नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, पुस ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • पुजा बोहरा बलात्कार गर्नेलाई सर्बोच्चले सुनायो ११ बर्ष जेल सजाय
पुजा बोहरा बलात्कार गर्नेलाई सर्बोच्चले सुनायो ११ बर्ष जेल सजाय
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, मंसिर ३, २०७६ बागेश्वरी पोस्ट
पुजा बोहरा बलात्कार गर्नेलाई सर्बोच्चले सुनायो ११ बर्ष जेल सजाय

काठमाडौं । सर्वोच्च अदालतले पुनरावेदनको फैसला उल्टाउँदै बैतडीकी पूजा बोहोरालाई बलात्कार गर्ने दुई जनालाई साढे ११ वर्ष जेल सजाय सुनाएको छ । साथै पीडित बोहोरालाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको छ ।

न्यायाधीश सपना मल्ल र हरि फुयाँलको संयुक्त इजलासले तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरको फैसला उल्टाएको हो । आइतबार सजाय निर्धारणका लागि बसेको इजलासले सागर भट्ट र अमरराज अवस्थीलाई साढे ११ वर्ष कैद सजाय सुनाएको हो । सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार बलात्कार कसूरमा साढे ६ वर्ष र सामूहिक बलात्कार कसूरमा ५ वर्ष गरी साढे ११ वर्ष कैद सजाय सुनाइएको छ । सर्वोच्चले कसूरदार दुई जनाबाट जनही साढे २ लाख गरी ५ लाख र सरकारका तर्फबाट ५ लाख गरी पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउने पनि आदेश दिएको ढकालले जानकारी दिए ।

बैतडीका जिल्ला न्यायाधीश हिमालयराज पाठकको इजलासले यो मुद्दामा २०६९ फागुन २२ गते भट्ट र अवस्थीलाई १३ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सुनाएको थियो । तर २०७१ वैशाख १५ गते पुनरावेदन अदालतका न्यायाधीश नरबहादुर शाही र रमेशप्रसाद राजभण्डारीको संयुक्त इजलासले जिल्लाको फैसला उल्ट्याउँदै दुबै अभियुक्तलाई सफाइ दिएको थियो ।

पुनरावेदनको फैसलाविरुद्ध सरकारी वकिल कार्यालयले २०७१ मंसिर २१ गते सर्वोच्चमा मुद्दा दायर गरेको थियो । सर्वोच्चमा न्यायाधीश सपना मल्ल प्रधान र हरि फुयालको इजलासले कात्तिक ७ गते पुनरावेदन अदालतको फैसला उल्ट्याएको थियो । तर सजाय तोक्न बाँकी थियो । सोमबारको इजलासले सजाय तोकेको हो । सर्वोच्चको आइतबारको इजलासले क्षतिपूर्ति संरक्षण ऐनअनुसार क्षतिपूर्ति निर्धारणका लागि पेरोल अधिकृत नियुक्त गर्नसरकारलाई आदेश दिएको छ । त्यस्तै मुद्दा अनुसन्धान र अभियोजनकै क्रममा पीडकको आर्थिक अवस्था खुल्ने प्रतिवेदन पनि साथै राख्न आदेश दिएको छ ।

के थियो घटना ?

२०६८ चैत ९ गते एसएलसी परीक्षाको तयारीका लागि गेसपेपर किन्न बैतडीमा फोटो स्टुडियोमा गएकी पूजा बोहरा त्यसै स्टुडियोको सञ्चालक सागर भट्ट र उनका साथी अमरराज अवस्थीको सामूहिक बलात्कारको शिकार भएकी थिइन् । उनले आफूलाई बेहोस बनाउने सुई लगाई अचेत अवस्थामा सामूहिक बलात्कार गरेको भनी प्रहरीमा जाहेरी दिएकी थिइन्।अनलाइनखबरबाट।


प्रकाशित मिति: मंगलबार, मंसिर ३, २०७६  ०६:०६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल रेडक्रस सोसाइटीको विधान संशोधन सुझाव संकलन कार्यशाला सम्पन्न
नेपाल रेडक्रस सोसाइटीको विधान संशोधन सुझाव संकलन कार्यशाला सम्पन्न
नेपालगञ्ज उच्च अदालत बारको नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरणसँगै सपथ
नेपालगञ्ज उच्च अदालत बारको नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरणसँगै सपथ
'व्यस्त जीवनशैलीमा स्वास्थ्य सन्तुलनका लागि ध्यान अपरिहार्य'
'व्यस्त जीवनशैलीमा स्वास्थ्य सन्तुलनका लागि ध्यान अपरिहार्य'
पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, 'सतक रक्तदाता' जयसवाल सम्मानित
पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, 'सतक रक्तदाता' जयसवाल सम्मानित
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP