नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
विज्ञान-प्रबिधि
  • गृहपृष्ठ
  • विज्ञान-प्रबिधि
  • आजदेखि एमडीएमएस लागू, सुरुमा महँगा मोबाइलको ‘नेटवर्क लक’ हुँदै
आजदेखि एमडीएमएस लागू, सुरुमा महँगा मोबाइलको ‘नेटवर्क लक’ हुँदै
बागेश्वरी पोस्ट
सोमबार, कात्तिक २०, २०८० बागेश्वरी पोस्ट
आजदेखि एमडीएमएस लागू, सुरुमा महँगा मोबाइलको ‘नेटवर्क लक’ हुँदै

काठमाडौँ । आजदेखि नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गर्ने भएको छ । 

अवैध मोबाइल नियन्त्रण गर्ने उद्देश्यकासाथ लामो समयदेखि सञ्चालनको घोषणा गरिएको भए पनि अवैध मोबाइल दर्ता गर्न अन्तिम समय दिएसँगै प्राधिकरणले आजदेखि एमडीएमएस लागू गर्ने भएको हो । 

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालका अनुसार पहिलो चरणमा प्रणालीमा दर्ता नभएका महँगा मोबाइलको ‘नेटवर्क लक’ गरेर यो प्रणाली कार्यान्वयनमा आउने भएको छ ।   

उनले आज बेलुकीदेखि पहिलो दिन एक हजार मोबाइल लक गरेर हेर्ने जनाए । उनले भने, ‘हामीले गर्न त सबै अवैध मोबाइल लक गर्न सक्छौँ । तर, पहिलो दिन एक लाख भन्दा माथिका एक हजार मोबाइल लक गरेर हेर्छौँ ।’

उनले केही दिन एक हजारका दरले नै मोबाइलको नेटवर्क बन्द गर्दै जाने बताए । यसले कस्तो परिणाम दिन्छ सोही अनुसार अगाडि बढ्ने पनि उनको भनाई रहेको छ । 

गत वर्ष असोज १ देखि परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको यो प्रणालीलाई प्राधिकरणले त्यसको एक वर्षपछि सञ्चालन गर्न लागेको हो । 

प्रणालीमा दर्ता नभएका मोबाइलको नेटवर्क लक गर्न सेवाप्रदायकलाई जानकारी गराइसकिएको खनालले बताए । 

प्राधिकरणले एमडीएमएस लागू गर्नु पूर्व कार्तिक ४ गते सार्वजनिक सूचना जारी गरेर १५ दिनभित्र दर्ता गरिसक्न आग्रह गरेको थियो । 

त्यसअघि पनि प्राधिकरणले बारम्बार एमडीएमएस प्रणालीमा मोबाइल दर्ता गराउन सार्वजनिक सूचना जारी गरेको थियो । 

अध्यक्ष खनालका अनुसार दर्ता नभएका अवैध मोबाइल लाखौँको संख्यामा रहेका छन् । उनले विस्तारै सबै अवैध मोबाइलको नेटवर्क बन्द गर्दै जाने बताए । 

प्राधिकरणले गत वर्ष भदौ मसान्तसम्म प्रयोगमा रहेका जुनसुकै मोबाइललाई आफ्नो प्रणालीमा स्वतः दर्ता गरिसकेको छ । तर, त्यसपछि आएका धेरै मोबाइल दर्ता नभएकाले त्यस्ता सेट सञ्चालनमा रोक लगाइने जनाएको छ । 

प्राधिकरणका अनुसार गत वर्ष असोज यता नेपाल भित्रिएका करिब २० लाख व्यक्तिगत मोबाइल सेट यो प्रणालीमा दर्ता छैनन् । 

बजारमा अवैध मोबाइल समेत खुलेआम बिक्री भएको जनाउँदै प्राधिकरणले मोबाइल आयातकर्ता र बिक्रेतालाई पनि मोबाइल आयात गर्नुअघि अनिवार्यरूपमा प्राधिकरणमा स्वीकृति लिएर दर्ता गर्न आग्रह गरेको छ । 

सरकारको नीतिमा भर पर्ने 

बजारमा अवैध मोबाइल खरिद हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै प्राधिकरणले मोबाइल खरिद पूर्व त्यसको आइएमइआई दर्तापूर्व प्रणालीमा दर्ता भए–नभएको यकिन गर्न पनि आग्रह गरेको छ । 

एमडीएमएस लागू गर्नुको प्रमुख उद्देश्य नै अवैध रुपमा मोबाइल नचलुन् भन्ने हो । प्राधिकरणका अध्यक्ष खनाल सरकारलाई कर नतिरिकन महँगा मोबाइल चल्नु गलत भएको भन्दै आफूहरुको उद्देश्य त्यस्ता अवैध मोबाइलको कर तिरेर दर्ता भएपछि राज्यलाई पनि फाइदा हुने बताए । 

सरकारले भने अहिलेसम्म कुनै निर्णय लिइसकेको छैन । तसर्थ अबको नीति भने सरकारको कदममा भर पर्छ । 

अध्यक्ष खनाल भन्छन्, ‘अवैध मोबाइल सबै बन्द गर्न सकिन्छ । हाम्रो उद्देश्य ट्याक्स उठोस् भन्ने हो । अब सरकार कसरी अगाडि बढ्छ उसमा भर पर्ने कुरा हो ।’

उनी अगाडि भन्छन्, ‘अहिले एक हजारको दरमा छ । हामी पाँच सात दिन प्राक्टिकल्ली हेर्छौँ त्यसपछि सबै बन्द गर्छौँ । बन्द गर्ने कुरामा सरकारसँग सरोकार भएन, पूर्ण सञ्चालन गर्ने विषयमा भने सरकारको नीतिमा भर पर्छ ।’

उपभोक्ताले के गर्न सक्छन् ?

एमडीएमएस प्रणालीका लागि प्राधिकरणले सञ्चालनमा ल्याएको ( mdms.nta.gov.np) मा गएर मोबाइल दर्ता भए–नभएको हेर्न सकिन्छ । 

व्यक्तिगत रूपमा विदेशबाट ल्याइएका मोबाइल पनि यसैमार्फत दर्ता गर्न सकिन्छ । 

व्यक्तिगत मोबाइल दर्ताका लागि भन्सार घोषणासहितको प्रज्ञापनपत्र सोही वेबसाइटमा अपलोड गर्नुपर्नेछ । 

यसरी अपलोड गरेपछि प्राधिकरणले छानबिन प्रक्रिया पूरा गरी दर्ता गरिदिनेछ । 

प्राधिकरणले दर्ता प्रक्रियालाई पूर्णरूपमा अनलाइन र निःशुल्क गरेको पनि जनाएको छ । 

 


प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १०:२५
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘क्यान इन्फोटेक २०२५’ समापन
‘क्यान इन्फोटेक २०२५’ समापन
नेपालगञ्जमा  ‘क्यान इन्फोटेक २०२५’ हुँदै
नेपालगञ्जमा ‘क्यान इन्फोटेक २०२५’ हुँदै
सरकार टिकटकमाथिको प्रतिबन्ध खोल्ने गृहकार्यमा
आजसम्म टिकटक बन्द नगरे ५५ ईन्टरनेट सेवाको लाइसेन्स खारेज गर्ने चेतावनी
आजसम्म टिकटक बन्द नगरे ५५ ईन्टरनेट सेवाको लाइसेन्स खारेज गर्ने चेतावनी
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP