Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, जेठ २६, २०८० युनिकोड पुरानो वेबसाइट
Logo
sanskriti media 1
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • यही आर्थिक वर्षमा कोहलपुरमा बन्दैछन् १४ वटा विद्यालय भवनहरु
यही आर्थिक वर्षमा कोहलपुरमा बन्दैछन् १४ वटा विद्यालय भवनहरु
बागेश्वरी पोस्ट
सोमबार, जेठ १, २०८० बागेश्वरी पोस्ट
यही आर्थिक वर्षमा कोहलपुरमा बन्दैछन् १४ वटा विद्यालय भवनहरु

नेपालगन्ज । शिक्षालाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको कोहलपुर नगरपालिकाले चालू आर्थिक वर्षमा एकै पटक १४ वटा विद्यालयका भवन निर्माण गरिरहेको छ । 

दुई वटा विद्यालयका भवन निर्माण सम्पन्न भइसकेका छन् भने अरु १२ वटा विद्यालयको भवन निर्माणाधीन अवस्थामा रहेको कोहलपुर नगर शिक्षा तथा खेलकुद शाखाका अधिकृत रविलाल मिजारले जानकारी दिए । ती भवनहरु विशेष अनुदान, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, मुख्य मन्त्री शैक्षिक सुधार कार्यक्रम र नगरपालिकाले शिक्षा समन्वय र विल्डन नेपालसँगको सहयोगमा निर्माण गरिरहेको पनि मिजारले बताए ।

कोहलपुर नगरपालिका–४ मा रहेको सगरमाथा ज्ञानपुञ्ज माविको ४ कोठे र कोहलपुर नगरपालिका–१४ मा रहेको राधाकृष्ण प्राथमिक विद्यालयको २ कोठे भवनको निर्माण कार्य भने पूरा भइसकेको छ । यस्तै कोहलपुर–१५ स्थित नेपाल राष्ट्रिय आभारभूत विद्यालय चन्नहवाको २ कोठे, चटारको ३ कोठे र नेपाल आधारभूत विद्यालय चौधरियाको २ कोठे, कोहलपुर–१४ स्थित सृजना बाल प्राविको ३ कोठे र  हवलदारपुरस्थित राम माध्यामिक विद्यालयको ४ कोठे, कोहलपुर–१ को जन ज्ञानज्योति माविको ४ कोठे र कृष्ण माविको ४  कोठे भवनको निर्माण कार्य भइरहेको छ ।

त्यसैगरी कोहलपुर–१० स्थित ज्ञानज्योति माविको ४ कोठे, कोहलपुर–२ स्थित लक्ष्मी माविको ८ कोठे, कोहलपुर–५ को सिद्धार्थ माविको ४ कोठे र कोहलपुर–९ को जनज्योति आधारभूत विद्यालयको ४ कोठे भवनको निर्माण कार्य पनि भइरहेको छ । कतिपय विद्यालयका भवनहरु जीर्ण अवस्थामा रहेका र कतिपय विद्यालयमा विद्यार्थीको चापको अनुपातमा भवन अभाव देखिएकाले आवश्यकता आधारमा भवन निर्माण भइरहेको शाखा प्रमुख राम बहादुर हमालले बताए । 

विद्यालयको भौतिक पूर्वाधार सुधारसँगै जनशक्ति अभावलाई पनि नगरपालिकाले टार्ने प्रयास गरेको छ । शिक्षक अभाव भएका विद्यालयमा आवश्यकताका आधारमा नगरपालिकाले अनुदानमा ४१ जना शिक्षक राखेको छ ।  ‘सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि भौतिक संरचनाले पनि ठूलो प्रभाव पार्छ उनले भने–‘कम्तिमा पनि विद्यार्थीहरुले ढुक्क भएर पढ्न सक्ने संरचना हुन आवश्यक छ ।’

कोहलपुर नगरपालिकाले शिक्षालाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको भन्दै नगर प्रमुख पूर्ण प्रसाद आचार्यले शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न योजना बनाएर काम गरिरहेको जानकारी दिए । उनले कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम निर्माण भइसकेको र कक्षा १ देखि ३ सम्म पाठ्यपुस्तक पनि तयार भइसकेको जानकारी दिए ।

सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि मेरो विद्यालय मेरो जिम्मेवारीसम्मका कार्यक्रम लागू गरिएको भन्दै उनले शिक्षण स्वयमसेवक परिचालन गर्ने योजना रहेको समेत सुनाए । अहिले कोहलपुरका सम्पूर्ण सामुदायिक विद्यालय इन्टरनेटको पहुँचमा रहेको पनि बताए । ‘कुनै पनि विद्यालयमा अव हातले चिठी लेख्नु पर्ने अवस्था छैन उनले भने–‘विद्यालयलाई प्रविधिसँग जोड्ने हाम्रो अधिकतम प्रयास भइरहेको छ ।’

कोहलपुर नगरपालिकाले चालू आर्थिक वर्षमा शिक्षामा ६ करोड ३५ लाख बजेट विनियोजन गरेको छ । यस्तै सर्शत अनुदान तर्फ २१ करोड र मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ७० लाख बजेट रहेको कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जानकारी दिए । कोहलपुरमा ३० वटा सामुदायिक विद्यालय छन् भने ५६ वटा संस्थागत विद्यालय रहेका छन् ।


प्रकाशित मिति: सोमबार, जेठ १, २०८०, १४:२३:००
nepalgunj metro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विदेश अध्ययनमा जाने विद्यार्थीले पाउने मुद्रा सहटी सुविधाको कर बढ्यो
विदेश अध्ययनमा जाने विद्यार्थीले पाउने मुद्रा सहटी सुविधाको कर बढ्यो
देशमा रोजगारी सिर्जना गर्ने खालको शिक्षा आवश्यक: परराष्ट्रमन्त्री
देशमा रोजगारी सिर्जना गर्ने खालको शिक्षा आवश्यक: परराष्ट्रमन्त्री
रोल्पाको सामुदायिक विद्यालयमा धान्ने नसक्ने गरी विद्यार्थीको चाप
रोल्पाको सामुदायिक विद्यालयमा धान्ने नसक्ने गरी विद्यार्थीको चाप
कोहलपुरमा त्रिवि क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयको भवन शिलान्यास
कोहलपुरमा त्रिवि क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयको भवन शिलान्यास
sadak division sub metro 1
rapti-2
निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119
[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©BageshworiPost : Online News Portal-2023 All rights reserved.
Site by: SoftNEP