prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ १०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
विश्व
  • गृहपृष्ठ
  • विश्व
  • नेपालको गेस्टहाउसमा ‘रंगेहात’ पक्राउ परेका तीन भारतीय न्यायाधीश ६ वर्षपछि बर्खास्त
नेपालको गेस्टहाउसमा ‘रंगेहात’ पक्राउ परेका तीन भारतीय न्यायाधीश ६ वर्षपछि बर्खास्त
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, कात्तिक २४, २०७६ बागेश्वरी पोस्ट
नेपालको गेस्टहाउसमा ‘रंगेहात’ पक्राउ परेका तीन भारतीय न्यायाधीश ६ वर्षपछि बर्खास्त
सर्वोच्च अदालत भारत

नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले सन् २०१३ मा नेपालको एक गेस्ट हाउसमा महिलासँग ‘रंगेहात’ पक्राउ परेका विहार तल्लो अदालतका तीनजना न्यायाधीशलाई कारबाहीका लागि विहार सरकारलाई शुक्रबार अनुमति दिएको छ । ती तीनजनालाई नेपाल प्रहरीले पक्राउ गरेको कुरा नेपालको एउटा दैनिक पत्रिकामा सार्वजनिक भएको थियो । सो समाचारको आधारमा पटना उच्च न्यायालयले जिल्ला तहमा छानबिनको निर्देशन दिएको थियो । तर, तीनै जनाले आफूहरु त्यतिबेला भारतमै भएको दाबी गरेको भारतीय मिडियाले जनाएका छन् ।

उनीहरुले उक्त दैनिक पत्रिकाले आफूहरुको बारेमा निकालेको समाचार गलत भएको स्वीकार गर्दै एक महिनापछि खेद जनाएको छानबिन टोली समक्ष दाबी गरेका थिए । अदालत सो कुरामा सहमत नभएपछि भारतकै गृह मन्त्रालयको मद्धत मागेको थियो । गृह मन्त्रालयले ती न्यायाधीशको गतिविधि हेर्दा ती न्यायाधीशको मोबाइल सन् २०१३ को जनवरी २६ र २७ तारेखमा बन्द भएको पाएको थियो ।  फोन खुल्दा ती न्यायाधीशहरु नेपालको सीमामा रहेको फारबेसगन्ज क्षेत्रमा फेला परेका थिए ।  उनीहरु तीनै जनाको फोन एकै ठाउँमा ‘ट्रेस’ भएको थियो । अर्थात् उनीहरुको पोस्टिङ भएको ठाउँमा फोन थिएन । 

गृह मन्त्रालयले दिएको रिपोर्टमा एक न्यायाधीशले विहारको पूर्णिया जिल्लाको एक होटलमा बसेको बिल देखाए पनि त्यो बिल न्यायाधीश आफैंले बनाएको पाइएको उल्लेख थियो । न्यायाधीशको बदमासी पुष्टि भएपछि सर्वोच्च अदालतले ती न्यायाधीशलाई अहिले बर्खास्त गर्न अनुमति दिएको हो । यो विषयको छानबिन गर्न भारतको सर्वोच्च अदालतलाई ६ वर्षको अवधि लागेको छ । 
 
नेपालमा आएर त्यसरी फसेका न्यायाधीशको नाम कोमल राम, जीतेन्द्रनाथ सिंह र हरिनिवास गुप्ता रहेको जनाइएको छ । उनीहरुलाई सुरुमै पटना उच्च न्यायालयको बैठकले निलम्बन गरे पनि अन्तिम निर्णय भएको थिएन । उनीहरु त्यतिबेला विराटनगरमा नेपाल प्रहरीले छापा मार्दा महिलासँग गेस्टहाउसमा फेला परेका थिए । उनीहरु भारतका न्यायाधीश भएको थाहा पाएपछि नेपाल प्रहरीले छोडिदिएको भएपनि भारतमा छानबिन अघि बढेको बताइएको थियो ।  (द टाइम्स अफ इन्डिया र एजेन्सी)


प्रकाशित मिति: आइतबार, कात्तिक २४, २०७६  ०८:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP