Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असोज १६, २०८० युनिकोड पुरानो वेबसाइट
Logo
sanskriti media 1
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
पत्रपत्रिकामा
  • गृहपृष्ठ
  • पत्रपत्रिकामा
  • कांग्रेस महाधिवेशन : मतदाता टुङ्गो नलाग्दै नेतृत्वको सक्रियता
कांग्रेस महाधिवेशन : मतदाता टुङ्गो नलाग्दै नेतृत्वको सक्रियता
छापाबाट
मंगलबार, असार ८, २०७८ छापाबाट
कांग्रेस महाधिवेशन : मतदाता टुङ्गो नलाग्दै नेतृत्वको सक्रियता
काँग्रेस मुख्यालय

नेपालगन्ज । नेपाली काँग्रेसको आसन्न १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको विवाद व्यवस्थापन नहुँदै प्रतिस्पर्धाको आन्तरिक गृहकार्यमा तीव्रता आउन थालेको छ ।

Prabhat+2

सभापति शेरबहादुर देउवाले दोस्रो कार्यकालका लागि सभापति बन्न आफू निकटका केन्द्रीय सदस्यसँग पहिलो चरणको छलफल पूरा गरेसँगै अरू नेताहरूबीच परामर्शले गति लिएको छ । मतदाता तयार नहुँदै थालिएको गृहकार्यले असहज परिस्थिति निम्तने खतरासमेत रहेको कतिपयको भनाइ छ ।

आफूलाई ‘वेटिङ’ सभापतिका रूपमा दाबी गर्दै आएका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशनलाई लक्षित गरी अनौपचारिक छलफल अगाडि बढाएका छन् ।

त्यसै क्रममा पार्टीका संस्थापक बीपी कोइरालाका सुपुत्र शशाङ्क कोइराला, सर्वोच्च नेता गणेशमान सिंहका सुपुत्र प्रकाशमान सिंह र गान्धीवादी नेता महेन्द्रनारायण निधिका सुपुत्र विमलेन्द्र निधि सोमबार एक ठाउँ बसेर खानपान गरेपछि महाधिवेशनको तरङ्गले नयाँ रूप लिएको छ ।

सभापति देउवाकै अग्रसरता
कोरोना महामारीले पछाडि धकेलिँदै आउँदो भदौ १६–१९ मा पार्टीको १४औँ महाधिवेशन हुँदै छ । यो संशोधित कार्यतालिका भर्खरै पार्टी केन्द्रीय कार्यसमितिले तय गरेको हो ।

महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक भए लगत्तै सभापति देउवाले आफूलाई अर्को कार्यकालका लागि पनि सभापति बन्न सहयोग गर्न केन्द्रीय सदस्यलाई आग्रह गरिरहेका छन् । यस क्रममा सोमबार देउवाले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केन्द्रीय सदस्यसँग छलफल गरे ।

सभापति देउवाले आफू सभापतिमा दोहोरिन चाहेको भन्दै सहयोगका लागि आग्रह गरेको केन्द्रीय सदस्य वीरबहादुर बलायरले जानकारी दिए । त्यस छलफलमा उपसभापति विमलेन्द्र निधिले सभापतिमा लड्न चाहेको विषयमा केन्द्रीय सदस्यले सभापति देउवासँग जिज्ञासा राखेका थिए ।

जवाफमा देउवाले निधिले उठ्न चाहेको भन्दै रोक्न नसक्ने जवाफ दिनुभएको बलायरले जानकारी दिए । प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका आफू निकट केन्द्रीय सदस्यसँग छलफल गरिसक्नुभएका सभापति देउवाले अब पार्टीका पूर्वपदाधिकारी, पदाधिकारीलगायतसँग उम्मेदवारीका विषयमा परामर्श गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

‘वेटिङ सभापति’को सक्रियता
पार्टीको १३औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवाका मुख्य प्रतिस्पर्धी वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी नेतृत्वमा आउन आफ्नो सक्रियता बढाएका छन् ।

हाल गृह जिल्ला तनहुँमा रहेका नेता पौडेलले आफूलाई ‘वेटिङ सभापति’का रूपमा प्रस्तुत गरेर महाधिवेशनको तयारीमा जुट्ने उनी निकट काँग्रेसका नेता तथा काभ्रेका जिल्ला सभापति मधु आचार्यले जानकारी दिए ।

पौडेल गत महाधिवेशनमा देउवासँग दोस्रो चरणको निर्वाचनबाट पराजित भएका थिए । पहिलो चरणको निर्वाचनमा देउवा, पौडेल र नेता कृष्णप्रसाद सिटौलामध्ये कसैले पनि ५१ प्रतिशत मत नपाएपछि बढी मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणमा निर्वाचन गरिएको थियो ।

पौडेलले औपचारिक रूपमा उम्मेदवारी घोषणा नगरे पनि पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापति तथा महाधिवेशन प्रतिनिधि लगायतसँग निरन्तर छलफल गरिरहेको जानकारी नेता आचार्यले दिए।

तीन नेताको ‘लन्च मिटिङ’
सोमबार नै पार्टीका तीन नेताबीच लन्च मिटिङ सम्पन्न भएको छ । सभापतिमा उम्मेदवारीको दाबी गर्नुभएका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशाङ्क कोइराला र पूर्वउपसभापति प्रकाशमान सिंहबीच निधि निवासमा भेटघाट भएको हो ।

त्यस भेटमा पार्टीको आसन्न महाधिवेशन तयारी तथा उम्मेदवारीका विषयमा छलफल भएको उपसभापति निधिको सचिवालयले जनाएको छ । महाधिवेशनमा आफ्नो दाबीका विषयमा हालसम्म महामन्त्री डा। कोइराला र नेता सिंहले कुनै घोषणा गरेका छैनन् । निधिले भने सभापतिको उम्मेदवारी घोषणा नै गरिसकेका छन्।

सदस्यता छानबिन अन्तिम चरणमा
नेताहरूलाई आफ्नो नेतृत्वको हतारो लागे पनि महाधिवेशनका लागि कामको पहाडै बाँकी छ । पार्टीमा क्रियाशील सदस्यता विवादको किनारा लगाउन आफूहरू दिनरात जुटेको सदस्यता छानबिन समितिका सदस्य एवं केन्द्रीय सदस्य जीवन परियारले जानकारी दिए। समितिले आफ्नो जिम्मेवारी पूरा गरेर छिट्टै सभापति देउवालाई अन्तिम प्रतिवेदन पेस गर्ने कार्यक्रम छ ।

काँग्रेसको १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ सम्म काठमाडौँमा गर्ने निर्णय पार्टीले गरिसकेको छ । पार्टी विधान र संवैधानिक हिसाबले पनि काँग्रेसको १४औँ महाधिवेशन आगामी भदौभित्र सम्पन्न गर्नुपर्ने बाध्यता छ । शेषकान्त पण्डितले गोरखापत्र दैनिकमा खबर छ । 


प्रकाशित मिति: मंगलबार, असार ८, २०७८, ०८:३८:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सत्तामा फर्कन रवि लामिछानेको आशक्ति
सत्तामा फर्कन रवि लामिछानेको आशक्ति
डीएसपीको उक्साहटमा प्रश्नपत्र चोरी भएको खुलासा
डीएसपीको उक्साहटमा प्रश्नपत्र चोरी भएको खुलासा
प्राधिकरणमा कुलमानको दोस्रो इनिङ सुरु
प्राधिकरणमा कुलमानको दोस्रो इनिङ सुरु
होटलमा ‘लुकाएको’ कोरोना विरुद्धको २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा
होटलमा ‘लुकाएको’ कोरोना विरुद्धको २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा
Kohalpur nagarpalika narainapur ashoj
rapti-2
निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119
[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©BageshworiPost : Online News Portal-2023 All rights reserved.
Site by: SoftNEP