Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ २५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • सिद्धार्थ विद्या सदनद्वारा बाढीपीडितका लागि १ लाख सहयोग
सिद्धार्थ विद्या सदनद्वारा बाढीपीडितका लागि १ लाख सहयोग
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, भदौ २४, २०८३ बागेश्वरी पोस्ट
सिद्धार्थ विद्या सदनद्वारा बाढीपीडितका लागि १ लाख सहयोग

नेपालगञ्ज । नेपालगञ्ज-६ स्थित सिद्धार्थ विद्या सदन स्कुलले भोटेकोशी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख २ हजार ६ सय ५७ रुपैयाँ सहयोग गरेको छ ।

विद्यालयले शिक्षक, विद्यार्थी तथा विद्यालय परिवारबाट स्वस्फूर्त रूपमा संकलन गरेको उक्त रकम बुधबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न प्याब्सन बाँकेलाई हस्तान्तरण गरेको हो ।

विद्यालयका अध्यक्ष धिरज सिंह थापाले सहयोग रकम प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यलाई हस्तान्तरण गरेका हुन् । रकम हस्तान्तरण कार्यक्रममा विद्यालयका शिक्षक तथा प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम संकलन गरिएको विद्यालयका प्रधानाध्यापक प्रविण गिरीले बताए ।

उनका अनुसार विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै मानवीय सहयोगमा विद्यालय परिवारलाई सहभागी गराउने उद्देश्यले शिक्षक तथा विद्यार्थीको पहलमा रकम संकलन गरिएको हो ।

“बाढीपीडितको दुःखमा विद्यालय परिवारले पनि आफ्नो तर्फबाट सकेको सहयोग गर्नुपर्छ भन्ने भावनाका साथ रकम संकलन गरेका हौँ,” प्रधानाध्यापक गिरीले भने, “सानो भए पनि हाम्रो सहयोग प्रभावित परिवारको राहत र पुनःस्थापनामा उपयोगी हुने विश्वास लिएका छौँ।”

विद्यालयले विपद्का बेला विद्यार्थीमा सामाजिक उत्तरदायित्व, मानवीय संवेदना र सहयोगको भावना विकास गर्न समेत यस्ता अभियानले महत्वपूर्ण भूमिका खेल्ने जनाएको छ ।

प्याब्सन बाँकेका अध्यक्ष बज्राचार्यले बाढीपीडितका लागि विद्यालयले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै संकलित रकम सम्बन्धित कोषमा जम्मा गरिने बताए । उनले विपद्को समयमा निजी विद्यालय तथा शैक्षिक क्षेत्रबाट भइरहेको सहयोगले राहत तथा पुनःस्थापनाको अभियानमा थप योगदान पुग्ने उल्लेख गरे ।


प्रकाशित मिति: बुधबार, भदौ २४, २०८३  २०:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्याब्सन बाँकेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख बढी सहयोग पठाउँदै
प्याब्सन बाँकेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख बढी सहयोग पठाउँदै
सिद्धार्थ विद्या सदनद्वारा बाढीपीडितका लागि १ लाख सहयोग
सिद्धार्थ विद्या सदनद्वारा बाढीपीडितका लागि १ लाख सहयोग
भोटेकोशी बाढीपीडितलाई प्रभात स्कूलका शिक्षक र कर्मचारीको एक दिनको तलब
भोटेकोशी बाढीपीडितलाई प्रभात स्कूलका शिक्षक र कर्मचारीको एक दिनको तलब
मोहम्मद जयन्तीमा बुधबार नेपालगन्जका विद्यालयमा विदा
मोहम्मद जयन्तीमा बुधबार नेपालगन्जका विद्यालयमा विदा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP