नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, माघ १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • भारतको उत्तरप्रदेशमा एक दिनमै एक अर्बको मदिरा बिक्री
भारतको उत्तरप्रदेशमा एक दिनमै एक अर्बको मदिरा बिक्री
banijya office RSG-2
एजेन्सी
मंगलबार, वैशाख २३, २०७७ एजेन्सी
भारतको उत्तरप्रदेशमा एक दिनमै एक अर्बको मदिरा बिक्री

नेपालगन्ज । लामो समयपछि भारतको केही राज्यमा मदिराको पसल खोल्न सोमबार अनुमति दिइयो । अनुमति दिएको केही मिनेट नबित्दै शहरका मदिरा पसल अगाडि दुई दुई किलोमिटरसम्म मानिसहरुको भिड जमा भयो । उक्त भिड मंगलबार पनि देखिएको छ । मदिरा खरिद गर्न जमा भएको भिड व्यवस्थापन गर्न कतिपय शहरमा प्रहरीले लाठीचार्ज नै गर्नुपर्यो ।
भारतमा मार्च २५ देखि लकडाउन कडाइपूर्वक लागू छ । मदिरा पसल खोल्न अनुमति दिने सरकारी निर्णय वर्षौंको खडेरीपछि पानी परे झैं भयो । र कोभिड–१९ तिब्र रुपमा फैलिरहँदा मदिरा पसल खोल्ने अनुमतिपछि सामाजिक दूरीको मापदण्ड पूर्णरुपमा तोडिएको छ । एकै पसल अगाडि पाँचसयदेखि एकहजार मदिरा खरिद गर्नेको भिड जमा भएको छ ।
यूरोप र अमेरिकापछि कोभिड–१९ को संक्रमण भारत र रुसमा तिब्र रुपमा फैलिदैछ । यस्तो अवस्थाका बावजूद सर्वसाधारणले जोखिमका बीच खुला रुपले बजार, पसलमा पंक्तिमा उभिएका छन् । मदिराका लागि भारतीय शहरहरुमा देखिएको भिडले सरकारलाई आफ्नो निर्णयमाथि पुनर्विचार गर्ने अवस्थामा ल्याइ पुर्याएको छ । नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सोमबार साँझ त अवस्था यस्तै रहे दुईदिन भित्रै पसल बन्द गर्ने निर्णय लिन बाध्य हुने बताउनुभयो ।
महाराष्ट्र राज्य कोभिड–१९ को उच्च जोखिममा छन् । संघीय सरकारले अनुमति दिएपनि राज्य सरकारको बैठकमा पसल खोल्न दिने नदिने बारे चार घण्टा लामो छलफल नै चल्यो । अपरान्ह तीन बजे पसल खोल्ने अनुमति स्वीकृत हुँदा कतिपय घर फर्किसकेका थिए । यद्दपी उत्तरप्रदेशसहित केही राज्यका ठूला शहरमा भने संघीय सरकारको अनुमतिका बावजूद मदिरा पसल खोलिएन । उत्तरप्रदेशको औरङ्गाबाद र सोलापुर जिल्लामा भने प्रशासनले पसल खोल्न दिएन । उत्तरप्रदेशकै मिर्जापुरमा केही पसलेले त ग्राहकमाथि पुष्पवर्षा नै गरेर स्वागत गरे ।

बैंग्लौरमा मदिरा खरिद गर्न लामो लाइन देखियो । जहाँ महिलाको उपस्थिति पनि ठूलै देखिएको भारतीय अखबार द् टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले उल्लेख गरेको छ ।
भारतको उत्तरप्रदेशमा मदिराको खरिदबिक्रिमा औसतमा दैनिक ७० देखि ८० करोड रुपियाँको कारोबार हुन्छ । तर सोमबार सामान्य दिनको जम्मै कारोबारबाट माथि पुगेर एक अरबको ब्यापार भएको उत्पादन शुल्क विभागले जनाएको छ । उत्तरप्रदेशका लखनऊमा मात्रै करिब छ करोड ३० लाखको मदिरा खरिद बिक्रि भएको हो ।
मदिरा अभाव भएपछि पसलेले अपरान्ह नै पसल बन्द गरेर घरतिर लाग्नुपर्यो । भारतको आन्ध्रप्रदेशमा सन् २०१४ मा साइक्लोन गएको भोलीपल्ट मात्रै यस्तो भिड देखेको एकजना स्थानीयलाई उद्धृत गर्दै टाईम्स अफ इन्डियाले लेखेको छ ।
मदिरा खरिद गर्नेको भिड र आपूर्तिमा समस्या भएपछि राजस्थानमा पसल खोल्न अनुमति दिइएको दुई घण्टा नबित्दै उत्पादन शुल्क विभागले पसल बन्द गर्न आदेश जारी गर्यो ।
छत्तीसगढ राज्यको महासमुन्दमा भने मदिरा पसल खोल्ने सरकारी अनुमतिका विरुद्ध महिलाहरु सडकमा आउनुपर्यो । मदिरा पसल महिनौंसम्म बन्द हुँदा घर परिवारमा शान्ती आएको उनीहरुको तर्क थियो ।


प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०७७  १७:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दशौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी मेला आजदेखि नेपालगञ्जमा सुरु
दशौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी मेला आजदेखि नेपालगञ्जमा सुरु
चैतमा 'नेपालगञ्ज स्ट्रिट फुड एण्ड बेभरेज फेस्टिभल' हुने
चैतमा 'नेपालगञ्ज स्ट्रिट फुड एण्ड बेभरेज फेस्टिभल' हुने
महिला उद्यमीले उत्पादन गरेका वस्तुको प्रदर्शनी माघ १४ देखि नेपालगञ्जमा
महिला उद्यमीले उत्पादन गरेका वस्तुको प्रदर्शनी माघ १४ देखि नेपालगञ्जमा
सेल्ट्रोन नेपालको दशैं–तिहार स्किम: उत्कृष्ट रिटेलरलाई स्कुटर पुरस्कार
सेल्ट्रोन नेपालको दशैं–तिहार स्किम: उत्कृष्ट रिटेलरलाई स्कुटर पुरस्कार
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP