Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असोज ५, २०८० युनिकोड पुरानो वेबसाइट
Logo
sanskriti media 1
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • प्रतिनिधिसभा सदस्य उम्मेदवारका रुपमा बाँकेमा जसको छ चर्चा...
प्रतिनिधिसभा सदस्य उम्मेदवारका रुपमा बाँकेमा जसको छ चर्चा...
बागेश्वरी पोस्ट
मंगलबार, साउन २४, २०७९ बागेश्वरी पोस्ट
प्रतिनिधिसभा सदस्य उम्मेदवारका रुपमा बाँकेमा जसको छ चर्चा...

नेपालगञ्ज । बाँकेमा चुनावी चासो बढेको छ । संघीय र प्रदेश निर्वाचनको मिति घोषणा भएपछि चुनावी चासो बढेको हो । मंसिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुने भएपछि उम्मेदवारहरुको चर्चा शुरु भएको छ । मुख्य राजनीतिक दलहरुले क-कसलाई उम्मेदवार बनाउँछन् भन्ने चासो बढेको हो ।

Prabhat+2

सत्तारुढ दलहरुबीच चुनावी तालमेल हुने पक्का भएपछि बाँकेमा पनि गठबन्धनकारी दलहरुको मुख्य प्रतिष्पर्धा नेकपा एमाले र राप्रपासंग हुने देखिएको छ । क्षेत्र नम्बर १ र ३ मा गठबन्धन र एमाले तथा क्षेत्र नम्बर २ मा गठबन्धनको प्रतिष्पर्धा एमाले र राप्रपासंग हुने आंकलन गरिएको छ । यसअघि भएका विभिन्न चुनावहरु र भर्खरै सम्पन्न स्थानीय चुनावको नतिजा विश्लेषण गर्दा मुख्य प्रतिष्पर्धा एमालेसंग हुनेछ।

क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका नारायणप्रसाद गौडेल, पोषण केसी, माधवराम खत्री लगायतको चर्चा छ । गौडेल पार्टी सभापति हुन् । केसी क्षेत्रीय सभापति र खत्री पूर्व क्षेत्रीय सभापति हुन् । यी बाहेक पूर्व सांसद ज्ञानु केसी, तरुण दलका पूर्व महासचिव हुर्मतकुमार न्यौपाने पनि सम्भावित अनुहार हुन् । यो क्षेत्रमा गत चुनावमा नेकपा माओवादी केन्द्रले जित हासिल गरेकाले गठबन्धन दलहरु बीचको सिट बाँडफाँडमा क्षेत्र नम्बर १ माओवादीकै भागमा पर्ने सम्भावना अधिक छ । त्यो हुँदा माओवादीबाट युवा तथा खेलकुद मन्त्री समेत रहेका हालका सांसद महेश्वरजंग गहतराज 'अथक' र प्रदेश सांसद कृष्णा केसी 'नमुना'को सम्भावना रहनेछ । एमालेबाट भने केन्द्रीय सदस्य एवम् बाँके जिल्ला इन्चार्ज सूर्य ढकाल र २०७० का संविधानसभा सदस्य देवराज भारको सम्भावना देखिएको छ ।

क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका नेता एवम् भौतिक पूर्वाधार मन्त्री मो. इश्तियाक राईको उम्मेदवारी पनि लगभग निश्चित जस्तै छ। यसअघि उनले यस क्षेत्रबाट जितेकाले गठबन्धनको भागमा परेपछि उनी नै उम्मेदवार हुनेछन् । कांग्रेस बृत्तमा भने पूर्व पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको विरासत जोडिएको क्षेत्र नम्बर २ गठबन्धनका नाममा छोड्न हुँदैन भन्ने मत बलियो छ । तर, गठबन्धन संस्कृतिमा गइसकेपछि केन्द्रले गरेको निर्णय मान्न बाध्य हुने अवस्था छ ।

क्षेत्र नम्बर २ मा कांग्रेसबाट निवर्तमान सभापति किरण कोइराला, पूर्व पार्टी सभापति एवम् पूर्व मन्त्री गजेन्द्र हमाल, लुम्बिनी प्रदेशका वन वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमाल, क्षेत्रीय सभापति रमेश गुप्ता, महासमिति सदस्य निरन्जनसिंह सिजापति, राजकुमार बर्मा, तरुण दल अध्यक्ष बिरेन्द्र शाह, डा. सुरेश कुमार कनोडिया, निवर्तमान जिल्ला उपसभापति सुनिलनरसिंह राणा लगायतको चर्चा छ । २०७४ मा पनि कांग्रेसले राप्रपाका ओमप्रकाश आजादलाई सघाउँदा कांग्रेसको उम्मेदवारी यो क्षेत्रमा परेको थिएन । बाँकेका अन्य क्षेत्र भन्दा तुलनात्मक रुपमा बलियो मानिएको राप्रपाबाट महामन्त्री डा.धवल शमशेर राणा उम्मेदवार बन्ने पक्कापक्की जस्तै छ । उनलाई बलियो उम्मेदवारका रुपमा हेरिएको छ । एमालेबाट केन्द्रीय सदस्य एवम् बाँके जिल्ला सहइन्चार्ज मो. हारुन र उद्योगी व्यवसायी नेता कृष्णप्रसाद श्रेष्ठको सम्भावना रहेको बताइन्छ ।

क्षेत्र नम्बर ३ मा भने गठबन्धनबाट नेपाली कांग्रेसले उम्मेदवारी पाउने प्रबल सम्भावना देखिन्छ । यसअघि एमालेले जितेको क्षेत्र भएकाले बाँकेमा अन्य क्षेत्र अरु दललाई दिने अवस्थामा क्षेत्र नम्बर ३ कांग्रेसकै भागमा पर्ने देखिन्छ । २०७४ को निर्वाचनमा एमालेका नन्दलाल रोकायले नेपाली कांग्रेसका नेता बादशाह कुर्मीलाई हराएर सांसद बनेका थिए । यसपटक कांग्रेसबाट संविधानसभा सदस्य समेत रहेका कुर्मीसंगै यसअघि प्रदेशमा उम्मेदवार बनेका महासमिति सदस्य लक्ष्मीनारायण शाह र अर्का महासमिति सदस्य मेघराज ओलीले पनि दाबेदारी प्रस्तुत गरेका छन् । एमालेबाट जिल्ला अध्यक्ष किष्मतकुमार कक्षपति, सचिव रत्न खत्री, नेता भिम वली लगायतले दाबी गरेका छन् । माओवादीबाट हालका प्रदेश सांसद आइपी खरेल, नेकपा एकीकृत समाजवादीका नेता पूर्व मन्त्री दलबहादुर सुनार पनि आकांक्षी हुन् ।

२०७४ को समीकरण उल्टिँदा दबाबमा परेको एमाले यहाँ रक्षात्मक अवस्थामा देखिन्छ । पाँच दलीय गठबन्धनको चुनावी तालमेलले एमालेलाई राप्रपासंग नजिक हुने अवस्था सिर्जना गरिदिएको छ । क्षेत्र नम्बर २ मा राप्रपाका महामन्त्री डा.राणालाई सघाएर क्षेत्र नम्बर १ र २ मा राप्रपाको साथ एमालेले खोज्ने सम्भावना पनि उत्तिकै देखिएको छ । स्थानीय तहको चुनावमा वडा अध्यक्षहरुले पाएको मतलाई हेर्दा तीन वटै निर्वाचन क्षेत्रमा कांग्रेस अगाडि छ । सबै क्षेत्रमा ३ हजार हाराहारीमा कांग्रेस अगाडि छ । सत्तारुढ दलहरुको चुनावी तालमेलले यी दलका उम्मेदवारहरुको जितलाई अझ सहज बनाउने विश्लेषण भइरहेको छ । कांग्रेस बृत्तमा पनि सबैभन्दा बलियो क्षेत्र १ नम्बर भएकाले ३ नम्बर माओवादीलाई छाडेर १ नम्बर क्षेत्र लिनुपर्ने भन्दै नेताहरुले केन्द्रमा दबाब बढाएको बुझिएको छ । तर, यो सम्भावना ज्यादै न्यून रहेको बताइन्छ ।

बाँकेको क्षेत्र नम्बर १ मा कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिका पर्दछन् । क्षेत्र नम्बर २ मा १६ र १७ नम्बर वडा बाहेक नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिका तथा क्षेत्र नम्बर ३ मा नेपालगञ्जका १६ र १७ नम्बर वडा तथा खजुरा, जानकी र बैजनाथ गाउँपालिका पर्दछन् ।

हुर्नुस् वडा अध्यक्षहरुले पाएको मत अनुसार दलगत विवरण

क्षेत्र नम्बर १

नेपाली कांग्रेस २८६१९

नेकपा एमाले २५३१०

माओवादी केन्द्र १७११०

राप्रपा ४७८९

जसपा ३९५१

नेकपा एस ६२३

लोसपा ३६१

क्षेत्र नम्बर २

नेपाली कांग्रेस १८०३७

नेकपा एमाले १५४७८

जसपा १३८०९

राप्रपा ८४९४

माओवादी केन्द्र ६८५९

नेकपा एस ८२१

लोसपा ५६४

क्षेत्र नम्बर ३

नेपाली कांग्रेस २५६८९

नेकपा एमाले २२१५९

माओवादी केन्द्र १४८१८

राप्रपा ४६४१

जसपा ४१९९

नेकपा एस २३४८

लोसपा १०३७


प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९, १६:१२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
"विमानस्थलबाट दिनहुँ विदेशिनेको भिड देख्दा आँखा रसाउँछ"
"विमानस्थलबाट दिनहुँ विदेशिनेको भिड देख्दा आँखा रसाउँछ"
शिक्षकका न्यायोचित माग यथाशिघ्र सम्बोधन गर्न कांग्रेस बाँकेको आग्रह
शिक्षकका न्यायोचित माग यथाशिघ्र सम्बोधन गर्न कांग्रेस बाँकेको आग्रह
लोकतन्त्रको स्थायित्वका लागि विचलित नभएर कार्यक्षेत्रमा लाग्न रिजालको आग्रह
लोकतन्त्रको स्थायित्वका लागि विचलित नभएर कार्यक्षेत्रमा लाग्न रिजालको आग्रह
प्रेस युनियनको केन्द्रीय परामर्श समिति गठन [को-को छन् समितिमा]
प्रेस युनियनको केन्द्रीय परामर्श समिति गठन [को-को छन् समितिमा]
Kohalpur nagarpalika narainapur ashoj
rapti-2
निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119
[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©BageshworiPost : Online News Portal-2023 All rights reserved.
Site by: SoftNEP