नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
विश्व
  • गृहपृष्ठ
  • विश्व
  • भयावह दुर्घटनामा युरोपको माल्टामा नेपाली युवाको मृत्यु
भयावह दुर्घटनामा युरोपको माल्टामा नेपाली युवाको मृत्यु
बागेश्वरी पोस्ट
शुक्रबार, फागुन ६, २०७८ बागेश्वरी पोस्ट
भयावह दुर्घटनामा युरोपको माल्टामा नेपाली युवाको मृत्यु

माल्टा । युरोपको पर्यटकीय क्षेत्र माल्टामा रोजगारीका सिलसिलामा पुगेका नेपाली युवा अजय श्रेष्ठको सडक दुर्घटनामा परी निधन भएको छ । फुड डेलिभरीको काम गर्ने गरेका श्रेष्ठको फेब्रुअरी १६ का दिन विहान कामको सिलसिलामा स्कूटरमा फुड डेलिभरी गर्ने क्रममै दुर्घटना भएको थियो ।  समाचारअनुसार, उनको घटनास्थलमै मृत्यु भएको थियो ।

नेपालको नेपालगञ्ज स्थायी घर भएको २६ बर्षीय युवा श्रेष्ठ माल्टामा वल्ड नामक फुड डेलिभरी कम्पनीमा कार्यरत थिए । सो कम्पनीको एपमा खानाको अर्डर आउने र एपबाटै काम स्वीकार गरी तयारी खानामा अर्डरकर्ताको घर पुर्‍याउने काम श्रेष्ठले गर्दै आएका थिए ।

विहान सवा ११ बजेतिर खाना खाने समयमा डेलिभरीको काममा निस्केका उनलाई माल्टाको अल्डो मोरो स्ट्रीटमा विपरीत दिशाबाट आएको एउटा ट्रकले दुर्घटना गराएको थियो । विपरीत दिशाबाट आएको ट्रक अनियन्त्रित भई रोड क्रस बारमा ठोक्किएको र विजुलीको पोल ठल्दा सो पोलले लागेर स्कूटरमा रहेका श्रेष्ठको मृत्यु भएको थियो ।

घटनापछि घटनास्थल पुगेका गैरआवासीय नेपाली संघ माल्टाका बरिष्ठ उपाध्यक्ष नविन गिरीले डिसी नेपाललाई दिएको जानकारी अनुसार, उनलाई उद्दार गरी तत्काल अस्पताल लगिए पनि डाक्टरले मृत घोषणा गरेका थिए ।

तीन वर्ष अघि रोजगारीका लागि नेपालबाट माल्टा पुगेका श्रेष्ठले भयावह सडक दुर्घटनमा परेर ज्यान गुमाएपछि गैरआवासीय नेपाली संघले उनको पार्थिव शरीरलाई नेपाल पठाउने गरी काम शुरु गरेको छ । माल्टामा दूतावास नभएकोले बेलायतको लण्डनस्थित नेपाली दूतावाससंग समन्वय शुरु गरिएको छ ।

उनको रोजगारदाता कम्पनीसंग समेत प्रारम्भिक कुराकानी एनआरएनएले गरेको छ । श्रेष्ठको पार्थिव शरीरलाई परिवारजन समक्ष नेपाल पुर्‍याउन र आवश्यक काम गर्न एनआरएनएले अध्यक्ष भुवन अर्यालको संयोजकत्वमा रेम्स खनाल, सन्देश केसी, सत्या झा र शंकर खत्री रहेको ५ सदस्यीय समिति पनि गठन गरेको छ ।

यो समितिले मृतक श्रेष्ठको कम्पनीसँग पनि संयोजन गरी उनले पाउने कुनै रकम भए त्यसबारे पनि पहल गर्ने छ भने तत्काल उनको पार्थिव शरीरलाई नेपाल पठाउन आवश्यक पर्ने रकम समुदायबाट संकलनको पहल गर्नेछ । 

यति भयावह दुर्घटनामा नेपालीको मृत्यु भएको विषय नेपाली समुदाय माल्टाका धेरै बर्षयता नभएकोले सो समितिले कानुनी परामर्शसमेत गरेर क्षतिपूर्ति लगायतको कामका लागि पनि संयोजन गर्ने भएको छ । मृतक श्रेष्ठका दाजु हाल माल्टामै रहेको बताइएको छ ।

दुवईबाट उनी एक साता अघि मात्र भाइ बस्ने गरेको माल्टामा कामका लागि पुगेका थिए । एनआरएनए माल्टाले श्रेष्ठको दुर्घटनामा परी निधन भएकोमा उनको आत्माको शान्तिको कामना गर्दै उनको पार्थिव शरीर राखिएको स्थानीय अस्पतालमा दीप प्रज्वलन गरेको छ ।

स्थानीय अखवार माल्टा टुडेले लेखेको समाचार अनुसार, करिव ५०० जना नेपालीहरु सो दीप प्रज्वलनमा सहभागी भई स्वर्गीय श्रेष्ठको आत्मा शान्तिको कामना गरेका थिए ।
No description available.


प्रकाशित मिति: शुक्रबार, फागुन ६, २०७८  ०७:१३
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP