Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असोज ३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
संस्कृति-साहित्य
  • गृहपृष्ठ
  • संस्कृति-साहित्य
  • निर्मल थापाको कविता संग्रह ‘जेन्जी काल’ को नेपालगन्जमा गृह विमोचन
निर्मल थापाको कविता संग्रह ‘जेन्जी काल’ को नेपालगन्जमा गृह विमोचन
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, असोज २, २०८३ बागेश्वरी पोस्ट
निर्मल थापाको कविता संग्रह ‘जेन्जी काल’ को नेपालगन्जमा गृह विमोचन

नेपालगन्ज । प्रख्यात लेखक तथा साहित्यकार निर्मल कुमार थापाको कविता संग्रह ‘जेन्जी काल’ कृतिको नेपालगन्जमा गृह विमोचन गरिएको छ । थापाको कविता संग्रह ‘जेन्जी काल’ तीन महिना अघि विमोचन भएको थियो । नेपालगन्जमा शुक्रबार कालपृष्ठ दैनिकको आयोजनामा कृतिको विमोचन गरिएको हो । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, आयोजक कालपृष्ठ दैनिकका प्रकाशक एवम् सम्पादक कमल खत्री, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, साहित्यकार खगेन्द्र गिरी 'कोपिला' र लेखक थापाले संयुक्त रुपमा कृतिको विमोचन गरे । ‘जेन्जी काल’ कविता संग्रहमा २०८२ साल भाद्र २३ र २४ को जेन्ज आन्दोलन र त्यसपछिको मनोविज्ञानलाई समावेश गरिएको छ । 

लेखक थापाले नेपाली साहित्यमा लेखक, कवि तथा साँस्कृतिक अभियन्ताको भुमिका निर्वाह गरिरहेका छन् । अध्ययनको हिसाबले विद्यावारिधी गरेका थापाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समाज अध्ययनको अनुभव बटुलेका छ । उनका लेखनमा विशेषगरी कविता, कथा, निबन्ध, दर्शन तथा गैरआख्यान समावेश हुने गर्दछन् । लेखक, साहित्यकार, कवि तथा सांस्कृतिक अभियन्ता थापा कलर र नेपाल सेन्टर इन्टरनेशनलका संस्थापक हुन् । उनले नेपाली कला साहित्य र संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्दै आएका छन् ।  

कविता संग्रह ‘जेन्जी काल’ को विमोचन गर्दै प्रमुख अतिथि चौलागाईले पत्रकारिता क्षेत्र हुँदै साहित्य विधामा प्रवेश गरेका लेखक थापाले पश्चिम नेपाललाई अन्तर्राष्ट्रिय समुदायसम्म पु¥याउने काम गरेको बताए । उनले भने,‘ कविता संग्रह ‘जेन्जी काल’ नेपाली इतिहासमा एउटा दस्तावेजको रुपमा रहन सक्छ । यसले तत्कालीन अवस्थाको चित्रण गरेको छ । जेन्जी आन्दोलनमा देखिएका विविध पक्षलाई कविता संग्रह ‘जेन्जी काल’ले समेट्ने प्रयास गर्नु नेपाली इतिहास र साहित्यको लागि महत्वपुर्ण कुरा हो ।’

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष गिरीले साहित्य र पत्रकारिता समाजको विकासमा लागि महत्वपूर्ण क्षेत्र भएको बताए । साहित्य सृजनामार्फत थापाले गरेको योगदान पत्रकारिता क्षेत्रको लागि पनि गर्व गर्ने विषय भएको बताए ।
कालपृष्ठ दैनिकका सम्पादक एवम् प्रकाशक कमल खत्री, साहित्यकार खगेन्द्र गिरी कोपिलाले कविता संग्रह ‘जेन्जी काल’ ले नेपाली समाजलाई सकारात्मक बाटोमा लग्न अभिप्रेरित गर्ने बताए । 
लेखक थापाले कविता संग्रह ‘जेन्जी काल’ कृतिमार्फत जेन्जी आन्दोलनपछि देशको राजनीतिक, साँस्कृतिक र आर्थिक व्यवस्थालाई बुझाउने प्रयास गरेको बताए । 
विगतका जनआन्दोलन, सशस्त्र आन्दोलनले ल्याएको लोकतन्त्रमा चुनिएका नेतृत्वले सही व्यवस्था स्थापित गर्न नसकेको कारणले जेन्जी बिद्रोहको रुप लिएको बताउँदै सुन्दर नेपाल निर्माणमा सचेत नेपालीले योगदान गर्नुपर्ने बताए । कविता संग्रह ‘जेन्जी काल’ कृति पढेर अबको पुस्ताले भ्रष्टतन्त्रको जालो च्यातेर सुशासन कायम गर्नको लागि आफूलाई तयार बनाउनुपर्ने उनले बताए । 

थापाको साहित्यिक यात्रा कविता संग्रह ‘प्रभात फेरी सन्ध्या’बाट सुरु भएको हो जुन सन् २००५ मा प्रकाशित भएको थियो । विशेषगरी उनको लेखन दर्शन, अध्यात्म, समकालीन समाज र मानव जीवनका प्रश्नहरुको महत्वपूर्ण विषयमा केन्द्रित भएको देखिन्छ । हालसम्म २२ वटा कृति प्रकाशित गरिसकेका लेखक थापाको ‘प्रभात फेरी सन्ध्या’ कविता संग्रह, ‘एकादेश’ निबन्ध साहित्यिक कृति, ‘एकालाप’ कथा निबन्ध र कविताको संयोजन, ‘एकान्त’ कथा र दर्शनको मिश्रण, ‘जय श्रीकुबेरनाथ’ कविता संग्रह लगायतका रहेका छन् । 

साहित्यकार थापालाई कालपृष्ठको सम्मान
थापालाई कार्यक्रमको आयोजक समेत रहेको कालपृष्ठ दैनिकले सम्मान पत्रसहित सम्मान समेत गरेको थियो ।नेपालगन्जमा भएको कविता संग्रह ‘जेन्जी काल’ को विमोचन समारोहमा कालपृष्ठ दैनिकका प्रकाशक एवम् सम्पादक कमल खत्रीले लेखक तथा साहित्यकार थापालाई सम्मान गरेका हुन् । नेपाली साहित्य, कला तथा संस्कृतिको क्षेत्रमा थापाले पु¥याएको योगदानसँगै सिर्जनशील लेखन तथा साहित्यिक गतिविधिमार्फत नेपाली समाजको विकासमा गरेको योगदानको कारण थापालाई सम्मान गरिएको आयोजकले जनाएको छ । 


प्रकाशित मिति: शुक्रबार, असोज २, २०८३  २१:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निर्मल थापाको कविता संग्रह ‘जेन्जी काल’ को नेपालगन्जमा गृह विमोचन
निर्मल थापाको कविता संग्रह ‘जेन्जी काल’ को नेपालगन्जमा गृह विमोचन
यसपालि नेपालगन्जमा रामलीला हुँदै
यसपालि नेपालगन्जमा रामलीला हुँदै
आज 'कृष्णजन्माष्टमी’ पर्व
आज 'कृष्णजन्माष्टमी’ पर्व
अस्टिम्की चित्रकलाको मौलिकतामा विचलन, मौलिकता जोगाउँदै 'ब्रान्डिङ' गर्न आवश्यक !
अस्टिम्की चित्रकलाको मौलिकतामा विचलन, मौलिकता जोगाउँदै 'ब्रान्डिङ' गर्न आवश्यक !
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP