नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, साउन १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • सवै छारे रोग नियन्त्रण गर्न सकिन्छः न्युरो सर्जन डा.न्यौपाने
सवै छारे रोग नियन्त्रण गर्न सकिन्छः न्युरो सर्जन डा.न्यौपाने
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, फागुन २, २०७८ बागेश्वरी पोस्ट
सवै छारे रोग नियन्त्रण गर्न सकिन्छः न्युरो सर्जन डा.न्यौपाने

नेपालगन्ज । आज छारे रोग दिवस मनाइँदैछ । छारे रोगलाई चलनचल्तीको भाषामा 'मिर्गी' पनि भन्ने गरिन्छ । नेपाली समाजमा पनि छारे रोगका विरामी बढ्दो क्रममा छन् । तर, यो रोगको समयमै उपचार गरे नियन्त्रण गर्न र निको समेत बनाउन सकिने चिकित्सकहरु बताउँछन् । अन्तर्राष्ट्रिय छारे रोग दिवसका अवसरमा आज नेपालगञ्जमा छारे रोग सम्बन्धि साक्षात्कार कार्यक्रम गर्दै न्युरो सर्जन डा.जोशन न्यौपानेले समयमै उपचार गरे सबै छारे रोगहरु नियन्त्रण गर्न सकिने बताए । 

उनले भने-"२ देखि ३ बर्षसम्म औषधि सेवन गरेपछि यो रोग नियन्त्रण हुन्छ, त्यसपछि विस्तारै औषधिको मात्रा घटाएर निको पार्न सकिन्छ, त्यसैले रोग लुकाएर नबसौं, बेलैमा उपचार गर्नतर्फ लाग्नुपर्छ ।" उनले ५०औं पटकको जाँचमा पनि रोग नदेखिने जोखिम हुने बताउँदै सामान्य टोलाउनेदेखि बेहोस हुने अवस्थालाई छारे रोगको रुपमा बुझ्नुपर्ने बताए । टोलाउने, हात काँप्ने, बेहोस हुने सबै छारे रोगका प्रकारहरु हुन् । छारे रोग लागेपछि मानिस २ देखि ५ मिनेटसम्म बेहोस हुने उनले बताए । 

No description available.छारे रोग ठूलो जनस्वास्थ्य समस्याका रुपमा रहेकाले सबै मिलेर यसको नियन्त्रण र रोकथामका लागि गम्भीर बन्नुपर्ने डा.न्यौपानले बताए । "जीवनभर औषधि खानुपर्दछ भन्ने मान्यता गलत हो, रोग नियन्त्रणमा आएपछि विस्तारै औषधिको डोज घटाएर निको भएपछि औषघि खाइराख्नुपर्दैन," उनले भने-"धेरै विरामी औषधि खाएको २ देखि ३ बर्षमै सामान्य अवस्थामा फर्कनुभएको छ, त्यसपछि विस्तारै निको नै भएको अवस्था छ, भुलेर पनि यो रोग लाग्दा धामीझाँक्री वा जडिबुटी औषधि खानेतिर नलाग्नुस्, बेलैमा औषधि गरे रोग निको हुन्छ ।" 

ब्रेन ट्युमर, दिमागमा दाग, मस्तिष्कघात, टाउकोमा चोटपटक र अस्वस्थकर खाना, त्यसमा पनि सलाद, सागसब्जी काँचै खाने, पानी राम्रोसंग नउमालेर खाने बानीले यो रोगको जोखिम बढाउने डा.न्यौपानले बताउँछन् । टाउको वा दिमागमा चोटपटक लाग्न नदिन पनि विशेष होसियार बन्न उनको सुझाब छ । 

पछिल्लो समय दिमागमा नाम्ले किराको फुल एकदमै धरै भएको समस्या आफूले चेकजाँचका क्रममा पाएको बताउँदै उनले काँचै खाने चिजहरुको खानपानमा विशेष ध्यान दिन सुझाब दिएका छन् । छारे रोगलाई दिमागमा हुने एक प्रकारको 'इलेक्ट्रिक शक'को रुपमा अथ्र्याएका डा. न्यौपानले विश्वभर अहिले ५ प्रतिशत छारे रोगी भएको तथ्यांक सुनाए । छारेले अट्याक गरेको बेला छुनु हुँदैन भन्ने मान्यता विल्कुल गलत भएको बताउँदै उनले यो सरुवा रोग नभएको स्पष्ट पारे । 

औषधि सेवन गर्दा मानिसलाई केही सुस्त बनाउने भएपनि नियमित औषधि सेवनले रोग नियन्त्रण हुने भएकाले औषधि उपचार गर्न कञ्जुस्याइँ नगर्न उनले आग्रह गरे । छारे रोग लागेका व्यक्तिले विशेषतः पूरा निद्रा सुत्नुपर्ने, भिडभाडबाट टाढै रहनुपर्ने झिलिमिली उज्ज्यालोमा बस्न नहुने उनी बताउँछन् । नेपालगञ्ज न्युरो ट्रमा एण्ड मल्टीस्पेसियालिटी सेन्टरका प्रमुख डा. न्यौपानले आफूसंग अहिले ५-७ सय जना विरामी नियमित फलो अपमा रहेको बताए । 
No description available.


प्रकाशित मिति: सोमबार, फागुन २, २०७८  १३:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा रक्तसंचार सेवा दिवस मनाइयो
बाँकेमा रक्तसंचार सेवा दिवस मनाइयो
भेरी अस्पतालले मनायो १३६औं बार्षिकोत्सब
भेरी अस्पतालले मनायो १३६औं बार्षिकोत्सब
राप्तीसोनारी अस्पतालमा भदौ १ देखि विशेषज्ञ सेवा र सिजेरियन सेवा सञ्चालन हुँदै
राप्तीसोनारी अस्पतालमा भदौ १ देखि विशेषज्ञ सेवा र सिजेरियन सेवा सञ्चालन हुँदै
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP