नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, चैत १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • लकडाउन हुनुअघि जारी भएका सिम कार्डको विश्लेषण सुरु
लकडाउन हुनुअघि जारी भएका सिम कार्डको विश्लेषण सुरु
बागेश्वरी पोस्ट
बिहीबार, वैशाख ४, २०७७ बागेश्वरी पोस्ट
लकडाउन हुनुअघि जारी भएका सिम कार्डको विश्लेषण सुरु

काठमाडौं । सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्थापना गरेको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले ६० हजार वटा सीम कार्डको विश्लेषण थालेको छ ।

लकडाउन हुनुअघि चैत पहिलो साता वितरण गरिएका सीम कार्डको ट्रेसिङ प्रक्रिया सीसीएमसी–अप्सले सुरु गरेको हो । अपरेशनमा खटिएका एक सैनिक अधिकृतका अनुसार टेलिकम्युनिकेशन सेवा प्रदायक एनसेलबाट ४० हजार र नेपाल टेलिकमबाट २० हजार वटा सीम कार्डको नम्बर प्राप्त भएपछि ट्रेसिङ गर्न थालिएको छ ।

तीमध्ये बुधबारसम्म ८ हजार ८ सय २२ वटा सीम कार्डमा सम्पर्क गरेर सम्बन्धित व्यक्तिको अवस्थाबारे जानकारी लिइएको छ । सम्पर्कका लागि प्रारम्भमा ६ जना सैनिक खटिएको भए पनि अहिले बढाएर २५ जनालाई पुर्‍‍याइएको छ । यसअघि १ चैतदेखि लकडाउन गरिएको ११ चैतसम्म विभिन्न सेवा प्रदायक कम्पनीबाट वितरण गरिएका सीम कार्डका नम्बर माग्दै अपरेशन सेन्टरले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्राचार गरेको थियो ।

हालसम्म स्मार्ट सेलको रेकर्ड भने प्राप्त भइनसकेको स्रोतले बतायो । लकडाउनअघि चैत महिनामा हवाइ तथा स्थल मार्गबाट नेपाल प्रवेश गर्ने व्यक्तिको स्थिति विश्लेषणका लागि अप्सले सीम कार्ड नम्बरबाट ट्रेेस गर्ने विधि अपनाएको हो ।

हवाई मार्गबाट नेपाल प्रवेश गर्नेको सूची विमानस्थलबाट प्राप्त हुने भए पनि स्थलमार्गबाट आउनेको रेकर्ड नहुने भएकाले पनि यो विधि उपयोगी हुने सैनिक अधिकृतहरुको विश्लेषण छ । यो कार्यका लागि सीसीएमसीले कल सेन्टर नै स्थापना गरेको थियो । सेन्टरबाट सीम कार्डका विवरण संकलन गरी विश्लेषण गर्ने काम भइरहेको छ ।

फोन नउठ्दा सैनिक अधिकृत हैरान

सीसीएमसी–अप्सले २७ चैतबाट सीम कार्डको विश्लेषण थालेको थियो। पहिलो दिन अपरान्ह ४ बजेदेखि बिहान ८ सम्म ४ सय ५० वटा नम्बरमा सैनिक अधिकृतहरुले सम्पर्क गरेका थिए । तर, कसैले पनि फोन नउठाएको स्रोतले बतायो । दोस्रो दिन २८ चैतमा १२ घन्टा गरिएको सम्पर्कमा ५ सय ६९ वटा कल गरिएको थियो । जसमध्ये ३ सय ६० वटा फोन उठ्यो भने एक जना व्यक्ति विदेशबाट आएको देखिएको थियो । यो अवधिमा २ सय ९ वटा फोन नउठेको पाइएको छ ।

तेस्रो दिन २९ गते बिहान ८ बजेदेखि फोन गर्दा ९ सय १२ वटा सीम कार्डमा सम्पर्क भएको छ । तीमध्ये ६ सय ४७ वटा नम्बर मात्र उठेको थियो भने २ सय ६५ जनाले उठाएनन् । तीमध्ये ५० जना विदेशबाट आएका व्यक्ति थिए । चौथो दिन ३० गते एक हजार ६ सय ८ वटा नम्बरमा सम्पर्क भएको देखिन्छ ।

तीमध्ये ११ सय ६२ जनाले फोन उठाएका छन् भने ४ सय ४६ जनाले उठाएका छैनन् । तीमध्ये विदेशबाट आउने ८ जनामा कोभिड–१९ भाइरसको लक्षण देखिएको थियो । स्रोतका अनुसार १ वैशाखमा १४ सय दुई वटा कल भएको थियो । त्यसमध्ये एक हजार १७ जनाले फोन उठाएका थिए भने ३ सय ८५ जनाले फोन उठाएनन् । यो अवधिमा सम्पर्क स्थापित भएकामध्ये ६ जनालाई कोरोनाको लक्षण देखिएको थियो । छैठौं दिन २ वैशाखमा २ हजार ३ सय २१ जनासँग सम्पर्क भएको देखिन्छ । तीमध्ये एक हजार एक सय ३२ जनाले फोन उठाएका छन् भने १ हजार १ सय ८९ जनाले फोन उठाएनन् ।

तीमध्ये १ सय ९ जना विदेशबाट आएका थिए भने एक जनामा कोरोनाको लक्षण देखिएको छ । बुधबार बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्मको समयमा १५ सय ६० वटा नम्बरमा सम्पर्क गर्ने प्रयास भएको छ । जसमध्ये ९ सय ५४ जनाले फोन उठाएका छन् भने ५ सय ६६ जनाको फोन लागे पनि उठेन । उनीहरुमध्ये १ सय ६८ जना विदेशबाट आएको देखिएको छ भने दुई जनामा कोरोनाको लक्षण देखिएको छ ।

दोस्रो चरणमा सम्पर्कमा गएका व्यक्तिको ट्रेसिङ

कोरोना संक्रमणको लक्षण देखिएकालाई उपचारका लागि अपरेशन सेन्टरले समन्वय गरिरहेको छ । साथै, निको भएका व्यक्तिको पनि निगरानी भइरहेको छ । सेन्टर स्रोतका अनुसार ३० गते सम्पर्क गरिएका भोजपुर, दाङ, बर्दिया, कञ्चनपुर, बागलुङ, मकवानपुर, डोटी र दार्चुलाका एकरएक जनामा कोरोनाको लक्षण देखिएको थियो ।

तीमध्ये अधिकांश भारतबाट आएको पाइएको छ । उनीहरुमध्ये पनि बर्दिया, भोजपुर, दार्चुला र डोटीका गरी चार जना व्यक्ति उपचारपछि स्वस्थ भएर घर फर्किसकेका छन् । यद्यपि, उनीहरुलाई पनि निगरानीमै राखिएको छ । स्रोतका अनुसार १ वैशाखमा कोरोनाको लक्षण देखिएका ६ जनामध्ये कैलालीका एक जना निको भएर घर फर्किएका छन् । डडेल्धुरा, दैलेख, दाङ र कैलालीका ५ जनाको उपचार जारी छ ।

२ वैशाखमा सम्पर्क गर्दा काभ्रे, झापा र दैलेखका एकरएक जनालाई कोरोनाको लक्षण देखिएको थियो । तीमध्ये काभ्रेका व्यक्ति स्वस्थ भइसकेका छन् । यदि कसैमा कोरोनाको संक्रमण देखिए दोस्रो चरणको योजना अनुरुप उनीहरुसँग सम्पर्कमा आएका व्यक्तिबारे पनि विवरण संकलन र विश्लेषण गरिने बताइएको छ । स्वास्थ्य मन्त्रालय र नेपाल प्रहरीले पनि कोरोना संक्रमित व्यक्तिको छुट्टै कन्ट्याक ट्रेसिङ गरिरहेको छ ।अनलाइनखबरबाट साभार।


प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०७७  ०८:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका अवैध क्रसर उद्योग बन्द गराउन गृहको निर्देशन
लुम्बिनी प्रदेशका अवैध क्रसर उद्योग बन्द गराउन गृहको निर्देशन
पत्रकार महासंघको ७१औं स्थापना दिवसः नेपालगञ्जमा स्थानीय पत्रकारिताका चुनौती विषयक अन्तरक्रिया
पत्रकार महासंघको ७१औं स्थापना दिवसः नेपालगञ्जमा स्थानीय पत्रकारिताका चुनौती विषयक अन्तरक्रिया
नेपालगन्जमा जलेको अवस्थामा महिलाको शव भेटियो, जिउँदै जलाइएको आशंका
नेपालगन्जमा जलेको अवस्थामा महिलाको शव भेटियो, जिउँदै जलाइएको आशंका
सडक-आश्रित मानवहरूको उद्धार, संरक्षण र व्यवस्थापनका लागि लुम्बिनीमा 'प्रदेश विशेष उद्दार कार्यक्रम'
सडक-आश्रित मानवहरूको उद्धार, संरक्षण र व्यवस्थापनका लागि लुम्बिनीमा 'प्रदेश विशेष उद्दार कार्यक्रम'
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP