य संघ निर्वाचन: संयुक्त प्यानलको प्रतिबद्धता-पत्र सार्वजनिक
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP