prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • पोषण केसीको प्रतिबद्धताःआफ्नै कार्यालय भवन(प्रतिबद्धता-पत्रसहित)
पोषण केसीको प्रतिबद्धताःआफ्नै कार्यालय भवन(प्रतिबद्धता-पत्रसहित)
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, मंसिर ८, २०७८ बागेश्वरी पोस्ट
पोषण केसीको प्रतिबद्धताःआफ्नै कार्यालय भवन(प्रतिबद्धता-पत्रसहित)

नेपालगञ्ज । नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर १ का सभापतिका उम्मेदवार पोषण केसीले २० बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । उनले पार्टीको क्षेत्रीय कार्यालय भवन आफ्नै कार्यकालमा निर्माण सम्पन्न गरी संचालनमा ल्याउने पहिलो प्रतिबद्धता गरेका छन् । क्षेत्र नम्बर १ को पार्टी भवन नहुँदा अहिलेसम्म कोहलपुर नगर समितिको कार्यालयबाट क्षेत्रीय कार्यालय संचालन हुँदै आएको छ । युवा नेता केसीले आफू नेतृत्वको प्यानल विजयी भए कार्यालय र सचिवालयका हरेक क्रियाकलाप चुस्त दुरुस्त राख्ने र पारदर्शी ढंगबाट संचालनमा ल्याइने प्रतिबद्धता गरेका छन् । नवीन र सुदृढ काँग्रेस बनाउन गुट उपगुट एवं अस्वस्थ प्रतिष्पर्धा अन्त्य गर्दै भाइचारा, एकता र सहअस्तित्वलाई स्वीकारी आम कार्यकर्ताको उत्साहलाई बढोतरी गर्ने प्रतिबद्धता गरिएको छ ।

paribartan 1

यस्तो छ केसीको प्रतिबद्धता पत्र(जस्ताको तस्तै)

व्यक्तिबादी चरित्र र अतिवादको अन्त्य आजको आवश्यकताः सृदृढ, संस्कारी र गतिशील 'एकतावद्ध कांग्रेस’ बनाउने मेरो प्रतिबद्धता’ 
     
नेपाली काँग्रेस पार्टी देशको सबैभन्दा ठूलो प्रजातान्त्रिक पार्टी हो । यसको सदस्यता प्राप्त गर्नु र वीपी कोइरालाको समाजवादको अनुयायी हुन पाउनु हरेक सदस्यका लागि गर्वको विषय हो । संघर्षपूर्ण गौरवमय इतिहास बोकेको पार्टीको १४औं महाधिवेशनले देशभर पर्व झैं उल्लासमय वातावरण तयार भएको छ । व्यक्तिको पार्टी प्रतिको योगदान र आम कार्यकर्ताको चाहना बजोजिम नेतृत्व वहन गर्न सक्ने क्षमता भएका नेतृत्वबाट विभिन्न पदमा उम्मेदवारी घोषणा गर्नु स्वभाविक नै हो ।

प्रजातन्त्रमा विश्वास गर्ने पार्टीलाई स्वच्छ एवम् स्वस्थ निर्वाचन यसको सुन्दर पक्ष मानिन्छ । सोही सौहार्दताको सिद्धान्त अवलम्वन गर्दै मैले पनि संघीय निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिको रुपमा उम्मेदवारी दिएको छु । पार्टीमा परम्परागत शैली र सोचका आधारमा सदैब आफू नै पार्टी नेतृत्वमा रहिरहनु पर्छ भन्ने अतिबादी सोच रहेका ब्यक्तिलाई चुनौति दिँदै नयाँ सोच र बिचारका आधारमा परिवर्तनलाई आत्मसाथ गर्नका लागि मेरो उम्मेदवारी हो । 

म संघीय क्षेत्रीय सभापतिमा निर्वाचित भएपछि नवीन र सृदृढ कांग्रेस बनाउन दत्तचित्त भएर लाग्नेछु । अग्रजलाई सम्मान र नयाँ पुस्तालाई प्रोत्साहन गर्दै एकतावद्ध कांग्रेस बनाउन लाग्नेछु । 


मेरा चुनावी प्रतिबद्धता यसप्रकार रहेका छन्ः  

१. पार्टीको क्षेत्रीय समितिको कार्यालय भवन आफ्नै कार्यकालमा निर्माण सम्पन्न गरी संचालनमा ल्याइनेछ  ।
 
२. कार्यालय र सचिवालयका हरेक क्रियाकलाप चुस्त दुरूस्त राख्ने र पारदर्शी ढंगबाट संचालन गरिनेछ ।

३. आफ्नो क्षेत्रभित्र पार्टीको मजवुत संगठन निर्माणका लागि विचार बोकेका गतिशील बौद्धिक नेतृत्व उत्पादन एवम् क्रियाशील बनाइनेछ ।
 
४. आम कार्यकर्तामा सक्रियता एवम् उर्जा ल्याउन र समायानुकूल क्षमता अभिवृद्धि गर्न पार्टी प्रशिक्षण संचालन गरिनेछ । 

५. पार्टीभित्रको गुट उपगुट एवम् अस्वस्थ प्रतिष्पर्धालाई अन्त्य गर्दै भाइचारा, मेलमिलाप, एकता र सहअस्तित्वलाई स्विकारी कार्यकर्ताको उत्साहमा बढोत्तरी गरिनेछ ।
  
६. पार्टीका आकास्मिक कार्यक्रम बाहेक अरु सबै गतिविधि वार्षिक कार्यतालिका बनाएर गरिनेछ ।
 
७. पार्टीलाई नीति, विधि र पद्धतिमा संचालन गर्ने प्रणालीको विकास गरिनेछ ।
 
८. आम कार्यकर्ताको मनोवल उच्च राख्न र सदैव उत्साह ल्याउन जागरणका कार्यक्रम संचालन गरिनेछ ।
 
९. बदलिएको विज्ञान र प्रविधिको युगमा समानुकूल संचारमाध्यम मैत्री सूचना केन्द्रको व्यवस्थाका साथै पार्टीका क्रियाकलापलाई इन्टरनेट र वेवसाइट मार्फत् सुचनाको पहुंँच र विस्तार गरिनेछ ।
 
१०. नेपाल सरकारका तीन वटै तहमा संचालन हुने निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी बनाउन आफ्नो क्षेत्रीय समिति तथा मातहतका सम्पूर्ण कमिटीलाई सक्रिय गराइनेछ ।
 
११. भातृ संगठन साथै शुभेच्छुक संघसंस्थाको समकक्षी नेतृत्वसँग नियमितरुपमा छलफल, परामर्श, संचालन गरी सहकार्य गर्दै सबै नेतृत्वलाई सक्रिय बनाइनेछ ।
 
१२. पार्टी कार्यालयलाई व्यवस्थित बनाई सम्पूर्ण अभिलेखीकरण डिजिटलाइज गरिनेछ ।

१३. कामको आधारमा सम्मानको मूल मर्मलाई आत्मसाथ गर्दै समय समयमा सम्मानका कार्यक्रमहरु आयोजना गरिनेछ ।

१४. कार्यसमितिभित्र क्षमताका आधारमा कार्य विभाजन गरी जिम्मेवारी प्रदान गरी प्रभावकारी कार्यसम्पादन गरिनेछ ।

१४. पार्टीका विभिन्न आन्दोलनका क्रममा ज्यान गुमाएका सम्मानित शहिद परिवारहरुप्रति आवश्यक सहयोग एवम् सम्मान र अपांगता भएका, घाइते र दुःख पाएका परिवारजनप्रति नेतृत्व जिम्मेवारी एवम् अभिलेखीकरण गराइनेछ ।
 
१५. क्रियाशील सदस्यहरुलाई प्रशिक्षण तथा अभिमुखीकरणको व्यवस्था मिलाइनेछ ।

१७. पार्टीका संघीय, प्रदेश, जिल्ला स्तरीय निर्देशनलाई सक्रियता पूर्वक पालना गरिनेछ ।
 
१८. क्षेत्रभित्रका आम नागरिकको जनजिविकाको सवालमा चासो राखी उनीहरुका समस्या समाधानका लागि आवश्यक कदम लिइनेछ ।
 
१९. क्षेत्रभित्रका विकासका पूर्वाधारको अवस्थाको सुक्ष्म अध्ययन गरी स्थानीय सरकारसँग विकासका लागि समन्वय गरिनेछ ।
 
२०. पार्टीभित्र आात्मसम्मान र स्वाभिमानको अवस्था सृजना गरी आफ्नो क्षेत्रभित्र एकरुपता र एक ढिक्काले पार्टीको अवस्थालाई मजवुत बनाउन नीति, विधि र पद्धतिलाई  पूर्णरुपमा कार्यान्वयनमा लगिनेछ । 

No description available.

                
 


प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  २०:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP