नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, वैशाख २७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • स्थानीय पालिकाहरुसंग सहकार्य गर्दै प्रेस युनियन बाँके
स्थानीय पालिकाहरुसंग सहकार्य गर्दै प्रेस युनियन बाँके
बागेश्वरी पोस्ट
सोमबार, मंसिर १८, २०८० बागेश्वरी पोस्ट
स्थानीय पालिकाहरुसंग सहकार्य गर्दै प्रेस युनियन बाँके

नेपालगन्ज । नेपाल प्रेस युनियन बाँकेले स्थानीय तहले हासिल गरेका उपलब्धि, सम्भावना र चुनौतिहरुको समिक्षा गर्न स्थानीय निकायसँग अन्तरक्रिया सुरु गरेको छ । आइतबार प्रेस युनियन बाँकेले पहिलोपटक बाँकेको राप्तीसोनारी गाउँपालिकामा अन्तरक्रिया गरेको छ । नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा भएको अन्तरक्रियामा पालिकाका अध्यक्ष, उपाध्यक्ष, पत्रकार, प्रमुख प्रशासकीय अधिकृत, विषयगत शाखा प्रमुखहरुको सहभागिता रहेको थियो । प्रेस युनियन बाँकेका उपाध्यक्ष कमल खत्रीले सहजीकरण गरेको अन्तरक्रियामा स्थानीय निकाय निर्माण गरेका योजना, समस्याहरुको बारेमा छलफल गर्दै पालिकाले हासिल गरेका उपलब्धिसँग स्थानीय जनतालाई जोड्दै पालिकाका सम्भावनालाई उजागर गर्ने प्रयास गरिएको थियो । अन्तरक्रियामा राप्तीसोनारी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले दोश्रो कार्यकालको डेढ वर्षमा भएका उपलब्धि, सम्भावना र सामना गरिरहेका चुनौतिहरुको बारेमा जानकारी गराएका थिए । राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले पालिकाभित्र जनताका आवश्यकतालाई मध्यनजर गर्दै काम गरिरहेको बताए । उनले भने, ‘गाउँपालिकामा हामीले दुई वटा शाखाहरु बिस्तार गरेका छौं । कृषि सहकारी शाखा र न्यायिक समिति । कृषि बिकास रणनीति तयार गरिएको छ । भुमिमा भु–उपयोग योजना पारित गरिएको छ । राप्ती सोनारी गाउँपालिकाको आवधिक योजना छ । भवन मापदण्ड संहिता, सडक गुरु योजनासंगै औद्योगिक ग्रामको पनि स्थापना गरी विषयगत कामहरु भकरहेका छन् । राप्तीसोनारी गाउँपालिका प्रसुति गृह निर्माण र १५ सैयाको सुबिधा सम्पन्न अस्पताल निर्माणको क्रममा छ । जसको संचालनछि राप्तीसोनारी गाउँपालिकामा सहज स्वास्थ्य सेवा प्रवाह हुनेछ ।’

पौडेलले अगाडी भने, ‘राप्तीसोनारी गाउँपालिका बाँकेकै सबैभन्दा धेरै धान उत्पादन हुने पालिका हो । त्यसैले पालिकामा कृषि क्षेत्रमा गत वर्ष भन्दा यो वर्ष धेरै लगानी गरिएको छ ।’ संघ र प्रदेशले स्थानीय तहसँग समन्वय नगर्दा र दक्ष जनशक्ति पूर्वाधारको आवश्यकता हुँदा काम गर्नमा कठिनाई भएको अध्यक्ष पौडेलको अनुभव छ । गाउँपालिकामा शिक्षक व्यवस्थापनमा कठिनाई भएको छ । स्थानीय पाठ्यक्रम लागू भएको पहिलो पालिका राप्तीसोनारी गाउँपालिकामा नेपाली, सामाजिक, स्वास्थ्य जस्ता विषयका शिक्षक सजिलै पाउन सकिन्छ भने गणित र विज्ञान विषका शिक्षक पाउन मुस्किल हुने गरेको उनको भनाई छ ।

गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारुले आफू निर्वाचित भएर आइसकेपछि आफ्नो जिम्मेवारी तथा विकास निर्माणका कामहरु अगाडि बढाएको बताइन् । उनले भनिन्, ‘उपाध्यक्षको संयोजकत्वमा थुप्रै समूह तथा समिति गठन भएका छन् । तिनै समितिमा रहेर आफ्नो पद अनुसारको जिम्मेवारी पूरा गर्ने प्रयास गरेको छु ।’ न्यायिक समिति संयोजक, सहकारी संयोजक अनुगमन संयोजक लगायत अन्य समूह तथा समितिमा आफ्नो जिम्मेवारी भएको र त्यही काम गरिरहेको उनले बताइन् ।

अन्तरक्रियामा प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले स्थानीय जनताको चेतनाको स्तरलाई माथि उठाउन जरुरी रहेको बताए । उनले भने, ‘हामीले मान्छेको विकास गर्न खोजिरहेका छौं तर स्थानीय नागरिकहरू बाटो निर्माणको माग राख्नुहुन्छ । स्थानीय तहको विकास हुन मान्छेको विकास हुनुपर्छ । हाम्रो आफ्नै चरित्र हुन्छ जुन एक अर्कासंग मिल्न सकिरहेको हुँदैन । यसले गर्दा काममा असहज हुने गर्छ । अहिले पनि पालिकाको बजेट पूर्वाधारकै क्षेत्रमा खर्च भइरहेको छ ।’


तर, पालिकाले सामाजिक क्षेत्रमा खर्च गर्नुपर्ने देखिएको उनी बताउँछन् । मिडियामार्फत पत्रकारको लेखाईबाट जनताले सेवा पाउनुको साथै जनप्रतिनिधि र कर्मचारीलाई मार्गदर्शन मिल्नुपर्ने सुझाव प्रमुख प्रशासकीय अधिकृत देवकोटले दिए । पत्रकारले सम्बन्धित व्यक्तिबाट सूचना माग्नुपर्ने र तथ्य सहितको पत्रकारितालाई जोड दिनुपर्ने उनको भनाई थियो । अन्तरक्रियामा प्रेस युनियन बाँकेका पदाधिकारी, कार्यसमिति सदस्यसहित विभिन्न शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  २०:५८
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जानकी गाउँपालिकामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध अभिमुखीकरण
जानकी गाउँपालिकामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध अभिमुखीकरण
कोहलपुर नगरपालिकाले मनायो १२औं स्थापना दिवस
कोहलपुर नगरपालिकाले मनायो १२औं स्थापना दिवस
बालबालिका तथा अभिभावकलाई लागुऔषध विरुद्धको चेतनामूलक अभिमुखीकरण
बालबालिका तथा अभिभावकलाई लागुऔषध विरुद्धको चेतनामूलक अभिमुखीकरण
सेनेटरी प्याड बनाउन सिक्दै नेपालगन्जका मुस्लिम महिला
सेनेटरी प्याड बनाउन सिक्दै नेपालगन्जका मुस्लिम महिला
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP