नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, माघ २४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • सीतापुर घटनाका मुख्य दोषीलाई उन्मुक्ति दिएको भन्दै बाँके कांग्रेसको घोर आपत्ति
सीतापुर घटनाका मुख्य दोषीलाई उन्मुक्ति दिएको भन्दै बाँके कांग्रेसको घोर आपत्ति
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, असोज ३०, २०७६ बागेश्वरी पोस्ट
सीतापुर घटनाका मुख्य दोषीलाई उन्मुक्ति दिएको भन्दै बाँके कांग्रेसको घोर आपत्ति
नेपाली कांग्रेस बाँकेको भवन

नेपालगन्ज । नेपाली कांग्रेस बाँकेले सीतापुर घटनाका मुख्य दोषीलाई छुट्कारा दिएको भन्दै आपत्ति जनाएको छ।

सीतापुर घटनामा घाइते हुनुभएकी नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइरालाका छोरा एवम् नेपाली कांग्रेस बाँकेका जिल्ला सदस्य शुधान्सु कोइरालाले खजुरा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष सुमन मल्ललाई मुख्य दोषी किटान गरी मल्लसहित १० जना विरुद्ध ज्यान मार्ने उद्योगको मुदा दर्ता गरेकोमा जिल्ला प्रहरी कार्यालय बाँकेले फितलो अनुसन्धान गरेर मुख्य दोषीलाई छुट्कारा दिएको भन्दै कांग्रेसले आपत्ति जनाएको हो ।

पार्टी सचिव कपिलदेव शर्माद्वारा विहिबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘जिल्ला प्रहरी कार्यालय बाँकेले कम्युनिष्ट सरकारको दवावको कारण फितलो अनुसन्धान गरी मुख्य दोषीलाई उन्मुक्ति दिने उद्देश्यले दर्ता गरेको जाहेरीको १ नम्वरमा नाम रहेका अन्यायी सुमन मल्लको नाम जिल्ला सरकारी वकिलको कार्यालयबाट प्रमाणको अभावमा मुद्दा चलाउन नसक्ने भनी प्रहरी प्रशासन, सरकारी वकिल कार्यालय र कम्युनिष्ट सरकारको मिलेमतोमा मुख्य दोषीलाई छुटकारा दिई अन्य व्यक्तिहरुलाई मात्र मुद्दा चलाएकोप्रति हाम्रो घोर आपत्ति छ ।’ राजनैतिक दवाव र घटनाको सत्यतथ्य जाँच नगरी एकतर्फीरुपमा सत्ताको दुरुपयोग गर्दै बाँके प्रहरी प्रमुखले पार्टी सभापति लगायत अन्य नेतालाई अभद्र रुपले फोन मार्फत् धम्क्याउने कोसिस गर्नु, सत्ताको आडमा जथाभावी गर्नु, मुख्य दोषीलाइ मुद्दा नचलाउनु, फितलो अनुसन्धान गर्नु, पीडितलाइ न्याय नदिनु जस्ता घृणित कार्यप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको कांग्रेसको विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेस बाँकेले मुख्य दोषीलाई कार्वाही र पीडितलाई न्यायका लागि सम्वन्धित सरोकारवाला निकाय र नेपाल सरकारसंग माग गरेको छ । आफ्नो मागको सुनुवाई नभए पुनः आन्दोलनको कार्यक्रम घोषणा गर्न बाध्य हुने कांग्रेसले चेतावनी दिएको छ । गत भाद्र २६ गते खजुरा गाँउपालिका वडा नम्बर २ सीतापुरस्थित नेपाल रेडक्रस सोसाइटीको सभाहलमा नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियान अन्तर्गत्को दोस्रो चरणको कार्यक्रमका क्रममा नेपाल कम्युनिष्ट पार्टीका स्थानीय स्तरका नेता तथा खजुरा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष मल्लको निर्देशनमा सोही वडाका सुनिल, मुम बहादुर वली, निर्मल खत्री लगायतले सभापति कोइरालाको हात भाँचिने गरी आक्रमण गरेको कांग्रेसले आरोप लगाएको छ ।


प्रकाशित मिति: बिहीबार, असोज ३०, २०७६  २०:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांग्रेसले कुनै पनि धर्म, समुदायमाथि विभेद गर्दैनः कोइराला 
कांग्रेसले कुनै पनि धर्म, समुदायमाथि विभेद गर्दैनः कोइराला 
'कांग्रेस जेन-जीको भावनालाई सम्बोधन गरेर देश निर्माणमा लगाउन चाहन्छ' : अमर सिंह पुन
'कांग्रेस जेन-जीको भावनालाई सम्बोधन गरेर देश निर्माणमा लगाउन चाहन्छ' : अमर सिंह पुन
महिलाहरूले निर्वाचनलाई अधिकार प्राप्तिको अवसर बनाउनुपर्दछः इश्तियाक राई
महिलाहरूले निर्वाचनलाई अधिकार प्राप्तिको अवसर बनाउनुपर्दछः इश्तियाक राई
राप्तीसोनारी पर्यापर्यटन र धार्मिक पर्यटनको सम्भावनायुक्त क्षेत्र होः गौडेल
राप्तीसोनारी पर्यापर्यटन र धार्मिक पर्यटनको सम्भावनायुक्त क्षेत्र होः गौडेल
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP