prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • संस्थापन इतरलाई साझा उम्मेदवार छान्न दबाब, शेखर र प्रकाशमानबीच रस्साकस्सी
संस्थापन इतरलाई साझा उम्मेदवार छान्न दबाब, शेखर र प्रकाशमानबीच रस्साकस्सी
banijya office
छापाबाट
बुधबार, मंसिर २२, २०७८ छापाबाट
संस्थापन इतरलाई साझा उम्मेदवार छान्न दबाब, शेखर र प्रकाशमानबीच रस्साकस्सी

कांग्रेस सभापतिमा शेरबहादुर देउवाको प्रतिस्पर्धी को ? महाधिवेशन ढोकामै आइपुग्दा पनि अनिश्चय उस्तै छ । वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले ‘ससर्त’ दाबी छाडेका छन् । तर, शेखर कोइराला र प्रकाशमान सिंहबीच सहमति नभएसम्म पौडेल मिलनबिन्दु बन्ने सम्भावना पनि उत्तिकै बलियो छ ।

nepalgunj 081-082

मंगलबार साँझसम्म सिंह–निवास चाक्सीबारीमा भएको बैठकमा देउवाविरुद्ध एक जना मात्र उम्मेदवार नभएमा हार निश्चित हुनेमा सबै सहमत भएका छन् । तर, त्यो उम्मेदवार को हुने भन्ने निष्कर्ष भने बैठकले निकाल्न सकेन । वरिष्ठ नेता पौडेल र महामन्त्री शशांकले देउवाको प्रतिस्पर्धामा कोही एक जना मात्रै अघि बढ्ने भएमा आफूहरू पछि सर्ने प्रस्ताव सुनाएका छन् । ‘तपाईंहरू दुई जना (प्रकाशमान र शेखर) ले सहमति गरेर एक जना मात्रै आउनुहुन्छ भने मेरो आपत्ति छैन तर तपाईंहरूबीच सहमति हुँदैन भने मेरो नेतृत्वमा सबै अटाउनुहुन्छ, मलाई स्वीकार गर्नुहोस्,’ पौडेलको भनाइ उद्धृत गर्दै नेता रामकृष्ण यादवले भने ।

शशांकले पनि देउवासँगको प्रतिस्पर्धामा जित्न सक्ने आफू मात्र भएको दाबी गर्दै सहमतिका लागि भने बाधक नहुने बताएका थिए । ‘बलियो उम्मेदवार म हो भन्नेमा शंका छैन तर धेरै उम्मेदवार उठ्दा हारिन्छ, एक मात्र उठ्ने हो भने म जसलाई पनि सहयोग गर्छु,’ उनको भनाइ थियो । अब दुई मध्ये एकले दाबी छाड्ने कि पौडेललाई स्वीकार गर्ने भन्ने निर्णायक बिन्दुमा दुई नेता परेका छन् ।

मंगलबार सामूहिक बैठक सकिएपछि चार आकांक्षी र केही नेताबीच छुट्टै छलफल समेत भएको थियो । उनीहरूबीच राज्यका मुख्य पदहरू (राष्ट्रपति र प्रधानमन्त्री) को बाँडफाँट गरेर नेता व्यवस्थापन गर्नेसम्मका विषयमा छलफल भएका छन् । शेखर र प्रकाशमान दुवैले एक व्यक्ति एक पदको अवधारणा अघि सारेका छन् । दुवैले प्रधानमन्त्री र राष्ट्रपति पदमध्ये एकमा पौडेललाई व्यवस्थापन गर्न सकिने प्रस्ताव गर्दै आएका छन् । शेखरले आफू पार्टी सभापति भए प्रधानमन्त्री नबन्ने घोषणा सार्वजनिक रूपमै गरेका छन् । ‘व्यवस्थापन गर्न समस्या छैन । पौडेललाई प्रधानमन्त्री र प्रकाशमानलाई राष्ट्रपति बनाउने र शशांकलाई भावी सभापति बनाउने गरी व्यवस्थापन गर्न पनि सकिन्छ,’ उनी निकट एक केन्द्रीय सदस्यले भने ।

उता प्रकाशमानले पनि आफू सभापति भएमा प्रधानमन्त्री नहुने स्पष्ट पारेका छन् । ‘म सभापति हुन्छु, शेखर दालाई प्रधानमन्त्री हुनुहोस् भनेको छु । रामचन्द्र दाइलाई राष्ट्रपति बनाउन सकिन्छ । मिलाउने भनेकै पावर सेयरिङ गरेरै हो । पार्टी लथालिंग छ, मेरो ध्यान पार्टी बनाउनेमा हुन्छ भनेर दुवै जनालाई भनेको छु,’ उनले भने ।

साझा उम्मेदवार तय गर्ने विषयमा छलफल गर्न यो समूहको बैठक बुधबार पुनः बस्दैछ । ‘पार्टी जोगाउन विभिन्न कोणबाट छलफल गर्‍यौं । सबै छलफलको साझा निष्कर्ष के हो भने हामी एक ठाउँमा उभिएर अघि बढ्ने प्रण गरेका छौं,’ वरिष्ठ नेता पौडेलले भने, ‘हामी सहमति निकट छौं । बुधबार) साँझसम्म नै साझा उम्मेदवार तय गरेर अघि बढ्छौं ।’

नेता अर्जुननरसिंह केसीले पनि प्रकाशमान र शेखरबीच बुधबार साँझसम्म समझदारी हुने दाबी गरे । ‘अब सभापतिको साझा उम्मेदवार टुंगो लगाउने ठाउँमा आइपुगेका छौं, आजको बैठकले आशा जगाएको छ,’ उनले भने, ‘चार जनाबाट विषय अब दुई जनामा आएको छ, उहाँहरूबीच कुरा मिल्ना साथ साझा उम्मेदवार घोषणा गर्छौं । पदाधिकारी मिलाउन समस्या छैन ।’

यता सभापति देउवा पनि प्रतिस्पर्धी समूहबाट साझा उम्मेदवार बन्छन् कि बन्दैनन् भनेर व्यग्रतापूर्वक नियालिरहेका छन् । त्यसैले अहिलेसम्म देउवा पक्षले टिम घोषणा गरेको छैन । यद्यपि देउवाले आफ्नो पक्षको उम्मेदवार चयन गर्ने विषयमा बुधबार बिहान बैठक बोलाएका छन् ।

दुवै पक्षको ध्यान पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलातर्फ पनि छ । ‘संस्थापनइतर खेमामा साझा उम्मेदवार तय हुनासाथ सिटौला निर्णायक हुनेछन् । उहाँलाई जसरी पनि आफ्नो समूहमा ल्याउने कसरत सभापतिजीले गरिरहनुभएको छ,’ देउवा निकट एक नेताले भने, ‘मिलाउन सकेनौं भने प्रतिस्पर्धा अलिक पेचिलो हुनेछ ।’ सिटौला पनि पौडेल समूहबाट तय हुने साझा उम्मेदवारको प्रतीक्षामा छन् । उनी निकट एक नेताका अनुसार उनका लागि पौडेल–कोइराला पक्षबाट साझा उम्मेदवार को हुन्छ भन्ने मुख्य चासो उनले राखेका छन् ।

‘सिटौला समूहका धेरै नेता–कार्यकर्ता कोइराला समूहतर्फ नजिक छन् । उनीहरूको दबाब देउवासँग मिल्न हुन्न भन्नेमा छ । तर, भीमसेनदास प्रधान, शिव हुमागाईं सहितका केही नेताले भने देउवासँग मिल्न दबाब दिइरहेका छन्,’ सिटौला निकट स्रोतले भन्यो, ‘पौडेल पक्षबाट शेखर कोइराला नै उम्मेदवार हुन पक्का भए सिटौला समेटिन अलि सहज हुने देखिन्छ ।’ साझा उम्मेदवार दिने निर्णय गरेपछि मात्रै सिटौलासँग कुरा अघि बढाउने पौडेल पक्षले निष्कर्ष निकालेको छ ।

बुधबार पौडेल पक्षले आफ्नो बैठकमा नवनिर्वाचित र निवर्तमान जिल्ला सभापति, प्रदेश कार्यसमितिका निर्वाचित सभापति र पराजित उम्मेदवारलाई पनि सहभागी गराउने भएको छ । उनीहरूको धारणा बुझेपछि सिंह र कोइरालामा समझदारी जुटाउन प्रयास हुने नेता बलबहादुर केसीले बताए । ‘प्रकाशमानजीले रामचन्द्रजीलाई अभिभावक भएर बसिदिनुहोस्, म उपयुक्त उम्मेदवार हुँ भन्नुभएको छ । शेखरजीले एक पटक सबै साथीको धारणा बुझेर उहाँहरूको राय अनुसार निर्णयमा जाऔं भन्नुभएको छ,’ उनले भने, ‘त्यसैका लागि बुधबार बैठक बोलाइएको हो । अपराह्नसम्म साझा उम्मेदवार घोषणा गर्ने तयारीमा छौं ।’

मंगलबारको बैठकमा सबैजसो केन्द्रीय सदस्यले पार्टी र राज्यसत्ताको केन्द्रमा रहेका देउवासँग प्रतिस्पर्धा गर्न मंगलबार नै साझा उम्मेदवार तय गर्न दबाब दिएका थिए । ‘दुई जना उम्मेदवार हुन पाइँदैन, कुनै पनि हालतमा नेतृत्वदेखि तलसम्मको पदमा एउटै प्यानल बनाएर जानुपर्छ भनेर सबै केन्द्रीय सदस्यले दबाब दिएपछि नेताहरू गल्दै गएका हुन्,’ अर्का केन्द्रीय सदस्य यादवले भने, ‘यो टिमलाई एक बनाउने वा नबनाउने जिम्मा अब शेखर र प्रकाशमानजीको काँधमा आएको छ । बुधबार एक जनामा समझदारी बन्नेमा ढुक्क छौं ।’

संस्थापनइतर खेमाका युवा नेताले बुधबार अपराह्नसम्म साझा उम्मेदवार तय नगरे आफूहरूले एउटालाई नेतृत्व मानेर टिम घोषणा गर्ने चेतावनी दिएका थिए । ‘पार्टीको भावी सभापति, राष्ट्रपति, प्रधानमन्त्री जस्ता पदमा बाँडफाँट गरेर एक पद एक व्यक्तिको अवधारणाअनुसार सहमतिमा जान सकिन्छ, जसरी पनि व्यवस्थापन गरेर बुधबारसम्म साझा उम्मेदवार तय गर्नुहोस्, नत्र नेतृत्व एक जनालाई तोकेर हामीहरू अघि बढ्छौं भन्दै आएका छौं,’ युवा नेता गुरु घिमिरेले भने । घिमिरेले आफूहरूले निर्णय लिनुअघि नै नेताहरू मिल्ने दाबी गरे । ‘हामी सकभर त्यस्तो निर्णय लिने ठाउँमा नेताहरूलाई जान दिँदैनौं, जसरी पनि मिलाएर छाड्छौं,’ उनले भने, ‘पदाधिकारीमा मिलाउन हामीलाई समस्या छैन ।’ कान्तिपुर दैनिक


प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८  ०८:२४
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP