नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
पत्रपत्रिकामा
  • गृहपृष्ठ
  • पत्रपत्रिकामा
  • कालापानीमा भारतीय फौजको परेड, बालुवाटारमा ‘रअ’ प्रमुखलाई स्वागत
कालापानीमा भारतीय फौजको परेड, बालुवाटारमा ‘रअ’ प्रमुखलाई स्वागत
छापाबाट
शुक्रबार, कात्तिक ७, २०७७ छापाबाट
कालापानीमा भारतीय फौजको परेड, बालुवाटारमा ‘रअ’ प्रमुखलाई स्वागत

नेपालगन्ज । राष्ट्रियताको विषयमा नेपाल र भारतबीच कूटनीतिक र राजनीतिक वार्ताको प्रतीक्षा भइरहेको वेला अचानक गुप्तचर प्रमुखको ‘इन्ट्री’ ले देशभक्त नेपालीको मन कुँडिएको छ ।

नेपालका प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीसँग, मन्त्रीले मन्त्रीसँग संवाद गर्नुपर्नेमा भारतको जासुसी संस्थाका प्रमुख सीधै नेपाल आएर प्रधानमन्त्रीसँग मध्यरातसम्म वार्ता गरेका छन् । यसले कूटनीतिक मर्यादा र देशको स्वाभिमान ध्वस्त बनाएको भन्दै सत्तापक्ष र प्रतिपक्षका नेताहरूले कडा विरोध जनाएका छन् ।

प्रधानमन्त्री केपी ओली र ‘रअ’ प्रमुख सामन्तकुमार गोयलबीचको भेटवार्ताको योजना दुई साता अगाडिबाट भएको स्रोतको दाबी छ । स्रोतका अनुसार दुई साताअघि ‘रअ’का डेपुटी प्रमुख नेपाल आएर प्रधानमन्त्री ओलीसँग भेटेका थिए ।

उनी पनि प्रधानमन्त्रीकै चाहनामा नेपाल आएका थिए । भेटमा प्रधानमन्त्री ओलीले ‘तपाईंको प्रमुखसँग भेट्न चाहन्छु’ भन्ने प्रस्ताव गरेका थिए । उनले दिल्ली गएर यसबारे थप छलफल गर्ने बताएका थिए । नेपालका प्रधामन्त्रीले नै भेट्न चाहेका छन् भनेपछि ‘रअ’ प्रमुख वायुसेनाको जहाज चढेर दलबलसहित काठमाडौं आएका हुन् ।

छिमेकी देशको आन्तरिक राजनीतिमा जासुसी र हस्तक्षेप गर्ने भनेर बदनाम भारतीय गुप्तचर संस्था ‘रिसर्च एन्ड एनालाइसिस विङ’ (रअ)का प्रमुख सामन्तकुमार गोयलको टोली बुधबार नेपाल आएको थियो । भारतीय वायुसेनाको ‘आइएफसी ४६२०’ उडानबाट बुधबार अपराह्न १ बजे काठमाडौं अवरण गरेका गोयललाई राति सवा ९ बजे बालुवाटारमा स्वागत गरिएको थियो ।

राति ९ः१५ मा बालुवाटारको गेटभित्र प्रवेश गरेका गोयल मध्यराति १२ः१० मा बाहिरिएका थिए । भारतका गुप्तचर प्रमुखले नेपालका जननिर्वाचित प्रधानमन्त्रीसँग बिताएका दुई घन्टा ५५ मिनेट सार्वभौम, स्वाभिमानी देशका लागि अँध्यारो पलको रूपमा दर्ज भएको छ ।

गुप्तचर संस्थाका प्रमुखले नेपालमा गुप्तचर वा अन्य सुरक्षा अंगका प्रमुखलाई भेट्नु अस्वाभाविक होइन । तर, उनी यसपालि सीधै नेपालका प्रधानमन्त्री केपी ओलीलाई भेट्न आएका हुन् । यो विषयमा मिडियामा समाचार प्रसार भएपछि प्रधानमन्त्री ओलीको सचिवालयले भेटको पुष्टि गर्दै प्रेस नोट जारी गरेको छ ।

‘भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ)का प्रमुख सामन्तकुमार गोयलले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुभएको छ । उहाँ भेटका लागि बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आउनुभएको थियो,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाद्वारा विहिबार जारी नोटमा भनिएको छ, ‘भेटका क्रममा उहाँले नेपाल–भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा आफ्नो धारणा राख्नु भयो ।’

छिमेकी भारतले नेपालको सीमाना अतिक्रमण गरेकोमा नेपाली राष्ट्रियता उद्वेलित छ । नेपालको भूगोल फिर्ता गर्न र भारतसँग आत्मसम्मानपूर्ण संवाद अपरिहार्य छ । तर, त्यसका लागि नेपालका प्रधानमन्त्रीले आफ्ना समकक्षीसँग वार्ता गर्ने हो कि गुप्तचर प्रमुखसँग ? यो विषयमा मिडिया र प्रतिपक्षले मात्र होइन, सत्तापक्षका नेताहरूले पनि प्रश्न उठाएका छन् ।

सत्तारुढ दल नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले परराष्ट्र नीति, स्वाधीनता, स्वाभिमानको विपरीत प्रधाममन्त्री ओलीले ‘रअ’ प्रमुखसँग भेटेको भन्दै आपत्ति जनाएका छन् । ‘लिम्पियाधुरा, कालापानी, लिपुलेकका सन्दर्भमा मतभेद भइरहेको र भारतसँग सचिवस्तरमा वा मन्त्रीस्तरमा वार्ता गरौँ, आफ्ना मत राखौँ भनिरहेको र भारतले त्यसलाई स्वीकार नगरिरहेको अवस्थामा कायमै छ ।

यहीवेला भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुखलाई जुन शैली, समयमा नेपाल ल्याइयो, बोलाइयो र प्रधानमन्त्रीले राति लामो वार्ता गर्नुभयो,’ नेता रावलले भने, ‘यो भेट हामीले संविधान निर्माण गर्दा नेपालको संविधानमा अंकित गरेको परराष्ट्र नीति, स्वाधीनता, स्वाभिमानको विपरीत छ । सरकारको नेतृत्व गरेको नेकपाको नीति, विचार, मान्यताको विपरीत छ । कूटनीतिक मर्यादा विपरीत छ ।’

त्यस्तै प्रतिपक्षी कांग्रेसले ‘रअ’ प्रमुखसँग भएको भेटको विषयवस्तु प्रधानमन्त्रीले देशलाई बताउनुपर्ने माग गरेको छ । ‘देशको प्रधानमन्त्रीले अर्को देशको गुप्तचर संस्थाको प्रमुखसँग भेट्नुपर्ने के काम पर्छ ? यो कूटनीतिक मर्यादा विपरीतको हो । भेटघाटमा के कुरा भएको हो ? यसको भित्री रहस्य के हो ? त्यो कुरा सरकारले प्रतिपक्षीलाई, देशलाई र जनतालाई प्रस्ट रूपमा जानकारी दिनुपर्छ । म यसको भित्री रहस्य के हो ? तुरुन्तै सार्वजनिक गर्न माग गर्दछु,’ कांग्रेस उपसभापति विमलेन्द्र निधिले भने ।

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य राम कार्कीले अहिले प्रधानमन्त्रीले भारतीय गुप्तचर संस्थाका प्रमुखलाई भेटेर एउटा अवसर गुमाएको बताए । ‘अहिले भूमि मिचेको र नेपालले जारी गरेको नयाँ नक्साले पनि एउटा राष्ट्रवादको बहस चलिरहेको छ । यो वेलामा प्रधानमन्त्रीले नै नभेटिदिएको भए राम्रो सन्देश जान्थ्यो । अब नेपाल पुरानो नेपाल रहेन, नेपालले पनि सन्तुलित विदेश नीति अपनाएको छ भन्ने सन्देश जाने थियो ।

तर, यो भेटघाटले दक्षिणी छिमेकीको परम्परागत प्रभाव बाँकी नै छ भन्ने पुष्टि गरिदिएको छ,’ उनले भने, ‘अर्को कुरा, अहिले हाम्रा लागि सन्तुलनको विदेश नीति अख्तियार गर्ने असाध्यै अनुकूल समय हो । खासगरी हिजो उत्तरी छिमेकी चीनको अवस्था कमजोर हुँदा हामी स्वाभाविक रूपमा दक्षिणतिर नजिकिन बाध्य भयौँ । तर, अहिले परिस्थिति फेरिएको छ । भारत र चीन दुवै विश्व–राजनीतिमा आफ्नो हिस्सा खोजिरहेका राष्ट्र हुन् । त्यसैले अहिले दुवै छिमेकी बलियो भएको अवस्थामा सन्तुलन कायम गर्नुपर्ने अनुकूल समय छ । तर, यो भेटले त्यस्तो देखाउँदैन ।’

त्यसैगरी सोही समितिका अर्का सदस्य नारायण खड्काले भेटले प्रधानमन्त्रीमाथि नै शंका उत्पन्न गरेको प्रतिक्रिया दिए । ‘दुई देशबीचमा खासै उपलब्धिमूलक वार्ता भइरहेको अवस्था छैन । प्रधानमन्त्रीले भारतको स्वतन्त्रता दिवसका अवसरमा अगस्ट १५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिँदा टेलिफोनमा सामान्य कुराकानी भए पनि त्यसले औपचारिक वार्ताको ढोका खोलिरहेको थिएन ।

अहिले अचानक भारतीय गुप्तचर प्रमुखले प्रधानमन्त्रीलाई करिब तीन घन्टा भेटेको भन्ने आएको छ । भारतीय प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार आएको भए पनि प्रधानमन्त्रीको एउटा प्रतिनिधि भएर आएको भन्ने हुन्थ्यो । तर, ‘रअ’ प्रमुख आएर प्रधानमन्त्रीलाई भेटेको भन्ने सुन्दा चाहिँ यो प्रधानमन्त्रीको प्रोटोकल, स्तर, मर्यादा, कूटनीतिक हिसाबले पनि अनुकूल होइन । यसले प्रधानमन्त्रीमाथि नै शंका उत्पन्न गरेको छ,’ उनले भने ।

भारतको गुप्तचर संस्था ‘रअ’का प्रमुख गोयल र अर्का अधिकारी अरुण जैनसहित नौ जनाको टोली बुधबार काठमाडौं आएको थियो । उनीहरू बिहीबार बिहान दिल्ली फर्केका छन् । छिमेकी भारतसँग कूटनीतिक र राजनीतिक वार्ता गर्नुको सट्टा प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख गोयलसँग वार्ता गरेकोमा कूटनीतिक मामलाका जानकारहरूले अस्वाभाविक मानेका छन् ।

नेपाली भूमि कालापानीमा भारतीय फौजको क्याम्प

तीन पूर्वप्रधानमन्त्रीले भने– ‘रअ’ प्रमुखसँग भेटवार्ता भएको छैन 
तीन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा र माधवकुमार नेपालले भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ)का प्रमुख सामन्तकुमार गोयलसँग भेटवार्ता नभएको स्पष्ट पारेका छन् । प्रचण्ड र नेपालको सचिवालयले प्रेस नोट तथा देउवाको सचिवालले सञ्चारकर्मीलाई प्रतिक्रिया दिएर ‘रअ’ प्रमुखसँग भेटवार्ता नभएको बताएका छन् ।

प्रचण्डका सचिवालयका तर्फबाट प्रेस संयोजक विष्णु सापकोटाले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘संवेदनशील विषयमा झुट, कपोलकल्पित र भ्रामक समाचारप्रति खेद प्रकट गर्दै आमजनसमुदाय तथा सञ्चार जगतलाई भ्रममा नपर्न अपिल गर्दछु ।’

त्यस्तै, वरिष्ठ नेता नेपालका स्वकीय सचिव मोहन गौतमले पनि विज्ञप्तिमार्फत भ्रममा नपर्न अनुरोध गरेका छन् । ‘पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र ‘रअ’का प्रमुखबीच भेट भएको भनी कतिपय सञ्चारमाध्यममा झुट, कपोलकल्पित र भ्रामक समाचार प्रकाशित भएकोमा त्यसको खण्डन गर्दै यस प्रकारका समाचारबाट भ्रममा नपर्न सम्बन्धित सबैमा सादर अनुरोध छ,’ गौतमको विज्ञप्तिमा छ ।

उता, कांग्रेस सभापति देउवाको सचिवालयले पनि ‘रअ’ का प्रमुख गोयलसँग देउवाको भेटवार्ता नभएको स्पष्ट पारेको छ । देउवाका स्वकीय सचिव भानु देउवाले पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री देउवासँग गोयलको भेटवार्ता भएको खबर कपोलकल्पित र निराधार भएको बताए । नयाँ पत्रिका दैनिकबाट


प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०७७  ०७:२३
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सत्तामा फर्कन रवि लामिछानेको आशक्ति
सत्तामा फर्कन रवि लामिछानेको आशक्ति
डीएसपीको उक्साहटमा प्रश्नपत्र चोरी भएको खुलासा
डीएसपीको उक्साहटमा प्रश्नपत्र चोरी भएको खुलासा
प्राधिकरणमा कुलमानको दोस्रो इनिङ सुरु
प्राधिकरणमा कुलमानको दोस्रो इनिङ सुरु
होटलमा ‘लुकाएको’ कोरोना विरुद्धको २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा
होटलमा ‘लुकाएको’ कोरोना विरुद्धको २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP