Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज १, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • जानकीमा पिच सडक निर्माणमा अनियमितताको आशंका, छानविनको माग
जानकीमा पिच सडक निर्माणमा अनियमितताको आशंका, छानविनको माग
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, माघ ९, २०७९ बागेश्वरी पोस्ट
जानकीमा पिच सडक निर्माणमा अनियमितताको आशंका, छानविनको माग

रविन्द्र घिमिरे/जानकी (बाँके) ।  बाँकेको जानकी गाउँपालिका वडा नम्बर ४ मा निर्माण भएको पिच सडक गुणस्तहिन रहेको स्थानीयले आरोप लगाएका छन् । गिजरादेखि लैनपुर हुँदै कृषि तालिम केन्द्रसम्मको पिच सडक र नाली निर्माण गर्दा निर्माण कम्पनीले चरम अनियमितता गरेको भन्दै स्थानीयले छानविनको माग गरेका छन् । 

सडक निर्माणको काम सम्पन्न भएको केही समयमै सडकको छेउँतिर उप्किदै गएपछि स्थानीयले अनियमितताको आशंका गर्दै छानविनको माग गरेका हुन् । सडक निर्माणको जिम्मा मैटहवा साइमन प्रालिले पाएको थियो । २०७८ पुस ९ मा ठेक्का सम्झौता भएको उक्त सडक २०७९ असाढ ३ गतेसम्म सक्ने समयावधि थियो  । भ्याटसहित ६० लाख इस्टिमेट रकममध्ये मैटहवा साइमनले भ्याट बाहेक २७ लाख ३६ हजार १५ रुपैयाँ ८० पैसामा ठेक्का पारेको थियो । 

ठेकेदार र फिल्डमा खटिएका इन्जिनियरको कमीकमजोरीले नै कमसल सडक बनेको स्थानीयहरु बताउँछन् । कमसल खालको निर्माण सामग्रीको प्रयोग र पैसाको चलखेलका कारण गुणस्तरहिन सडक बनेको आरोप स्थानीयबासीको छ । स्थानीयबासी रिता वर्माले ठेकेदार र इन्जिनियरको मिलेमतोमा गुणस्तरहिन बाटो बनेको आरोप लगाउँछिन् । पैसा कमाउने चलखेलले गुणस्तरहिन बाटो बनाइएको बर्माको जिकिर छ । अर्का स्थानीय हरिराम यादव सडक पटक पटक नबनाइने हुँदा गुणस्तरमा कुनै सम्झौता गर्न नहुने भएपनि बाटोको अवस्था हेर्दा बदमासी भएको देखिएको दाबी गर्छन् । स्थानीय गंगा पुनले पनि ठेकेदार र इन्जिनियरको कमीकमजोरी देखिएको बताइन् । 

दुई साता अघि मात्रै निर्माण सम्पन्न भएको पिच सडक कमसल क्वालिटीको नभएको गाउँपालिकाका इन्जिनियर प्रजेश आलेको दाबी छ । लागत अनुमानमा जस्तो स्टिमेटमा थियो, सोही अनुसार निर्माण कार्य भएको उनको भनाई छ । उनले सडकको केही ठाउँमा घाँस उम्रेको, पिच फुटेको र केही ठाउँमा दबेको भने स्वयम् स्वीकार गरेका छन् । "एकाध ठाउँमा जहाँ विजुलीको खम्बाहरु थियो, खम्बाको छेउँमा तारहरु थियो, त्यहाँ पिच हालिसकेपछि रोलिंग गर्न नमिलेर कतै घाँस उम्रेको जस्तो देखिएको छ," उनले भने-"एउटा ठाउँमा अगाडितिर अलिकति बेस च्यापिएर कालोपत्रे दबेको छ, त्यो हामीले निर्माण कम्पनीलाई गर्न भनिसकेका छौं ।" 

निर्माण सम्पन्न भएको पिच सडक र नाली अनुगमन गर्न पुगेकी गाउँपालिका उपाध्यक्ष रामप्यारी यादवले पिच सडक फुटेको, उप्केको र केही ठाउँमा घाँस उम्रेको देखिएको बताइन् । "सडक फुटेको देखिएको छ, हातले चलाउँदा उप्किरहेको छ," उनले भनिन्-"यसमा ठेकेदारको कमजोरी देखिएको छ । म ठकेदार त होइन, इन्जिनियर पनि त होइन, मलाई अरु थाहा हुने कुरो भएन तर बाटो राम्रो हुनुपर्यो ।" कमिसन खाएर पिच सडक कमसल क्वालिटीको बनाएको आरोप समेत उपाध्यक्ष यादवले लगाएकी छन् ।


प्रकाशित मिति: सोमबार, माघ ९, २०७९  २१:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा,  कान्जीहाउसमा व्यवस्थापन
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा, कान्जीहाउसमा व्यवस्थापन
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP