नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार १, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • छैठौं धारा नेपालगन्ज म्याराथनको तयारी पूरा
छैठौं धारा नेपालगन्ज म्याराथनको तयारी पूरा
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, मंसिर ४, २०७७ बागेश्वरी पोस्ट
छैठौं धारा नेपालगन्ज म्याराथनको तयारी पूरा

नेपालगञ्ज । मंसिर ६ गते हुने छैठौं धारा नेपालगञ्ज म्याराथनको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक क्रियटिभ ह्याण्ड्सले आज नेपालगन्जमा पत्रकार सम्मेलन गरेर सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई प्रतियोगिता संचालन गरिने आयोजकले जनाएको छ । पुरुष म्याराथनमा २० भन्दा बढी खेलाडीले प्रतिष्पर्धा गर्न लागेको क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टिएस ठकुरीले बताउनुभयो । त्यस्तै महिलातर्फ पनि १० जना बढीले सहभागिता जनाउनेछन् । कोरोनाका कारण ठूलो जमघट गर्ने अवस्था नरहेकाले यसपटक इभेन्ट घटाइएको ठकुरीले जानकारी दिनुभयो । यो पटक पुरुष खुल्लातर्फ म्याराथन, महिलाको हाफ म्याराथन र ३ किलोमिटरको कर्पोरेट रन समावेश गरिएको छ । नेपालगन्जको विपी चोकदेखि सुरु भएर कोहलपुर चौराहा अगाडि पुगेर पुनः विपी चोकमा पुगी म्याराथन टुंगिनेछ । यसपटक म्याराथन विजेताले ७५ हजार, दोस्रोले ३० हजार र तेस्रोले २० हजार रुपैयाँ पाउनेछन् । त्यस्तै चौथोले १०, पाँचौले ८, छैठौंले ७, सातौंले ६ र आठौं हुनेले ५ हजार रुपैयाँ पाउनेछन् । महिला हाफ म्याराथन विजेताले ३० हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार रुपैयाँ पाउनेछन् । त्यस्तै चौथोले ७, पाँचौले ६ र छैठौंले ५ हजार रुपैयाँ पाउनेछन् । म्याराथन जित्ने खेलाडी जापानमा सन् २०२१ मा हुने ओलम्पिकमा सहभागी हुन पाउने आयोजकले जनाएको छ । नेपालगञ्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा, चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई र सेनाका नवराज साउद विजेता भएका थिए । त्यस्तै महिला हाफ म्याराथनमा नेपालकी नम्बर एक धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता भइन् । गत संस्करणमा सेनाकी पूर्णलक्ष्मी न्यौपाने प्रथम भएकी थिइन् । पत्रकार सम्मेलनमा खेलाडीले लगाउने टि-सर्ट पनि सार्वजनिक गरिएको छ । 


प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०७७  १९:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
फिफा विश्वकप २०२६: जर्मनी, आइभरी कोष्ट र स्वीडेन विजयी, नेदरल्यान्ड्स–जापान बराबरी
फिफा विश्वकप २०२६: जर्मनी, आइभरी कोष्ट र स्वीडेन विजयी, नेदरल्यान्ड्स–जापान बराबरी
प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिताः ओम फिटनेस टिम च्याम्पियन
प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिताः ओम फिटनेस टिम च्याम्पियन
विश्वकपको समूह 'सी' को दोस्रो खेलमा स्कटल्याण्डद्वारा हाइटी पराजित
विश्वकपको समूह 'सी' को दोस्रो खेलमा स्कटल्याण्डद्वारा हाइटी पराजित
विश्वकप २०२६ : ब्राजिल मोरक्कोसँग बराबरीमा रोकियो, कतार र  स्विट्जरल्यान्डले पनि अंक बाँडे
विश्वकप २०२६ : ब्राजिल मोरक्कोसँग बराबरीमा रोकियो, कतार र स्विट्जरल्यान्डले पनि अंक बाँडे
rapti 11 nairainapur 11 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP