नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
पत्रपत्रिकामा
  • गृहपृष्ठ
  • पत्रपत्रिकामा
  • खोप किन्न हात फैलाउँदै सरकार
खोप किन्न हात फैलाउँदै सरकार
छापाबाट
शुक्रबार, मंसिर २६, २०७७ छापाबाट
खोप किन्न हात फैलाउँदै सरकार

नेपालगन्ज । कोरोना खोप खरिद गर्न चाहिने रकम जोहो गर्न सरकारले व्यक्तिगत र संस्थागत सहयोग उठाउने भएको छ । यसअघि निष्क्रिय राष्ट्रिय खोप कोष नियमावलीमा रहेको व्यवस्था कार्यान्वयन गर्दै सहयोग जुटाउन लागिएको हो ।

कोषमा सरकारले निश्चित रकम राखेर दाताहरूलाई सहयोगका लागि आह्वान गर्न लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ‘स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने दातृ निकायहरूलाई आग्रह गरिसकेका छौं,’ मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले भने, ‘दाताले स्वास्थ्यका अन्य क्षेत्रमा दिने सहयोग पनि कोषमा राख्ने व्यवस्था गर्न लागेका छौं ।’

कोरोना खोप खरिद गर्न कम्तीमा ४८ अर्ब आवश्यक पर्ने अनुमान मन्त्रालयले गरेको छ । कोषमा राख्नेबाहेकको रकम पनि थप जुटाउन सार्वजनिक रूपमै सरकारले आह्वान गर्ने विषयमा समेत छलफल भइरहेको स्रोतले जनाएको छ । मन्त्रालयले यस विषयमा तयारी गर्न नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनीको संयोजकत्वमा टोली बनाएको छ ।

टोलीले कोष सञ्चालनको कार्यविधि बनाउन गृहकार्य गरिरहेको छ । ‘सर्वसाधारणले खोप किन्न सक्ने गरी प्रबन्ध मिलाउन आर्थिक सहयोग जुटाएर कोषलाई सक्रिय बनाउन लागिएको हो,’ मन्त्रालयका एक कर्मचारीले भने, ‘मन्त्रिपरिषद्ले निर्णय गरेलगत्तै कोषमा रकम राख्न सूचनामार्फत आह्वान गर्छौं ।’ सहयोगको ढाँचा कार्यविधिमै खुलाइनेछ । कार्यविधिमा के समेट्ने भन्ने विषयमा अर्थ मन्त्रालयमा समेत छलफल भइरहेको मन्त्रालय स्रोतले जनाएको छ ।

राष्ट्रिय खोप कार्यक्रमको विकास, विस्तार तथा सञ्चालन गर्न पाँच वर्षअघि राष्ट्रिय खोप कोषको नियमावली जारी गरिएको थियो । अब बन्ने कोष यसअघिको ‘कोभिड कोष’ जस्तै हुनेछ । कोभिड कोषमा व्यक्तिगत, संस्थागत, स्थानीय तह, प्रदेश र संघीय सरकारले रकम राखेका थिए । यो रकम क्वारेन्टाइनको पूर्वाधार बनाउनेदेखि कोरोना नियन्त्रणसम्ममा खर्च गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । कोषमा सरकार (स्थानीय, प्रदेश र संघ), स्वदेशी व्यक्ति, वित्तीय, सहकारी वा अन्य संघ वा संस्था, विदेशी सरकार, व्यक्ति वा अन्तर्राष्ट्रिय संघ वा संस्था र अन्य स्रोतबाट प्राप्त रकम राखिने व्यवस्था नियमावलीमा छ । नियमावली अनुसार कोष सञ्चालन गर्न ‘क’ वर्गको वाणिज्य बैंकमा खाता खोल्नुपर्ने हुन्छ ।

नियमावलीअनुसार प्राकृतिक प्रकोप, महामारीमा आवश्यक पर्ने खोपसमेत यही कोषमा जम्मा भएको रकमले खरिद गर्न सकिने छ । यो नियमावली जारी भएलगत्तै कोष सञ्चालनमा रहेको भए अहिले भ्याक्सिन खरिद गर्न सहज हुन्थ्यो । ‘पाँच वर्षसम्म कार्यान्वयनमा नआएको यो प्रावधान अप्ठ्यारो परेपछि मात्रै सरकारले सम्झिएको हो,’ स्वास्थ्य सेवा विभागका एक कर्मचारीले भने । कोषको रकमले राष्ट्रिय खोप कार्यक्रममा प्रयोग हुने खोप निजी क्षेत्रको साझेदारीमा मुलुकभित्र उत्पादन गर्न लगानी गर्ने प्रावधानसमेत नियमावलीमा छ ।

यसरी बनाइएको कोष सञ्चालन गर्न छुट्टै समिति बनाउनुपर्ने हुन्छ । समितिमा स्वास्थ्य मन्त्रालयका सचिव अध्यक्ष हुने व्यवस्था छ । सदस्यमा स्वास्थ्य सेवा विभागका महानिर्देशक, मन्त्रालयको नीति, योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखाका प्रमुख, मन्त्रालयकै मानव संशाधन तथा वित्तीय स्रोत व्यवस्थापन महाशाखा प्रमुख, अर्थ मन्त्रालयका सहसचिव, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, शिक्षा मन्त्रालयका सहसचिव सदस्य रहनेछन् । समितिमा खोप कार्यक्रममा संलग्न व्यक्ति वा गैरसरकारी संस्थाहरूमध्येबाट प्रतिनिधित्व हुने गरी मन्त्रालयबाट मनोनीत कम्तीमा एक महिलासहित तीन जना सदस्य हुन्छन् । स्वास्थ्य मन्त्रालयको बाल स्वास्थ्य महाशाखा प्रमुख कोष सञ्चालक समितिको सदस्यसचिव हुन्छन् । कान्तिपुर दैनिकमा मकर श्रेष्ठले खबर लेखेका छन् ।


प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०७७  ०७:३९
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सत्तामा फर्कन रवि लामिछानेको आशक्ति
सत्तामा फर्कन रवि लामिछानेको आशक्ति
डीएसपीको उक्साहटमा प्रश्नपत्र चोरी भएको खुलासा
डीएसपीको उक्साहटमा प्रश्नपत्र चोरी भएको खुलासा
प्राधिकरणमा कुलमानको दोस्रो इनिङ सुरु
प्राधिकरणमा कुलमानको दोस्रो इनिङ सुरु
होटलमा ‘लुकाएको’ कोरोना विरुद्धको २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा
होटलमा ‘लुकाएको’ कोरोना विरुद्धको २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP