prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • विप्लवलाई पक्राउ गर्न गएको प्रहरीले उनका दाजुलाई समात्यो
विप्लवलाई पक्राउ गर्न गएको प्रहरीले उनका दाजुलाई समात्यो
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, असोज ३०, २०७६ बागेश्वरी पोस्ट
विप्लवलाई पक्राउ गर्न गएको प्रहरीले उनका दाजुलाई समात्यो

दाङ । नेत्रविक्रम चन्द विप्लवलाई पक्राउ गर्न भनी गएको प्रहरीले दाङमा उनका दाजु चन्द्रबहादुर चन्दसहित २१ जना नेता कार्यकर्तालाई पक्राउ गरेको थाहा भएको छ। ‘सरकारद्धारा प्रतिबन्धित पार्टीका महासचिव विप्लव दाङमै छन् भन्ने सूचना आएपछि प्रहरी गएको थियो,’ एक प्रहरी अधिकृतले भने, ‘तर, विप्लव फेला परेनन्। त्यहाँ उनका दाजु र अन्य नेताहरू रहेछन्।’प्रदेश प्रहरी ब्युरो तुलसीपुर, जिल्ला ब्युरो घोराही, गढवा प्रहरीको टोलीले घेरा हालेर उनीहरूलाई पक्राउ गरेको थियो। प्रहरी साढे ५ घन्टाजति पैदल हिडेर मात्रै उक्त स्थानमा पुगेको ती प्रहरी अधिकारीले बताए।

तर, बैठकस्थलमा भने विप्लव फेला परेका थिएनन्। ‘विप्लव त्यहाँ रहेको भन्ने जानकारी भएन, दाङमै रहेको भन्नेसम्म हुनसक्छ,’ पाँच नम्बर प्रदेश प्रहरी प्रमुख सुरेशविक्रम शाहले भने।

नेपाल–भारतको सीमा नाका राप्ती गाउँपालिका वडा नं। ४ स्थित ज्ञानेन्द्र वलीको रित्तो घरमा मिटिङ गरिरहेका विप्लवका नेता कार्यकर्तालाई गोप्य सूचनाको आधारमा बिहीबार बिहान १ बजेतिर छापा हानेर पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता विनोदविक्रम शाहले जानकारी दिए। यो क्षेत्रलाई विप्लवसहितका नेता-कार्यकर्ता बाक्लो आउजाउ गर्ने क्षेत्र मानिन्छ।

प्रहरीले पक्राउ परेका सबैलाई दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने बताए पनि पत्रकारलाई भने प्रहरीले कार्यालय प्रवेशमा रोक लगाएको थियो। डिउटीका प्रहरीले ‘आदेश छैन’ भन्दै पत्रकारलाई गेटभित्र प्रवेश गर्न दिएनन्।

प्रदेश नं ५ को प्रदेश प्रहरी कार्यालय दाङबाट प्रदेश प्रहरी प्रमुख डिआइजी सुरेशविक्रम शाह जिल्ला प्रहरी कार्यालय घोराही पुगेका थिए।

डिआइजी शाहले पक्राउ परेकाहरूले नाम र ठेगाना सही नभनेर गलत नाम र ठेगाना भन्दै ढाँटेको हुँदा सही जानकारी प्रहरीले समेत संकलन गर्न नसकेको जानकारी दिए। ‘पक्राउ परेकाहरूले सही नाम र ठेगाना भन्दै भन्दैनन्। उनीहरूको परिचय स्पष्ट नखुलेसम्म मैले जानकारी दिन सकिनँ,’ उनले भने।

केन्द्रीय प्रहरी प्रवक्ताले भने दाङमा पक्राउ परेका सबैको परिचय सञ्चारमाध्यममा सम्प्रेषण गराइसकेका छन्।

पक्राउ पर्ने विप्लवका केन्द्रीय नेता र राप्ती ब्युरो इञ्चार्जसहितका नेता कार्यकर्ता छन्। पक्राउ गरिएकाहरूलाई जिल्ला प्रहरी कार्यालय घोराही ल्याइएको छ।

पक्राउ पर्दा विप्लवका कार्यकर्ताहरू राप्ती गाउँपालिका वडा नं ४ स्थित ज्ञानेन्द्र वलीको घरमा बैठक बसिरहेका थिए। वलीको परिवार घरमा बस्दैन।

उनको घर रित्तै थियो। त्यही रित्तो घरमा विगत तीन दिनदेखि विप्लवका नेता कार्यकर्ताको बैठक बसिरहेको थाहा पाएर गोप्य सूचनाको आधारमा मध्यरातमा घेराहालेर उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

दस वर्षे माओवादी युद्धको समयमा दाङलाई माओवादीले मुख्य रुपमा उपयोग गरेको थियो। माओवादीका सबैजसो ठूला नेताहरू दाङमा नै बस्ने गरेका थिए।

दाङ र भारतबीचमा झन्डै ३८ किलोमिटर जंगल जोडिएको खुला सीमा छ। यही जंगलको बाटो प्रयोग गरेर माओवादीहरूले युद्धमा सहज रुपमा हातहतियार र विष्फोटक पदार्थ भित्र्याउने गरेका थिए।

विप्लवले पनि आफ्नो पार्टीको गठन दाङमै गरेका थिए। तुलसीपुर बजारमा रहेको एक सिनेमा हलमा दुई दिनसम्म भेला गरेर विप्लवले नयाँ पार्टी गठन गर्दै आफूलाई महासचिव घोषणा गरेका थिए।

रोल्पामा जन्मिएका विप्लव हाल बसाइँ सरेर कपिलवस्तुमा बस्दै आएका छन्। तर, अहिले पनि उनी अधिकांश समय दाङ र रोल्पाकै सेरोफेरोमा बस्दै आएको प्रहरीले दाबी गर्दै आएको छ। सेतोपाटीबाट साभार।


प्रकाशित मिति: बिहीबार, असोज ३०, २०७६  २२:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
काँग्रेस बाँकेले नेता कार्यकर्तालाई दक्ष बनाउन प्रशिक्षण दिने
काँग्रेस बाँकेले नेता कार्यकर्तालाई दक्ष बनाउन प्रशिक्षण दिने
वीपी कोइरालाको स्मृति दिवसको अवसरमा सरसफाई तथा वृक्षारोपण
वीपी कोइरालाको स्मृति दिवसको अवसरमा सरसफाई तथा वृक्षारोपण
वीपी स्मृति दिवसको अवसरमा सरसफाई
वीपी स्मृति दिवसको अवसरमा सरसफाई
४३औं वीपी स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम
४३औं वीपी स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP