Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, माघ १५, २०७९ युनिकोड पुरानो वेबसाइट
Logo
sanskriti media 1
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अन्तर्वार्ता
  • गृहपृष्ठ
  • अन्तर्वार्ता
  • वडाले सिफारिस गरेका क्रियाशील सदस्यता इन्ट्री नगर्नु क्षेत्रीय सभापतिको राजनीतिक अपराध होः सचिव पौडेल
वडाले सिफारिस गरेका क्रियाशील सदस्यता इन्ट्री नगर्नु क्षेत्रीय सभापतिको राजनीतिक अपराध होः सचिव पौडेल
Vianet
बागेश्वरी पोस्ट
मंगलबार, असार ८, २०७८ बागेश्वरी पोस्ट
वडाले सिफारिस गरेका क्रियाशील सदस्यता इन्ट्री नगर्नु क्षेत्रीय सभापतिको राजनीतिक अपराध होः सचिव पौडेल

नेपाली कांग्रेसको १४औं महाधिवेशन निकै नजिक छ । महाधिवेशनको सरगर्मी बढ्न थालेको छ । समयमै महाधिवेशन गर्न नसक्दा अब संवैधानिक संकटमै फस्ने परिस्थिति बनेपछि भदौ १६ देखि १९ गतेसम्म तय गरिएको महाधिवेशन नगरी कांग्रेसलाई सुखै छैन । तर, नयाँ क्रियाशील सदस्यताको विवाद भने निकै पेचिलो बनेको छ । अधिकांश जिल्लामा विवाद छ । नयाँ सदस्यता पाउने आशामा बसेका कांग्रेसजन गुटको कोपभाजनमा पर्दा सदस्यताबाट बञ्चित हुनुपर्ने परिस्थिति निर्माण भएको छ । बाँके जिल्लामा पनि धेरै विवाद छ । त्यसमा पनि क्षेत्र नम्बर १ मा तीब्र राजनीतिक दाउपेच देखिन्छ । कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रित रहेर अब हामी निरन्तर संवाद गर्नेछौं । आजको बागेश्वरी संवादमा हामी जिल्लामा देखिएको क्रियाशील सदस्यता विवादका विषयमा नेपाली कांग्रेस बाँकेका पार्टी जिल्ला सचिव तप्त पौडेलसंग संवाद गर्दैछौं । प्रस्तुत छ, सचिव पौडेलसंग बागेश्वरी पोष्टका प्रधान सम्पादक नवीन गिरीले गरेको कुराकानीको सम्पादित अंश

कांग्रेसको १४ औं महाधिवेशन संघारमा छ, महाधिवेशनको माहोलले सबैतिर छोपिसकेको छ, बाँके जिल्लामा के छ तयारी ?

नेपाली कांग्रेसको महाधिवेशनको प्रक्रिया अब सुरुवात भएको छ । कार्यतालिकाहरु पनि प्रकाशित भएको छ  । कोभिड महामारी र बाढी पहिरोको विपद्का बीच अधिवेशन हुन्छ/हुँदैन भन्ने अन्योल भइरहेका बेला अहिले पछिल्लो कार्यतालिका आएको छ । अब तयारीका सन्दर्भमा कुरा गर्दा क्रियाशील सदस्यहरुको नवीकरण गर्ने र नयाँ क्रियाशील सदस्यता इन्ट्री गर्ने काम सकिएको छ । अब क्रियाशील सदस्यता छानविन समिति समक्ष आएका उजुरीहरुलाई समितिले टुंगो लगायो भने महाधिवेशनको प्रक्रिया शुरु हुन्छ ।

क्रियाशील सदस्यता विवादबाट बाँके पनि अछुतो छैन, सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणमा किन भाँडभैलो भएको हो ?

अब यो सदस्यता नवीकरण गर्ने विषयमा भाँडभैलो हुने भन्ने कुरा त रहेन । जसले यसअघि सदस्यता पाउनुभयो, उहाँहरुले कांग्रेसको विधान र प्रक्रिया बमोजिम नवीकरण गर्ने हो । नयाँ इन्ट्री गर्ने कुराहरुमा भने बाँके जिल्लामा व्यापक विवाद देखिएको छ । त्यसमा पनि क्षेत्र नम्बर १ मा क्षेत्रीय सभापतिले मनपरी ढंगले काम गर्नुभएको छ । त्यसैकारण धेरै विवाद छ ।

तपाईंले प्रतिनिधित्व गर्ने भूगोल—क्षेत्र नम्बर १ मा त झन चर्को विवाद देखिन्छ, वडाले सिफारिस गरेका नाम नै काटिएको छ भन्ने छ, यहाँले भन्नुभयो—क्षेत्रीय सभापतिले मनपरी गर्नुभएको छ, खासमा के हो सत्यता ? के भएको हो त्यहाँ ?

नेपाली कांग्रेसको जुन लोकतान्त्रिक संस्कार छ, लोकतान्त्रिक पद्धति छ, चरित्र छ, त्यसलाई भताभुंग पारेर नितान्त पार्टी संगठन कब्जा गरेर पार्टीको नेता बन्ने चाहना, जसलाई हामी अलोकतान्त्रिक कदम भन्छौ, यो चरित्रको प्रस्तुति गर्नुभएको हो उहाँले । अब रह्यो अर्को कुरा मेरो भूगोल पनि त्यही क्षेत्र हो । म पनि त्यही भूगोलबाट आउँछु । तर, अहिले मलाई भन्न पनि लाज लागिरहेको छ—बाँकेको क्षेत्र नम्बर १ मा वडा कार्यसमितिबाट आएका नामहरु इन्ट्री भएका छैनन्, जुन नामहरु समय भन्दा पहिले नै वडा कार्यसमितिबाट पालिका र प्रदेश कार्यसमिति हुँदै क्षेत्रीय कार्यसमितिसम्म पुगिसकेका नामहरु हुन्, उहाँले व्यक्तिगत पूर्वाग्रह राखेर इन्ट्री गर्नुभएन । यो नियतबश आफूसंग अलिकति असहमत भएका र व्यक्तिगत तुषका कारण उहाँले पार्टी कब्जा गर्ने नियतले यसो गर्नुभएको हो ।

उसो भए नयाँ सदस्यता पाउने व्यक्तिहरु गुटको कोपभाजनमा परे भन्न मिल्छ ?

अवश्य पनि । अब के छ भन्दा नेपाली कांग्रेसको विधान बमोजिम नयाँ क्रियाशील सदस्यताका लागि आवेदन गर्ने हो । नयाँ क्रियाशील सदस्यता आवेदन गर्नका निमित्त वडा कार्यसमितिको भेला बसेर वडाले पालिकामा पठाउने र पालिकाले प्रदेशमा पठाउने हो । प्रदेशले जे नाम पठाएको छ, त्यसलाई क्षेत्रमा पठाउने हो । त्यसपछि क्षेत्रले इन्ट्री गर्ने हो । तर, कसैले मैले पाएन वा कोही साथीहरुको नाम छुट्न गएको छ भने पनि ती साथीहरुको भावनलाई ध्यानमा राखेर गाउँपालिका स्तरीय र नगरपालिका स्तरीय सभापतिहरुले निज व्यक्तिहरुलाई किन छोडेको भनेर वडालाई प्रश्न गर्ने ठाउँ छ । अब क्रियाशील सदस्यताको आवेदन फाराम महिनौं दिनसम्म आफूसंग राखेर व्यक्तिगत ढंगले बाँड्ने, संख्या कम गर्ने, आवश्यक संख्या नदिने, नेपाली कांग्रेसको केन्द्रिय परिपत्र बमोजिम नभई विधान भन्दा बाहिर रहेर काम गर्ने उद्देश्य भयो भने त पक्कै पनि नियतबश गरिएको हो भन्ने लाग्छ र यो नियतबश गरिएको काम एउटा राजनीतिक अपराध हो । यो राजनीतिक अपराध क्षम्य नहुने अपराध हो । यो नितान्त पार्टी कब्जा गर्ने नियतले भएको छ । त्यसकारण गुटको कोपभाजनमा परेका छन् भन्नुस् । आफूसंग असहमत भएका साथीहरुको नाम काट्नु, टिपेक्स लगाउनु भनेको त अपराधै हो नि त ।

त्यस्ता समस्या भए जिल्लामा प्रारम्भिक क्रियाशील सदस्यता छानविन समिति छ, केन्द्रमा केन्द्रिय छानविन समिति छ, त्यहाँ उजुरी दिन सकिन्छ नि... हैन र ?

बाँकेको क्षेत्र नम्बर २ र ३ मा त्यस्ता किसिमका उजुरीहरु आएनन् । ३ नम्बर क्षेत्रका सन्दर्भमा भने एउटा पालिकाको प्राविधिक कारणले नाम छुट्न गएका कारणले त्यहाँको क्षेत्रीय कार्यसमितिले आवेदन दिएको छ । बाँके जिल्लाको क्षेत्र नम्बर १ मा ३० वटा वडाहरु छन् । कोहलपुर नगरपालिका, नरैनापुर गाउँपालिका र राप्तीसोनारी गाउँपालिका गरी ३ वटा पालिका छन् । अधिकांश पालिकाका अधिकांश वडा कार्यसमितिका विवादहरु जिल्लाको प्रारम्भिक क्रियाशील सदस्यता छानविन समितिमा आए । आएका उजुरीहरुलाई समयमै प्रारम्भिक क्रियाशील सदस्यता छानविन समितिले बुथ सभापतिहरुसंग सम्पर्क समन्वय गरी संवादका माध्यमबाट मिलाउने पर्यत्न ग¥यो । कोहलपुर नगरपालिका वडा नम्बर ८ को विषयलाई लिएर अनि नरैनापुर गाउँपालिकामा १, २, ३ र ५ नम्बर वडाका करिब १५० भन्दा बढी संख्याका क्रियाशील सदस्यहरुले आवेदन दिनुभएको छ । ती साथीहरुले विधान बमोजिम पैसा पनि बुझाइसक्नुभएको छ । वडा, पालिका र प्रदेशले पनि समयमै निर्णय गरेर बैशाखको ५/७ गते नै क्षेत्रीय कार्यसमितिमा बुझाइसकेको अवस्थामा पनि जेठ २५ गतेसम्म समयावधिका कारणले मैले इन्ट्री गर्न सकेन भन्नु लज्जास्पद कुरा हो । अर्को कुरा कोहलपुरको ८, १० र १२ नम्बर वडाको पनि उहाँले समयावधि भन्दा पहिले नै बुझिसक्नुभएको छ, तर इन्ट्री गर्नुभएन । यसमा व्यक्तिगत दुराशय देखिन्छ । अनि इन्ट्री गरेका नाममा वडाले एउटा नाम पठाएको छ तर ती नाममा टिपेक्स लगाइएर अर्कै नाम राखिएको छ । उनीहरुको फाराम भेटिन्छ तर, नाममा टिपेक्स लगाइनु भनेको ठूलो अपराध हो । यस्ता किसिमका विवादहरुलाई जिल्लाको प्रारम्भिक क्रियाशील सदस्यता छानविन समितिले प्रमाणका आधारमा निर्णय गरेर केन्द्रमा पठाइसकेको
छ, निर्णय प्रतिलिपीहरु ।

तपाईं त जिल्लाको सचिव पनि हो, संगठनको प्रमुखका हिसाबले विवाद समाधानका लागि खासगरी वडाले सिफारिस गरेका नाम नै इन्ट्री नगरेको विषयलाई सम्बोधन गर्न के पहल गर्दैै हुनुहुन्छ ?

नेपाली कांग्रेसको विधानले नयाँ आवेदन दिनेहरुको इन्ट्री गर्ने जिम्मा क्षेत्रीय कार्यसमितिलाई दियो । नवीकरण गर्ने जिम्मेवारी जिल्लालाई दियो । जिल्लामा हामीले नवीकरण गर्दा समयमै पटक पटक क्षेत्रीय सभापतिहरुसंग सम्पर्क ग¥यो, समन्वय ग¥यौं । २ र ३ नम्बर क्षेत्रका क्षेत्रीय सभापतिहरुले समयमै दिनुभयो । १ नम्बर क्षेत्रको साथीहरुले अब के कारणले हो, समयमा नदिँदा खेरी केन्द्रिय छानविन समितिका संयोजकज्यूसंग सम्पर्क र समन्वय गरेर १३ औं महाधिवेशनमा भाग लिएका क्रियाशील सदस्यहरुको आधार र कोहलपुर नगरपालिका र अन्य पालिकाका साथीहरुको निर्णयको प्रतिलिपीका आधारमा ग¥यौं । हामीले तल्लो तहको सिफारिसलाई आधार मानेर ग¥यौं । तर, त्यसमा पनि केही कमी कमजोरी छ भने असार ६ गतेसम्म आवेदन दिएर त्यसलाई सच्याउन सकिने समय थियो । तर, नयाँ आवेदन दिने साथीहरुको इन्ट्री नै नगरिदिनु भनेको अपराध हो । करिब ४/५ सय साथीहरुको इन्ट्री भएको छैन । नेपाली कांग्रेसको विधानले सतप्रतिशत क्रियाशील सदस्यता बाँड्ने कुरा गरेको छ, त्यसमा २/३ प्रतिशत बढ्नु स्वभाविक हो । कुनै वडालाई संगठनको संरचनामै परिवर्तन गर्ने, संगठन नै कब्जा गर्ने उद्देश्यले त्यो संगठनमा त्यहाँ संख्या भन्दा त्यहाँको वडा सभापतिले निर्णय नै नगरेको र फाराममा हस्ताक्षर नै नगरेको ठाउँमा त्यहाँ क्षेत्रमा आएर फाराम वितरण गर्नु, इन्ट्री गर्नु भनेको त्यो राजनीतिक अपराध हो । त्यसकारण अब म बाँके जिल्लाको सचिव भएर के गर्ने ? साथीहरुले अपराध गर्नुहुन्छ अनि त्यसको जिम्मेवारी मैले कसरी लिन ?

अब यो विवाद कहिलेसम्म टुंगो लाग्ला त ?

अब क्रियाशील सदस्यता छानविन समितिले असार २० गतेसम्म नामावली टुंग्याएर २४ गतेसम्म केन्द्रिय सभापति समक्ष नामावली पेश गर्ने र सभापतिज्यूले हस्ताक्षर गर्ने कार्यतालिका छ । अब यो केन्द्रमै उजुरी परेकाले केन्द्रले छिट्टै नै टुंग्याउला भन्ने अपेक्षा गरौं ।

क्रियाशील सदस्यता नवीकरणमा मृत्यु भएका, पार्टी छोडेका मान्छे समेत छन्, यो कसरी भयो ?

मैले तपाईंलाई प्रारम्भमै भनें—समयमै क्रियाशील सदस्यता नवीकरण नगर्ने, जिल्लालाई समयमै नबुझाइदिँदा १३ औं महाधिवेशनका साथीभाईहरु नछुटुन्, यो एउटा पर्व हो, पाँच बर्षमा अधिवेशन आउने, आफ्नो नेतृत्व छान्ने, संगठनमा सुधार गर्ने, संगठनलाई जीवन्त राख्ने, यो ऐतिहासिक पर्वमा साथीहरुको सक्रिय सहभागिता रहोस् भन्ने उद्देश्यले र नेपाली कांग्रेसको विधान बमोजिम पार्टीले कारवाही गरेको, पार्टी परित्याग गरेका, मृत्यु भएका, पार्टीको विद्रोही भएर उम्मेदवारी दिएका र प्रस्तावक तथा समर्थक बसेका बाहेकका साथीहरुको नवीकरण गर्दा अलिकति उदारता राखिदिनु भन्ने भएकाले क्षेत्रबाट जसरी नामावली आयो, त्यही ढंगले नवीकरण भएको हो । त्यसमा त्यति धेरै संख्यामा त्यस्तो समस्या छ जस्तो लाग्दैन । अब केही त्रुटि भएको छ भने त्यसलाई सच्याउन सकिन्छ ।

अब अन्त्यमा, जिल्ला अधिवेशन निकै सन्निकट छ, तपाईं अहिले सचिव पनि हुनुहुन्छ, तपाईंको आकांक्षा सभापतिमा होला भनेर धेरैले अनुमान गरेका छन्, के छ तपाईंको तयारी ?

मैले नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीति शुरु गरेको हुँ । १६/१७ बर्षको उमेरदेखि निरन्तर म नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघ हुँदै नेपाली कांग्रेसको पार्टी राजनीतिमा सक्रिय छु । सभापतिका लागि म योग्य उम्मेदवार हो । तँ योग्य होइनस् भनेर मलाई कसैले भन्न सक्दैन । मैले मेरा साथीभाईहरुको चित्त दुःखाएको छैन । पार्टीका निम्ति निकै अनुशासित भएर मैले जुन भूमिका गरेको छु, यो सबैले देख्नुभएकै छ । मैले कुनै गलत गरेको छैन । तर, पार्टी बलियो हुने, पार्टी संगठन सक्रिय हुने भन्ने कुराहरुमा निर्वाचित जनप्रतिनिधिदेखि लिएर पार्टीका साधारण सदस्य, क्रियाशील सदस्य र पार्टीलाई माया गर्ने सबै साथीभाईहरुको सक्रिय सहभागिताबाट निर्माण हुने कुरा हो । यसरी निर्माण हुने कुराहरुमा पार्टी सचिवको भूमिकामा म सफल छु । म यस बिषयमा बहस गर्न पनि तयार छु । म सभापतिका लागि योग्य उम्मेदवार हो । अबको १४ औं महाधिवेशनमा कसरी सक्रिय सहभागिता जनाउने र आफ्नो भूमिका कसरी बढाउने भन्ने विषयमा साथीभाईहरुसंग पनि सल्लाह र छलफल गर्दैछु ।


प्रकाशित मिति: मंगलबार, असार ८, २०७८, १६:१५:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
क्षेत्रीय सभापतिको पार्टी कब्जा गर्ने बद्नियतले समस्या बढेको हो : गिरी
क्षेत्रीय सभापतिको पार्टी कब्जा गर्ने बद्नियतले समस्या बढेको हो : गिरी
शुल्क नबुझाएका र प्रक्रिया नपुगेका नामहरु इन्ट्री नगरेको हो : क्षेत्रीय सभापति खत्री
शुल्क नबुझाएका र प्रक्रिया नपुगेका नामहरु इन्ट्री नगरेको हो : क्षेत्रीय सभापति खत्री
माधव नेपाल समूहकै कारण चुनावमा जानु परेको हो:  पार्वत गुरुङ
माधव नेपाल समूहकै कारण चुनावमा जानु परेको हो: पार्वत गुरुङ
निर्मला पन्तका हत्यारालाई कारवाहीको दायरामा ल्याउन निरन्तर अनुसन्धान जारी छ
निर्मला पन्तका हत्यारालाई कारवाहीको दायरामा ल्याउन निरन्तर अनुसन्धान जारी छ
Jana Swasthya Office narainapur 101
narainapur 102
निर्वाचन-२०७९
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद बागेश्वरी पोस्ट
समानुपातिकतर्फ लुम्बिनी प्रदेशसभामा बाँकेबाट ९ जनाको प्रतिनिधित्व
समानुपातिकतर्फ लुम्बिनी प्रदेशसभामा बाँकेबाट ९ जनाको प्रतिनिधित्व बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119
[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©BageshworiPost : Online News Portal-2023 All rights reserved.
Site by: SoftNEP