Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ २५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • प्याब्सन बाँकेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख बढी सहयोग पठाउँदै
प्याब्सन बाँकेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख बढी सहयोग पठाउँदै
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, भदौ २४, २०८३ बागेश्वरी पोस्ट
प्याब्सन बाँकेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख बढी सहयोग पठाउँदै

नेपालगञ्ज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बाँकेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ भन्दा बढी सहयोग रकम पठाउने भएको छ ।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले प्याब्सन बाँकेमा आबद्ध जिल्लाभरका विद्यालयबाट संकलन गरिएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न लागिएको हो ।

संकलित रकम प्याब्सन केन्द्रमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यले जानकारी दिए । उनका अनुसार जिल्लाका प्याब्सन आबद्ध विद्यालयहरूले स्वस्फूर्त रूपमा संकलन गरेको राहत रकम एकीकृत गरी केन्द्रमार्फत कोषमा पठाउन लागिएको हो ।

सहयोग रकमको औपचारिक घोषणा बिहीबार नेपालगञ्जमा पत्रकार सम्मेलनमार्फत गरिने भएको छ । प्याब्सन बाँकेका कोषाध्यक्ष प्रवीण गिरीका अनुसार बिहीबार दिउँसो २ बजे नेपालगञ्जस्थित सुनाखरी रेष्टुरेन्टमा पत्रकार सम्मेलन आयोजना गरी संकलित रकम सार्वजनिक गरिनेछ ।

बाढीबाट ठूलो जनधनको क्षति भएको अवस्थामा पीडित परिवारको राहत तथा पुनःस्थापनामा आफ्नो क्षेत्रबाट सहयोग पुर्‍याउने उद्देश्यले विद्यालयहरूलाई सहयोग संकलनका लागि आह्वान गरिएको प्याब्सन बाँकेले जनाएको छ ।

पत्रकार सम्मेलनमा सहयोग रकमको कुल विवरणसहित रकम संकलनमा सहभागी विद्यालय तथा सहयोगसम्बन्धी थप विवरण सार्वजनिक गरिने प्याब्सन बाँकेले जनाएको छ ।


प्रकाशित मिति: बुधबार, भदौ २४, २०८३  २१:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्याब्सन बाँकेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख बढी सहयोग पठाउँदै
प्याब्सन बाँकेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख बढी सहयोग पठाउँदै
सिद्धार्थ विद्या सदनद्वारा बाढीपीडितका लागि १ लाख सहयोग
सिद्धार्थ विद्या सदनद्वारा बाढीपीडितका लागि १ लाख सहयोग
भोटेकोशी बाढीपीडितलाई प्रभात स्कूलका शिक्षक र कर्मचारीको एक दिनको तलब
भोटेकोशी बाढीपीडितलाई प्रभात स्कूलका शिक्षक र कर्मचारीको एक दिनको तलब
मोहम्मद जयन्तीमा बुधबार नेपालगन्जका विद्यालयमा विदा
मोहम्मद जयन्तीमा बुधबार नेपालगन्जका विद्यालयमा विदा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP