नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
पत्रपत्रिकामा
  • गृहपृष्ठ
  • पत्रपत्रिकामा
  • कोरोना भाइरसले स्वरूप बदल्यो, विज्ञहरू चिन्तित
कोरोना भाइरसले स्वरूप बदल्यो, विज्ञहरू चिन्तित
छापाबाट
बुधबार, पुस १, २०७७ छापाबाट
कोरोना भाइरसले स्वरूप बदल्यो, विज्ञहरू चिन्तित

नेपालगन्ज । बेलायतमा कोभिड–१९ को नयाँ रूप देखिएको खबर बाहिरिएसँगै थप चिन्ता बढेको छ । बेलायती स्वास्थ्यमन्त्री म्याट ह्यानककले सोमबार संसद्मा नयाँ भाइरसबारे जानकारी दिँदै यो इंग्ल्यान्डमा द्रुत गतिमा फैलिइरहेको बताएका छन् ।

बेलायतले यसबारे विश्व स्वास्थ्य संगठनलाई समेत जानकारी गराइसकेको ह्यानककले बताए । बीबीसीका अनुसार, बेलायतका ६० वटा स्थानीय निकायहरूले नयाँ भाइरसको रेकर्ड राखेका छन् भने इंग्ल्यान्डको दक्षिण क्षेत्रमा मात्र एक हजारभन्दा बढी नयाँ केस पाइएका छन् ।

बेलायती वैज्ञानिकहरूले भाइरसको नयाँ रूपबारे अध्ययन गरिरहेका छन् । बेलायतको युनिभर्सिटी अफ हडर्सफिल्डमा ग्लोबल पब्लिक हेल्थका प्राध्यापक डा. पदम सिम्खडाले यो चिन्ताको विषय भएको बताए । ‘कुनै पनि भाइरसले एउटा बिन्दुमा पुगेपछि आफ्न् ास्वरूप परिवर्तन गर्छ,’ सिम्खडाले कान्तिपुरसँग भने, ‘आरएनए ग्रुपको भाइरस म्युटेड (परिवर्तित स्वरूपमा) हुन्छन् । खोप वा औषधिसँग लड्न सक्ने अवस्था कम भएपछि यसले रूप बदल्छ ।’

सिम्खडाले हाल आएका कोभिड–१९ विरुद्धको खोपले नयाँ किसिमको भाइरस रोकथाम गर्न सक्छ कि सक्दैन भन्न नसकिने बताए । तर नयाँ भाइरसविरुद्धको अर्को खोप बनाउन त्यति समय भने नलाग्ने उनी बताउँछन् । बेलायतमा कोभिड खोप सुरु भएकै बेला संक्रमण तीव्र फैलिइरहेको छ । ब्रिटिस मेडिकल जर्नल र हेल्थ सर्भिस जर्नलले क्रिसमसका बेला प्रतिबन्ध खुकुलो गर्ने सरकारको घोषणाले झन डरलाग्दो अवस्था निम्त्याउने चेतावनी दिएका छन् । पछिल्लो साता लन्डनका केही क्षेत्रमा कोरोना संक्रमण ७० प्रतिशतसम्म वृद्धि भएको तथ्यांकले देखाएको छ ।

लन्डनमा थप कडा प्रतिबन्ध
लन्डनमा कोभिड–१९ को संक्रमण बढ्ने क्रम नरोकिएपछि सरकारले बुधबारदेखि थप कडा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । सरकारले संक्रमणको आधारमा अहिले ‘उच्च अलर्ट’ (टियर टु) मा रहेको लन्डनलाई ‘अति उच्च अलर्ट’ (टियर थ्री) मा लैजाने निर्णय गरेको हो ।

गत डिसेम्बर २ देखि एक महिना लामो देशव्यापी लकडाउन खुला गरेसँगै सरकारले इंग्ल्यान्डमा संक्रमणको आधारमा अति उच्च, उच्च र मध्यम गरी तीन तहमा क्षेत्रगत वर्गीकरण गरी प्रतिबन्धहरू लागू गरेको थियो । अति उच्च अलर्ट (टियर थ्री) मा रहेका क्षेत्रमा अलग घरमा बस्ने मानिसले घरभित्र जमघट गर्न पाउने छैनन् । फरक घरका ६ जनासम्मको समूहमा पार्क, समुद्री किनारालगायत ठाउँमा मात्र भेट्न छुट छ ।

बार, पब, रेस्टुरेन्ट, क्याफेलगायत हस्पिटालिटी व्यवसाय बन्द रहनेछन् । टेकवे र डेलिभरी सेवा भने सुचारु राख्न पाइनेछ । पसल, जिमखाना, हेयर ड्रेसरलगायत व्यवसाय खुला रहनेछन् । तर सिनेमासहितका इन्डोर मनोरञ्जनहरू बन्द रहनेछन् ।

खेल इभेन्टहरू प्रत्यक्ष हेर्न दर्शक स्टेडियमसम्म जान पाउँदैनन् । अति उच्च अलर्टमा रहेका क्षेत्रहरूमा बाहिरबाट आउने र त्यहाँबाट बाहिर जाने यात्राहरू पनि नगर्न आह्वान गरिएको छ । कान्तिपुर दैनिकमा नवीन पोखरेलले खबर लेखेका छन् ।


प्रकाशित मिति: बुधबार, पुस १, २०७७  ०७:१३
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सत्तामा फर्कन रवि लामिछानेको आशक्ति
सत्तामा फर्कन रवि लामिछानेको आशक्ति
डीएसपीको उक्साहटमा प्रश्नपत्र चोरी भएको खुलासा
डीएसपीको उक्साहटमा प्रश्नपत्र चोरी भएको खुलासा
प्राधिकरणमा कुलमानको दोस्रो इनिङ सुरु
प्राधिकरणमा कुलमानको दोस्रो इनिङ सुरु
होटलमा ‘लुकाएको’ कोरोना विरुद्धको २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा
होटलमा ‘लुकाएको’ कोरोना विरुद्धको २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP