नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • जाजरकोटबासीको गुनासो- पानी दिए भोट दिन्छौ..
जाजरकोटबासीको गुनासो- पानी दिए भोट दिन्छौ..
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, कात्तिक २, २०७६ बागेश्वरी पोस्ट
जाजरकोटबासीको गुनासो- पानी दिए भोट दिन्छौ..

जाजरकोट। छेडागाड नगरपालिका–१३ का बद्री राना ५१ वर्ष पुगे।उनले जान्ने भएदेखि खार गाउँमा पिउने पानीको माग हुँदै आएको थियो।प्रत्येक पटक चुनावमा भोट माग्न घरदैलोमा आउने नेताले भेरी नदीबाट एक घण्टा लगाएर बोकेर ल्याएको पानी पिउँदै यहाँ पानीको व्यवस्था गर्ने वचन दिएका थिए। नेताका ती वचन कहिल्यै पूरा नभएपछि आजभोलि जसले खानेपानीको लागि पहल गर्छु भने पनि बद्री रानालाई आश नै लाग्न छाडिसकेको छ। ‘सबैले काम गर्छौं भने, तर अहिलेसम्म कसैले केही गरेनन्, हाम्रो पानीको सहारा यही मुख्य भेरी नदी हो, आश मरिसकेको छ’ उनले भने।

उनीजस्तै अर्का स्थानीयवासी सविन राना भन्छन्, ‘भेरी नदीबाट पानी बोकेर पिउन थालेको आफू जान्ने भएदेखि हो, मेरो हजुरबाले पनि यहीको पानी बोकेर दैनिकी चलाएका हुन्, हामी पनि त्यही गर्छौं।’दिनहुँ बिहानदेखि बेलुकासम्म पानी बोक्न नै समय जाने गरेको नौ वर्षीया बालिका जानकी राना बताउँछिन् । विद्यालय पढ्न गएपछि मात्र पानी बोक्न छुट्छ, नत्र दैनिक पानी बोक्नुपर्ने हाम्रो बाध्यता भएको जानकीको भनाइ छ।

छेडागाड नगरपालिकाका प्रमुख लालबहादुर महतरा र प्रदेशसभा सदस्य करवीर शाही, हालका वडाध्यक्ष मोतीलाल खत्रीले चुनाव लड्ने समयमा पानी ल्याउँछु भनेर भोट लिएको भए पनि अहिलेसम्म त्यो वाचा पूरा नगरेको स्थानीयवासीको भनाइ छ।

गाउँलेको एउटै स्वर छ– अब जसले पहिला पानी दिन्छ, उसैलाई भोट दिन्छौं। पहिले पानी अनि भोट ।

सांसद, मन्त्रीसम्म हिँड्ने त्यो बाटोमा पानीको समस्याबारेमा जानकार हुँदाहुँदै पनि उधारो आसपास मात्र दिने गरेको स्थानीयवासीको दुखेसो छ।हिउँद् याममा भेरी नदीमा पानी सफा देखिने भएकाले पिउन खासै समस्या हुँदैन, वर्षायाममा धमिलो पानी पिउँदा वर्षेनी यहाँका गाउँले पानीजन्य रोगले बिरामी हुने गरेको स्थानीयवासी झुपे रानाले बताए। ३२ घरधुरी बस्ने यो ठाउँमा सबैभन्दा ठूलो समस्या भनेकै पानीको रहेको छ।

स्थानीय पिपलतरा खोलाबाट पानी ल्याएर पिउनका लागि आफूहरुसँग बजेट नभएकाले समस्या भएको झुपेले बताए। लाखौँ रकम बजेट कहाँबाट ल्याएर हाम्रो बस्तीमा पानी खाउँ रु झुपेले प्रश्न गरे। खानेपानीकै समस्या हुने यस गाउँमा शौचालय, पशु चौपायलाई कसरी पानी उपलब्ध गराउन सकिन्छरु स्थानीयवासीको एकै प्रश्न रहेको छ। पानीको अभावले गदाए यहाँ कृषि र पशुपालन पनि राम्रो हुन सकेको छैन।

स्थानीय रनबहादुर रानाले भने, ‘जग्गा, जमीन, घर सबै छ तर पानी छैन, बाध्यताले पानीकै लागि यो ठाउँ छाड्नुपर्ने बाध्यता आइलाग्दै छ।’ अब अर्को चुनावसम्म पानी नदिने नेतालाई भोट नदिनेसम्म हुनसक्ने स्थानीयवासी बताउँछन्।

छेडागाड नगरपालिकाका निर्मित प्रशासकीय अधिकृत झलक केसीले सो ठाउँमा छिट्टै खानेपानीको व्यवस्थापन गरिने बताए। ‘१४ किलोमिटर टाढाबाट पानी ल्याउनुपर्ने तर जनसङ्ख्या कम भएकाले समस्य हुँदै आएको थियो अब हामी हेल्भिटास नेपालको सहकार्यमा खार गाउँमा पानी ल्याउने भनेर प्राविधिक डिजाइनको काम सकिएको छ, अन्य काम छिट्टै हुनेछ’ उनले भने।

खर्च बढी लाग्ने जनसङ्ख्या कम भएकाले अहिलेसम्म खार गाउँमा कसैको पनि खानेपानीको योजना प्राथमिकतामा नपारेको उनले बताए। अब स्थानीय सरकारले सहकार्यको माध्यमबाट सो गाउँमा पानीको व्यवस्थापन गर्ने उनले बताए।


प्रकाशित मिति: शनिबार, कात्तिक २, २०७६  २३:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP